Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

करारदेखि अनौपचारिक श्रमिकसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध गरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
करारदेखि अनौपचारिक श्रमिकसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध गरिँदै
Photo / Coverage: नेपालन्युज

काठमाडौं । सरकारले संघीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ। सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै सबै श्रमजीवी नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेट्ने उद्देश्यसहित सरकारले नीतिगत तथा संस्थागत तयारी थालेको हो। महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता बादीका अनुसार चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कोषका लागि विनियोजित १ अर्ब ८० करोड ६३ लाख रुपैयाँमार्फत संघीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक तथा बालविकास सहजकर्तालाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने प्रक्रिया अघि बढाइएको छ। त्यसैगरी, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्न संघीय सरकारले सह–योगदान गर्ने व्यवस्था पनि अघि बढाइएको छ। यसअन्तर्गत स्थानीय तहको सहयोगदानसहित कोषमा आबद्ध हुने श्रमिकका लागि संघीय सरकारले हाललाई एक प्रतिशत बराबरको योगदान रकम जम्मा गरिदिने व्यवस्था तयार गरिएको मन्त्री बादीले जानकारी दिएकी छन्। सरकारले सामाजिक सुरक्षाको दायरा थप फराकिलो बनाउने क्रममा प्रधानमन्त्री, मन्त्री तथा संघीय सांसदहरूलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ। हाल सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत भएका छन्। कोषमा १ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी योगदान रकम संकलन भएको छ भने २३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी भइसकेको छ। सरकारले सामाजिक सुरक्षा प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै श्रमिकमैत्री सेवा प्रवाहमा जोड दिएको छ। विभिन्न क्षेत्रमा छरिएर रहेका कल्याणकारी कोष तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई एकीकृत र समन्वय गर्ने आवश्यकता पनि सरकारले औँल्याएको छ। सामाजिक सुरक्षालाई रोजगारदातामाथिको अतिरिक्त आर्थिक भारका रूपमा नभई श्रमिकको क्षमता, उत्पादकत्व र सुरक्षित भविष्यमा गरिने लगानीका रूपमा विकास गर्ने सरकारको लक्ष्य छ। सरकारको यो पहल कार्यान्वयनमा आएमा करार कर्मचारी, अस्थायी शिक्षक, बालविकास सहजकर्ता तथा अनौपचारिक श्रमिकले समेत सामाजिक सुरक्षाको दायराभित्र रहेर भविष्यको आर्थिक सुरक्षा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रास्वपाको क्यान्डिडेट क्लबमा ६ सदस्य मनोनीत
Latest NewsJust now

रास्वपाको क्यान्डिडेट क्लबमा ६ सदस्य मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को क्यान्डिडेट क्लब समितिमा ६ जना सदस्य मनोनीत भएका छन् । समितिका संयोजकको सिफारिसमा कविन्द्र बुर्लाकोटी, डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव... ...

रातोपाटी
चुहारको पुलबारे जस लिने होड : दुई पूर्वमुख्यमन्त्रीदेखि सांसद र मन्त्रीसम्म मैदानमा
Latest NewsJust now

चुहारको पुलबारे जस लिने होड : दुई पूर्वमुख्यमन्त्रीदेखि सांसद र मन्त्रीसम्म मैदानमा

विराटनगर । वर्षौँदेखि अलपत्र परेर विवादको घेरामा तानिएको उदयपुर र भोजपुर जोड्ने दूधकोशी नदीस्थित बहुचर्चित ‘चुहारको पुल’ निर्माणको प्रक्रिया अगाडि बढेसँगै राजनीतिक वृत्तमा जस लिने होडबाजी चलेको छ । कोशी प्रदेशको... ...

रातोपाटी
बैंकर्स संघ अध्यक्षमा ग्लोबल आईएमईका सीईओ सुरेन्द्रराज रेग्मी, यस्तो त नयाँ कार्यसमिति
Latest NewsJust now

बैंकर्स संघ अध्यक्षमा ग्लोबल आईएमईका सीईओ सुरेन्द्रराज रेग्मी, यस्तो त नयाँ कार्यसमिति

काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध चयन भएका छन्। संघका उपाध्यक्ष रहेका रेग्मीले शुक्रबारदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाको दुईवर्षे कार्यकाल पूरा भएपछि शुक्रबार सम्पन्न संघको साधारणसभाले रेग्मीलाई अध्यक्ष चयन गरेको हो। त्यस्तै, संघको उपाध्यक्षमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन्। कार्यकारी समितिका ...

लुम्बिनी सञ्चार
विद्युत् महसुलको भ्याट सहज बनाउने तयारीमा सरकार
Latest NewsJust now

विद्युत् महसुलको भ्याट सहज बनाउने तयारीमा सरकार

काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)लाई उपभोक्ताका लागि सहज बनाउने तयारी भइरहेको बताएका छन् । रास्वपा कास्कीले आज साँझ पोखरामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा उनले चालु आर्थिक वर्षको बजेटमार्फत कार्यान्वयनमा ल्याइएको विद्युत् महसुलको भ्याट व्यवस्थालाई सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताए । विद्युत् महसुलमा भ्याट लगाउने […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement