Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

विद्युतीय सवारी साधन तथा मोबाइल लगायतको आयातबाट भैरहवा भन्सारले उठायो लक्ष्यभन्दा चार अर्ब बढी राजस्व

Share:WhatsAppFacebookX (Twitter)Telegram
विद्युतीय सवारी साधन तथा मोबाइल लगायतको आयातबाट भैरहवा भन्सारले उठायो लक्ष्यभन्दा चार अर्ब बढी राजस्व
Photo / Coverage: टेक्नोलोजी खबर

भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले साउनदेखि असोज मसान्तसम्म रु ३३ अर्ब ३४ करोड २० लाख राजस्व सङ्कलन गरेको हो। पहिलो त्रैमासका लागि सरकारले रु २९ अर्ब २८ करोड राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो। कार्यालयले निर्धारित लक्ष्यभन्दा रु चार अर्ब छ करोड २० लाख बढी राजस्व उठाउँदै लक्ष्यको ११३ दशमलव ८६ प्रतिशत प्रगति हासिल गरेको हो। भन्सार प्रमुख हरिहर पौडेलका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा रु २७ अर्ब ७५ करोड ५३ लाख राजस्व सङ्कलन भएको थियो। गत वर्ष पहिलो तीन महिनामा लक्ष्यको ९७ दशमलव १४ प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो। कार्यालयको तथ्याङ्कअनुसार गत साउनमा रु आठ अर्ब ८३ करोड दुई लाख राजस्व सङ्कलन भएको थियो। सो महिनाका लागि रु आठ अर्ब ५४ करोड बराबरको लक्ष्य निर्धारण गरिएको थियो। गत भदौमा रु नौ अर्ब ७६ करोड लक्ष्य रहेकामा रु १० अर्ब ६३ करोड १६ लाख राजस्व सङ्कलन भएको थियो। यस्तै, गत असोज महिनामा भने राजस्व सङ्कलनमा थप वृद्धि भएको थियो। सो महिनाका लागि रु १० अर्ब ९८ करोड लक्ष्य रहेकामा रु १३ अर्ब ८८ करोड सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ। यो असोज महिनाको लक्ष्यको १२६ दशमलव ४१ प्रतिशत हो। राजस्व सङ्कलनमा भएको वृद्धिसँगै भैरहवा भन्सार नाकाबाट हुने वैदेशिक व्यापारमा विस्तार देखिएको छ। चालु आवको असोज महिनामा मात्रै रु ३८ अर्ब २१ करोड ११ लाख बराबरका वस्तु आयात भएका छन्। गत आवको असोजमा रु २३ अर्ब ३८ करोड बराबरका वस्तु आयात भएको थियो। त्यसैगरी, असोजमा रु चार अर्ब १५ करोड १५ लाख बराबरको माल वस्तु निर्यात भएका छन्। गत वर्षको सोही अवधिमा रु दुई अर्ब ६६ करोड बराबरको निर्यात भएको थियो। भन्सार राजस्वमा सवारीसाधन तथा इन्धनजन्य वस्तुको योगदान उल्लेख्य रहेको छ। मोटरसाइकल, जीप, कार तथा भ्यान, विद्युतीय कार, पिकअप गाडी, पेट्रोल, एलपी ग्यास, फलाम र मोबाइल फोन प्रमुख राजस्व योगदानकर्ता वस्तुका रूपमा रहेका छन्। भन्सार कार्यालयका सूचना अधिकृत उद्धव ढुङ्गानाका अनुसार गत असोज महिनामा राजस्वका आधारमा प्रमुख १० आयातीत वस्तुबाट मात्रै रु १० अर्ब ५२ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ। यो अवधिको कुल राजस्वमा ती वस्तुको योगदान करिब ५३ प्रतिशत रहेको उहाँले बताए। निर्याततर्फ भटमासको प्रशोधित तेल प्रमुख वस्तुका रूपमा रहेको छ। यसबाहेक आल्मुनियम तथा त्यसका उत्पादन, कृत्रिम धागो, चाउचाउ, नुडल्स, पास्ता, फलाम तथा फलामका सामग्री, पशु आहारको कच्चा पदार्थ, खयर कत्था र सिमेन्ट पनि प्रमुख निर्यातीत वस्तुमा परेका छन्। पहिलो त्रैमासिक अवधिमा राजस्व सङ्कलन लक्ष्यभन्दा माथि पुग्नु र असोजमा आयात तथा निर्यात दुवै बढ्नुले भैरहवा भन्सार नाकाको व्यापारिक गतिविधि विस्तार भएको देखाएको छ। विशेषगरी गत असोजमा भएको राजस्व वृद्धिले समग्र त्रैमासिक उपलब्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको सूचना अधिकृत ढुङ्गानाले बताए। भन्सार प्रमुख पौडेलका अनुसार गत वर्षको तुलनामा चालु आवको तीन महिनामा राजस्व सङ्कलनमा अपेक्षित सुधार भएको छ।-रासस The post विद्युतीय सवारी साधन तथा मोबाइल लगायतको आयातबाट भैरहवा भन्सारले उठायो लक्ष्यभन्दा चार अर्ब बढी राजस्व appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एउटै वाइफाइमा जोडिँदा पनि दुई स्मार्टफोनको इन्टरनेट गति किन फरक हुन्छ ?
TechnologyJust now

एउटै वाइफाइमा जोडिँदा पनि दुई स्मार्टफोनको इन्टरनेट गति किन फरक हुन्छ ?

काठमाडौं । एउटै घरमा एउटै वाइफाइ कनेक्सन प्रयोग गरिरहेका दुई स्मार्टफोनमा इन्टरनेटको गति फरक हुन सक्छ । एउटा फोनमा इन्टरनेट तीव्र गतिमा चलिरहेको हुन्छ भने अर्कोमा भिडियो लोड हुन समेत धेरै समय लाग्न सक्छ । यस्तो हुनुमा इन्टरनेट कनेक्सन मात्र जिम्मेवार हुँदैन । स्मार्टफोनको हार्डवेयर, वाइफाइ प्रविधि र नेटवर्क सेटिङले पनि यसमा महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् ।वाइफाइ हार्डवेयरले पार्छ प्रभावआजकल ...

आइसिटी समाचार
स्मार्टफोनको चार्जिङ पोर्ट बिग्रनबाट जोगाउन नगर्नुहोस् यी ४ गल्ती
TechnologyJust now

स्मार्टफोनको चार्जिङ पोर्ट बिग्रनबाट जोगाउन नगर्नुहोस् यी ४ गल्ती

काठमाडौं । स्मार्टफोनको ब्याट्री २० प्रतिशत वा त्योभन्दा कम हुना साथ हामी हतारहतार फोन चार्जमा लगाउँछौँ । तर यस क्रममा कतिपयले अनजानमै यस्ता गल्ती गरिरहेका हुन्छन्, जसले फोनको यूएसबी टाइप-सी पोर्टमा क्षति पुर्‍याउन सक्छ । अहिले अधिकांश स्मार्टफोनमा चार्ज गर्न यूएसबी टाइप-सी पोर्ट नै प्रयोग हुन थालेको छ ।यो पोर्ट फोन चार्ज गर्न मात्र नभई डेटा ट्रान्सफरलगायत अन्य कामका लागि ...

आइसिटी समाचार
जेमिनाइमा आयो पर्सनल अवतार, आफ्नै अनुहार र आवाजबाट बनाउन सकिनेछ एआई भिडियो
TechnologyJust now

जेमिनाइमा आयो पर्सनल अवतार, आफ्नै अनुहार र आवाजबाट बनाउन सकिनेछ एआई भिडियो

काठमाडौं । गुगलले आफ्नो एआई प्लेटफर्म जेमिनाइ (Gemini) प्रयोगकर्ताका लागि नयाँ ‘पर्सनल अवतार’ (Personal Avatar) फिचर सार्वजनिक गरेको छ । यस फिचरको मद्दतले प्रयोगकर्ताले आफ्नै अनुहार र आवाज समावेश भएको एआई अवतार बनाउन सक्नेछन् । उक्त अवतार प्रयोग गरेर एआईमार्फत फोटो तथा भिडियो समेत सिर्जना गर्न सकिनेछ ।यसका साथै प्रयोगकर्ताले आफ्नो अवतार साथीभाइ, परिवारका सदस्य तथा अन्य व्यक्तिसँग पनि सेयर ...

आइसिटी समाचार
ह्वाट्सएपको नयाँ स्मार्ट फिचर : एउटा ट्यापमै नम्बर सेभ, इभेन्ट क्रिएट र इमेल पठाउन सकिने
TechnologyJust now

ह्वाट्सएपको नयाँ स्मार्ट फिचर : एउटा ट्यापमै नम्बर सेभ, इभेन्ट क्रिएट र इमेल पठाउन सकिने

काठमाडौं । लोकप्रिय मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले प्रयोगकर्ताको दैनिक कामलाई सहज बनाउने उद्देश्यले नयाँ ‘स्मार्ट टेक्स्ट एक्सन’ (Smart Text Actions) फिचर रोलआउट गर्न थालेको छ ।यस फिचरले च्याटमा आएका सन्देशभित्र रहेका फोन नम्बर, मिति, समय, इमेल ठेगाना र लोकेसन पहिचान गरी त्यससँग सम्बन्धित विभिन्न सर्टकट उपलब्ध गराउनेछ । यससँगै सामान्य कामका लागि पटक–पटक फरक एप खोल्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play