Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विपद्बाट भएको क्षतिको पुनःस्थापनाका लागि ५७ मिलियन डलर तत्काल आवश्यक

विपद्बाट भएको क्षतिको पुनःस्थापनाका लागि ५७ मिलियन डलर तत्काल आवश्यक

10/28/2026, 2:08:26 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्बाट भएको क्षतिको पुनःस्थापनाका लागि ५७ मिलियन डलर तत्काल आवश्यक

काठमाडाैँ । रसुवा–भोटेकोशी विपद्बाट भएको क्षतिको प्रारम्भिक अनुमानअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि ४ अर्ब ७० करोडदेखि ४ अर्ब ७५ करोड अमेरिकी डलरसम्म आवश्यक पर्ने देखिएको छ । तर प्रारम्भिक पुनःस्थापनाका लागि सरकारले तत्काल ५७ मिलियन अमेरिकी डलर आवश्यक रहेको जनाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. महेश्वर ढकालले गैरआर्थिक क्षतिको मूल्याङ्कन गर्दा आवश्यक रकम प्रारम्भिक अनुमानभन्दा अझ बढी हुन सक्ने बताए । बुधबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले गैरआर्थिक क्षतिसहितको आधिकारिक विवरण पछि सार्वजनिक गरिने जानकारी दिए । ढकालकाअनुसार विपद्पछिको प्रारम्भिक पुनःस्थापनाका लागि आवश्यक ५७ मिलियन डलर तत्काल जुटाउन सरकारलाई चुनौती छ । सरकारले आवश्यक सबै रकम एकैपटक जुटाउन सक्ने अवस्था नरहेकाले अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरिएको उनले बताए । लस एण्ड ड्यामेज फण्डको बैठकले नेपाललाई प्रश्ताव पेश गर्न २० मिलियन अमेरिकी डलर उपलब्ध गराउने प्रश्ताव गरेको छ । त्यसका लागि १.६ मिलियन डलर व्यवस्थापन खर्च छुट्याइएको जानकारी पनि उनले दिए । फण्डको सचिवालयबाट औपचारिक पत्र प्राप्त भएपछि नेपालले २० मिलियन डलरका लागि प्रश्ताव तयार गरी पेश गर्ने ढकालले बताए । प्रस्ताव जति छिटो पेश गर्न सकियो, त्यति छिटो स्वीकृति र कार्यान्वयन प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । प्रस्ताव स्वीकृतिका लागि दुईवटा सम्भावित समयसीमा रहेको उनले जानकारी दिए । प्रश्ताव डिसेम्बर १५ देखि १७ सम्म फिलिपिन्सको मनिलामा हुने फण्डको बोर्ड बैठकमा पेश गर्न सकिनेछ । आवश्यक तथ्याङ्क सङ्कलन, प्रमाणीकरण र समीक्षा गर्न समय लागेमा भने मार्च १७ देखि १९ सम्म काठमाडौँमा हुने बोर्ड बैठकसम्म निर्णय हुनसक्ने उनले बताए । बैठकमा ढकालले विपद्सम्बन्धी अध्ययन गरिरहेका राष्ट्रिय सभा र प्रतिनिधिसभाका समितिबिच पनि समन्वय आवश्यक रहेको बताए । दुवै समितिले छुट्टाछुट्टै अध्ययन गरिरहेको अवस्थामा उनीहरूका निष्कर्ष र सुझाव एकअर्काका परिपूरक हुनुपर्ने उनको भनाइ छ । दुवै समितिका प्रतिवेदनको मूल आशयमा एकरूपता कायम गर्नसके सरकारलाई सुझाव कार्यान्वयन गर्न सहज हुने उनले बताए । सम्भव भए दुवै समितिले तयार गरेका प्रतिवेदनलाई संयोजन गरेर एउटै प्रतिवेदन बनाउन वा कम्तीमा पनि सुझावहरूबिच विरोधाभास नहुने व्यवस्था गर्न उनले आग्रह गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

नेपाल बारद्वारा न्यायाधीशसँग जोडिएको संवादबारे स्वतन्त्र छानबिनको माग
ताजा खबरJust now

नेपाल बारद्वारा न्यायाधीशसँग जोडिएको संवादबारे स्वतन्त्र छानबिनको माग

प्रधानन्यायाधीशसमेत जोडिएको समाचारपछि बारले आरोपलाई अन्तिम सत्य नमान्दै स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र समयबद्ध छानबिनबाट तथ्य सार्वजनिक गर्न आग्रह गरेको छ । ...

कान्तिपुर
विद्यालयको १७ लाख बढी अनुदान रकम हिनामिना गरेको आरोपमा ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
ताजा खबरJust now

विद्यालयको १७ लाख बढी अनुदान रकम हिनामिना गरेको आरोपमा ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका–२ स्थित श्री मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालय अनुदान रकम हिनामिना गरेको आरोपमा तत्कालीन प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षसहित ४ जनाविरुद्ध विशेष अदालत,... ...

रातोपाटी
पहिरोले घेरिएको झारवाङ, ३५ घरपरिवार विस्थापित
ताजा खबरJust now

पहिरोले घेरिएको झारवाङ, ३५ घरपरिवार विस्थापित

• म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ झारवाङ बस्ती चारैतिर पहिरोले घेरिएको छ। • झारवाङसहित किन्दु टोलका ३५ घरपरिवार पहिरोका कारण विस्थापित भएका छन्। ...

नेपालबहस
कर्णालीविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने
ताजा खबरJust now

कर्णालीविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ।  बिहीबार अपराह्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्।  एनपीएलमा कर्णाली लगातार दोस्रो जितको खोजीमा छ। कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले हराएको थियो।  विराटनगर भने ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play