विपत्तिबीच एकताको सूत्रमा बाँधिन रवि लामिछानेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपत्ति र शोकबीच मनाउन लागिएको बडादसैँले नेपाली समाजलाई अझ सुदृढ र एकताबद्ध बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमी, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् । उनले यस वर्षको दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । विपत्तिका कारण हजारौँ परिवार घरबारविहीन र विस्थापित हुनुपरेको उनले बताएका छन् । लामिछानेले भनेका छन्, ‘सङ्कटको यस संवेदनशील परिस्थितिमा मलाई विश्वास छ विजयादशमीको यस महान् पर्वले हामी सबैमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिङ्गो नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँध्न सफल हुनेछ ।’ नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति, सद्बुद्धि र सङ्कटसँग जुध्ने साहस प्रदान गरून् भन्ने कामना गर्दै उनले असत्यमाथि सत्यको विजयको पर्वले निराशाबाट आशा र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । The post विपत्तिबीच एकताको सूत्रमा बाँधिन रवि लामिछानेको आग्रह appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

ब्रह्मपुरी गाउँपालिका अध्यक्ष साहको निधन
जनार्जन खत्रीसर्लाही, कात्तिक ४ गते । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साहको बुधबार निधन भएको छ । ब्रह्मपुरी गाउँपालिका –२ घर भएका ८५ वर्षीय साहको बुधबार बिहान का... ...

आशीर्वाद दिने ती हातहरूको सम्झनामा…
काठमाडौँ। शरद ऋतुको नीलो आकाशमुनि यतिबेला सारा देश मालाश्रीको धुनमा झुमिरहेको छ । हावाको प्रत्येक झोँकासँगै पिङको मच्चाई, आँगनभरि पोखिने रातो अक्षताको चमक र जमराको सुगन्धले संसारलाई पुलकित बनाएको छ... ...

निधन भएको हल्लाबीच स्वस्थ देखिएका किम जङ-अनका तस्वीर सार्वजनिक
KCNA ब्रेन हेमरेजका कारण निधन भएको हल्लाबीच उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अन त्यहाँको सरकारी सञ्चारमाध्यममा एकदमै स्वस्थ अवस्थामा देखिएका छन्।सरकारी पत्रिका रोदोङ सिनमुनमा प्रकाशित तस्वीरहरूमा ४२ वर्षीय तानाशाह आफ्नी छोरीसँगै ...

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान
लन्डन।लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै ठूलो संरक्षण परोपकारी संस्था नेसनल ट्रस्टलाई दान गरिएको छ। यस कदमले दुई शताब्दीभन्दा लामो इतिहास बोकेको रेस्टुरेन्ट तथा त्यसको मौलिक संरचना र वातावरणलाई भावी पुस्ताका लागि सुरक्षित राख्ने अपेक्षा गरिएको छ। फ्रान्सेली क्रान्तिपछि युरोपमा उथलपुथल चलिरहेका बेला थोमस रूलले सन् १७९८ मा ‘रूल्स’ नामक रेस्टुरेन्टलाई ओइस्टर बारका रूपमा स्थापना गरेका थिए। त्यसयता ...


