विद्यालयको पुस्तकालय अनुदान रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालय अनुदान रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र पूर्वप्रधानाध्यापकसहित चार जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। आयोगले तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसी, पूर्वप्रधानाध्यापक धनबहादुर सिंह र तत्कालीन लेखा सहायक धीरेन्द्रबहादुर सिंहविरुद्ध जनही १७ लाख ४१ हजार ४४६ रुपैयाँ बिगो मागदाबी गरेको छ। त्यस्तै, विद्यालय व्यवस्थापन समितिका सदस्य जनकबहादुर नेपालीविरुद्ध एक लाख रुपैयाँ बिगो माग गरिएको छ। आयोगका अनुसार उनीहरूले आपसी मिलेमतोमा सरकारी तथा सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्याउने बदनियतले कानुनविपरीत ऋण सापटी लिएको देखाएर १७ लाख ४१ हजार ४४६ रुपैयाँ हिनामिना गरेको आरोप छ। उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको आयोगको ठहर छ। सोही आधारमा उनीहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै आरोपपत्र दायर गरिएको हो।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

प्रस्तावित राजदूत थापाको विवरण जापानले दिएन, निर्णयको तयारीमा सुनुवाइ समिति
जिग्यानकुमार थापाले जापानको स्थायी आवासीय अनुमतिपत्र त्यागेको/नत्यागेको र त्यहाँको सरकारी कोषबाट रकम लिए/नलिएको लगायत विवरण नआएपछि बैठक बसेर सिफारिसबारे निर्णय गर्ने संसदीय सुनुवाइ समितिको तयारी ...

बझाङको प्रमुख जिल्ला अधिकारीमा निराजन श्रेष्ठ
काठमाडौँ । गृह मन्त्रालयले बझाङको प्रमुख जिल्ला अधिकारीमा निराजन श्रेष्ठलाई खटाएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीको प्रशासकीय अधिकृतमा सरुवा भएपछि रिक्त भएको उक्त पदमा श्रेष्ठलाई पठाइएको हो... ...

रुसमाथि दबाब बढाउन इयूको आग्रह
काठमाडौँ । युरोपेली संघका उच्च अधिकारी एन्टोनियो कोस्टाले बिहीबार सहयोगीहरूलाई मस्कोमाथि ‘दबाब बढाउन’ आग्रह गरेका छन् । युक्रेनको एउटा व्यस्त रेलवे स्टेसनको प्लेटफर्ममा रुसी ड्रोन ठोक्किएर कम्तीमा १४ जनाको मृत्यु भएपछि... ...

१५ वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै
तनहुँ । पन्ध्र वर्षपछि तनहुँको व्यास नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा दमौलीमा इलेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । शुक्रबारदेखि व्यास नगरपालिका-३ स्थित बिपी वनवाटिकामा वडास्तरीय फुटबल... ...


