Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना
Photo / Coverage: टेक्नोलोजी खबर

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विपद्का बेला सञ्चार सेवा अवरुद्ध हुन नदिन उत्थानशील सञ्चार पूर्वाधार निर्माण र अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्। कतारको दोहास्थित दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डिइसीसी) मा जारी अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) को सन् २०२६ को पूर्णाधिकार सम्मेलन (पीपी–२६) अन्तर्गत आज आयोजित उच्चस्तरीय विषयगत छलफलमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनले नेपालको हालैको बाढीपहिरोबाट सञ्चार पूर्वाधारमा पुगेको क्षतिबारे जानकारी गराएका हुन्। मन्त्री तिमिल्सिनाले भोटेकोशी–त्रिशूली नदी करिडोरमा आएको विनाशकारी आकस्मिक बाढीले जनधनको क्षति गर्नुका साथै महत्त्वपूर्ण सञ्चार पूर्वाधारमा क्षति पुर्‍याउँदा देशका विभिन्न क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको बताएका हुन्। उनले विपद् प्रतिरोधी सञ्चार पूर्वाधार निर्माणका लागि यसअघि गरिएका प्रतिबद्धतालाई मापनयोग्य कार्यमा रूपान्तरण गर्ने, उत्थानशील सञ्चार सेवामा सबैको पहुँच सुनिश्चित गर्न आर्थिक रूपमा सहज बनाउने तथा अन्तरराष्ट्रिय सहकार्यलाई थप सुदृढ गर्ने प्रस्ताव गरे। सम्मेलनका अवसरमा मन्त्री तिमिल्सिनाले मलेसियाका सञ्चारमन्त्री दातुक सेरी फहमी फाजिलसँग द्विपक्षीय भेटवार्ता पनि गरेका छन्। भेटमा उनले समावेशी र विश्वसनीय डिजिटल पारिस्थितिक प्रणाली निर्माण गर्दै नेपालले डिजिटल रूपान्तरणलाई तीव्रता दिन गरिरहेका प्रयासबारे जानकारी गराए। दुवै पक्षबीच डिजिटल कनेक्टिभिटी विस्तार, क्षमता अभिवृद्धि, डिजिटल विश्वासको वातावरण निर्माण तथा बहुपक्षीय मञ्चमा सहकार्य बढाउने विषयमा छलफल भएको थियो। मन्त्री तिमिल्सिनाले सम्मेलनको पूर्णसत्रलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ । रासस The post विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकारी प्रणाली र पूर्वाधारको साइबर सुरक्षा बढाउँदै इटाली
TechnologyJust now

सरकारी प्रणाली र पूर्वाधारको साइबर सुरक्षा बढाउँदै इटाली

युरोपका विभिन्न देशमा पछिल्लो समय साइबर आक्रमणका घटना बढेपछि इटालीले आफ्नो साइबर सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउने भएको छ। साइबर सुरक्षासम्बन्धी निकायबीच समन्वय, सूचनाको आदानप्रदान र प्रणाली सुरक्षामा लगानी बढाउने निर्णय इटालीले गरेको छ। इटालीको आन्तरिक मन्त्रालयका अनुसार मंगलबार बसेको सार्वजनिक व्यवस्था तथा सुरक्षा राष्ट्रिय समितिको बैठकले साइबर सुरक्षा मजबुत बनाउने विभिन्न उपायमा सहमति जनाएको हो। बैठकको अध्यक्षता गृहमन्त्री मत्तेओ पियानतेदोसीले ...

टेक्नोलोजी खबर
अमेजनले भारतमा टाटाका ३,००० भन्दा बढी विद्युतीय डेलिभरी ट्रकहरू सञ्चालनमा ल्याउने
TechnologyJust now

अमेजनले भारतमा टाटाका ३,००० भन्दा बढी विद्युतीय डेलिभरी ट्रकहरू सञ्चालनमा ल्याउने

जेफ बेजोसद्वारा स्थापित विशाल अनलाइन खुद्रा कम्पनी अमेजनले भारतीय फ्लिटलाई विद्युतीय बनाउने भएको छ। भारतीय अटो निर्माता कम्पनी टाटा मोटर्सले अमेजनसँग एक सम्झौताको घोषणा गरेको छ, जसअन्तर्गत भारतमा अमेजनको यातायात सञ्जालमा ३,००० विद्युतीय ट्रकहरू समावेश गरिनेछन्। यो कार्यान्वयनमा आउँदा, भारतमा विद्युतीय ट्रकहरूको यो सबैभन्दा ठूलो प्रयोग हुनेछ। यो कार्यान्वयनमा आउँदा, भारतमा विद्युतीय ट्रकहरूको यो सबैभन्दा ठूलो परिचालन हुनेछ। साथै, यसले अमेजनको ...

टेक्नोलोजी खबर
डिजिटल विद्यालय निर्माण गर्न देउसीभैलो
TechnologyJust now

डिजिटल विद्यालय निर्माण गर्न देउसीभैलो

थाङ्पाल भ्याली माध्यमिक विद्यालयले डिजिटल विद्यालय निर्माण गर्नका लागि देउसीभैलो कार्यक्रम गरेको छ। सो विद्यालय सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मा रहेको छ। विद्यालय बागमती प्रदेशको नमूना विद्यालय हो। कार्यक्रमबाट रु १७ लाख २१ हजार जम्मा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले बताए। “डिजिटल विद्यालय निर्माण अभियानमा खेलिएको देउसीभैलोबाट रु १० लाख ८१ हजार नगद र छ लाख ४० हजारको स्मार्ट बोर्ड प्राप्त ...

टेक्नोलोजी खबर
पानासोनिकले सार्वजनिक गर्‍यो १०० घण्टासम्म ब्याट्री टिक्ने वायरलेस हेडफोन
Technology45m ago

पानासोनिकले सार्वजनिक गर्‍यो १०० घण्टासम्म ब्याट्री टिक्ने वायरलेस हेडफोन

पानासोनिकले बजारमा आफ्ना नयाँ वायरलेस हेडफोनहरू ल्याएको छ। पानासोनिक आरबी-एचजे८०० हेडफोनहरूमा १०० घण्टासम्म टिक्ने ब्याट्री क्षमता छ। यसमा ‘एक्टिभ नोइज क्यान्सिलेसन’ सुविधाका साथै ४० एमएमका ड्राइभरहरू जडान गरिएका छन्। साथै, कम्पनीले यसमा ‘बास’ लाई अझ सशक्त बनाउने सुविधा पनि समावेश गरेको छ। फोल्डेबल डिजाइनका कारण यी हेडफोनहरू सानो आकारका छन् र राख्न वा बोक्न निकै सहज छन्। पानासोनिक आरबी-एचजे८०० (RB-HJ800) ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play