विपद्का बेला जथाभावी ड्रोन उडाउँदा हेलिकप्टर दुर्घटनाको जोखिम : प्रधानसेनापति सिग्देल

प्राकृतिक विपद्पछिको खोज तथा उद्धार कार्यका क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्र (एयरस्पेस) को उचित व्यवस्थापन नहुँदा हेलिकप्टरहरू आपसमा वा ड्रोनसँग ठोक्किएर अर्को ठूलो दुर्घटना निम्तिन सक्ने जोखिम देखिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले विपद् प्रभावित क्षेत्रमा जथाभावी ड्रोन उडाउँदा हेलिकप्टर तथा अन्य हवाई साधनसँग ठोक्किने जोखिम रहेको बताएका छन् । शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै उनले ड्रोन सञ्चालक र हेलिकप्टर पाइलटबीच प्रभावकारी सञ्चार तथा समन्वय नहुँदा हवाई दुर्घटनाको जोखिम बढेको बताए । ड्रोन पाइलट र हेलिकप्टर पाइलटबीच सञ्चार तथा समन्वय भएको अवस्थामा उडान सुरक्षित बनाउन सकिने भए पनि त्यसको अभावमा उद्धार कार्यमा चुनौती थपिएको उनको भनाइ छ । उनले ड्रोन र हेलिकप्टर आपसमा ठोक्किने वा दुईवटा हेलिकप्टरबीच नै दुर्घटना हुन सक्ने जोखिम रहेको उल्लेख गरे । विपद्का बेला प्रभावकारी हवाई क्षेत्र व्यवस्थापन नहुँदा अर्को दुर्घटना निम्तिने त्राससमेत रहेको उनले बताए । उनले भने, ‘ड्रोन र हेलिकप्टरबीच उचित सञ्चार तथा हवाई क्षेत्र व्यवस्थापन नहुँदा आपसमा ठोक्किने जोखिम अत्यन्तै उच्च थियो । यसले उद्धार कार्यकै क्रममा अर्को दुर्घटना निम्तिन सक्ने त्रास सिर्जना गरेको थियो । त्यसैले उद्धारका क्रममा प्रभावकारी हवाई समन्वय र एयरस्पेस व्यवस्थापन आवश्यक देखियो ।’ विपद्का समयमा अग्रमोर्चामा खटिने हवाई तथा स्थल सुरक्षा निकायहरूबीच पर्याप्त सञ्चार र समन्वय नहुँदा उद्धार उडानहरू निकै जोखिमपूर्ण बन्दै गएको बैठकमा औँल्याइएको छ । विशेष गरी उद्धार क्षेत्रमा अनुमतिबिना वा जथाभावी उडाइने ड्रोनका कारण हेलिकप्टर चालकहरूले गम्भीर सुरक्षा चुनौती व्यहोर्नुपरेको विषय बैठकमा प्रमुखताका साथ उठेको हो । छलफलका क्रममा ड्रोन पाइलट र उद्धारमा संलग्न हेलिकप्टरका पाइलटहरूबीच प्रत्यक्ष सञ्चार सम्पर्क नहुँदा आकाशमै ठोक्किने उच्च जोखिम रहेको उल्लेख गरिएको छ । उद्धार कार्यमा खटिएका बहुसंख्यक हेलिकप्टरहरू एउटै क्षेत्रमा केन्द्रित हुँदा प्रभावकारी एयरस्पेस व्यवस्थापनको अभावले आकाशमै विमान जुधेर उद्धारस्थलमै अर्को ठूलो मानवीय विपद् सिर्जना हुन सक्ने त्रास सुरक्षाकर्मीहरूमा देखिएको उनले बताए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सांग्रिला डेभलपमेन्ट बैंक २२औँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा सामाजिक काम गर्ने घोषणा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले शुक्रबार काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा २२औँ वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको यात्रामा साथ दिने संस्थापक, सञ्चालक, ग्राहक, शेयरधनी, कर्मचारी तथा नियमनकारी निकायलाई धन्यवाद दिएका थिए । त्यस्तै, […] ...

असोजभित्रको प्रगति विवरण सार्वजनिक गर्न सरकारी कार्यालयमा मन्त्रालयको पत्र
सरकारले सरकारी कार्यालयहरूलाई पत्र पठाएर असोज मसान्तसम्म सम्पादित कामको प्रगति विवरण सार्वजनिक गर्न भनेको छ । ...

‘पाँच पाण्डव’ को गीत ‘राजा चाहिया छ’ सार्वजनिक
काठमाडौं । कार्तिक २० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पाँच पाण्डव’ को अर्को गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ‘राजा चाहिया छ’ बोलको गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर रहेको छ । सशी शर्मा मजगैयाँको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको छ । गीतको भिडियोमा इभा गिरीको नृत्य छ । उनको… ...

आरोपितलाई निलम्बन गरेर निष्पक्ष छानबिन थालियोस्
आरोपित पदाधिकारीउपर छानबिन गर्न सरकार नै पर्याप्त हुन्छ। तर छानबिनको प्रतिवेदन नआएसम्म त्यस्ता पदाधिकारीहरूलाई आफ्नो पदमा रहेर काम गर्ने अवस्थामा राखिनु हुँदैन; तत्काल निलम्बन गर्नुपर्छ। ...


