काठमाडौं । गुगलले आफ्नो एआई प्लेटफर्म जेमिनाइ (Gemini) प्रयोगकर्ताका लागि नयाँ ‘पर्सनल अवतार’ (Personal Avatar) फिचर सार्वजनिक गरेको छ । यस फिचरको मद्दतले प्रयोगकर्ताले आफ्नै अनुहार र आवाज समावेश भएको एआई अवतार बनाउन सक्नेछन् । उक्त अवतार प्रयोग गरेर एआईमार्फत फोटो तथा भिडियो समेत सिर्जना गर्न सकिनेछ ।यसका साथै प्रयोगकर्ताले आफ्नो अवतार साथीभाइ, परिवारका सदस्य तथा अन्य व्यक्तिसँग पनि सेयर गर्न सक्नेछन् । अन्य व्यक्तिले समेत आफ्नो एआई फोटो तथा भिडियोमा उक्त अवतार प्रयोग गर्न पाउनेछन्
जेमिनाइमा आयो पर्सनल अवतार, आफ्नै अनुहार र आवाजबाट बनाउन सकिनेछ एआई भिडियो

Read Complete Original Article
Published originally on आइसिटी समाचार






