काठमाडौँ। यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटिका लगाएर तिहार मनाएका छन् । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एक अर्कालाई टीका र माला लगाइदिएर भाइटिका मनाएका हुन् । बालबालिकालाई तिहारमा एक्लोपन महसुस हुन नदिन सामूहिक भाइटिका कार्यक्रम आयोजना गरिएको नेपाल बाल संगठन म्याग्दीका सभापति राजेश शाक्यले जानकारी दिए । बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन् । अभिभावकविहीन बालबालिकालाई आश्रय दिनुका साथै माध्यमिक तहसम्मको शिक्षाको व्यवस्था गरिएको उनले बताए । सभापति शाक्यले व्यक्तिगत रूपमा पूजा सामग्री, मिठाई तथा अन्य परिकारको व्यवस्था गरी बालगृहमा भाइटिका कार्यक्रम आयोजना गरेका हुन् । विगत चार वर्षदेखि हरेक तिहारमा बालगृहमा सामूहिक भाइटिका कार्यक्रम आयोजना हुँदै आएको छ ।
बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटिका

Read Complete Original Article
Published originally on नेपालन्युज


![[अर्काइभ] माओवादीसँगको वार्तालाई लिएर गिरिजाप्रसाद र शेरबहादुरबीचको त्यो जुहारी](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/koirala-deuba-meeting-01-2142026063122-watermarked.jpg)



