काठमाडौं । नेपालमा प्लस टु सकिनेबित्तिकै विदेश जाने लहर नै चलेको छ । यस्तो अवस्थामा अधिकांश विद्यार्थी र अभिभावक कुन देश जाने, कुन विषय पढ्ने र प्रक्रिया कसरी अगाडि बढाउने भन्ने अन्योलमा रहने गरेका छन् । यस्तो अन्योलमा रहेका विद्यार्थी तथा अभिभावकका लागि पियर्सनका दक्षिण एसिया अंग्रेजी भाषा सिकाइ क्षेत्रीय निर्देशक प्रभुल रविन्द्रनले महत्त्वपूर्ण सुझाव दिनुभएको छ । उहाँका अनुसार वैदेशिक अध्ययन भनेको केवल अन्तर्राष्ट्रिय योग्यता वा डिग्री हासिलमात्र नभई आफ्नो उज्ज्वल भविष्य निर्माण गर्नु हो । विद्यार्थीले पहिला आफ्नो रुचि, विकास गर्न चाहेका सीप र अँगाल्न चाहेको करियरको मार्ग बुझ्नुपर्छ र सोही आधारमा आफ्ना लागि उपयुक्त कोर्स, शिक्षण संस्था र गन्तव्य देशको छनोट गर्नुपर्ने उहाँको भनाइ छ । शैक्षिक योग्यताभन्दा माथि उठेर अन्तर्राष्ट्रिय सिकाइ वातावरणमा सफल हुन आवश्यक पर्ने सीपहरूमा ध्यान दिनु उत्तिकै महत्त्वपूर्ण हुन्छ । सञ्चार सीप, तार्किक सोच र फरक-फरक संस्कृतिमा घुलमिल हुन सक्ने क्षमताले विद्यार्थीको समग्र अनुभवमा ठूलो फरक पार्छ । अन्ततः सार्थक सिकाइ, व्यक्तिगत विकास र भावी अवसर प्रदान गर्ने शिक्षाको छनोटमै मुख्य ध्यान केन्द्रित हुनुपर्छ । निर्णय लिँदा सबै तथ्य केलाएर सामूहिकरूपमा लिनुपर्छ । खर्चको क्षमता पहिलो किस्तामा मात्र सीमित नभई पूरै कोर्स अवधिभरका लागि पर्याप्त हुनुपर्छ । त्यसका लागि गुणस्तर, कुल लागत र पाउने सहयोग र सीमा गरी तीनवटा कुरामा ध्यान दिनुपर्छ । शुल्क र रिफन्डका शर्तलगायत उपलब्ध विकल्प र तिनका प्रभावहरू बुझाउनु परामर्शदाताको मुख्य भूमिका हुनुपर्छ । अभिभावकहरूले असजिला प्रश्न सोध्न सक्ने वातावरण हुनुपर्छ भने विद्यार्थीले आफूले लिइरहेको जिम्मेवारी र दायित्वलाई राम्ररी बुझ्नुपर्छ । पिटिई किन उपयुक्त विकल्प ?विद्यार्थीलाई उनीहरूले रोजेको संस्थाले मान्यता दिएको र सोहीअनुसार योजना बनाउन सकिने मूल्यांकन प्रणालीको आवश्यकता हुन्छ । पिटिईलाई विश्वभरका चार हजारभन्दा बढी विश्वविद्यालय र कलेजहरूले स्वीकार गरेका छन् । जसले बोल्ने, लेख्ने, पढ्ने र सुन्ने क्षमताको मूल्यांकन करिब दुई घण्टाको एउटै कम्प्युटर-आधारित परीक्षामा एआई स्कोरिङ र मानव विशेषज्ञताको संयोजनमार्फत् गर्छ । जसको नतिजा सामान्यतया दुर्ई दिनभित्रै उपलब्ध हुन्छ, जसले नेपाली आवेदकलाई आफ्नो परीक्षाको समयसीमा व्यवस्थापन गर्न मद्दत गर्छ । शिक्षण संस्थाहरूले पनि पियर्सनको सुरक्षित ‘स्कोर रिपोर्ट वेबसाइट’मार्फत् नतिजाको आधिकारिकता जाँच गर्न सक्छन् । तयारी गर्ने सबैभन्दा प्रभावकारी तरिकापरीक्षा बुक गर्नु वा शुल्क तिर्नुअघि ठ्याक्कै के-के आवश्यक छ भनी यकिन गर्नुपर्छ । शिक्षण संस्थाको भर्ना मापदण्ड र सम्बन्धित देशको भिसा नियम फरक-फरक कुरा हुन् । विद्यार्थीहरूले कोर्स{को भाषा, स्वीकार गरिने परीक्षा, आवश्यक न्यूनतम अंक र भिसा प्रक्रियाबारे सिधै शिक्षण संस्था र आधिकारिक अध्यागमन निकायबाट पुष्टि गर्नुपर्छ । आफूले वास्तविक जीवनमा प्रयोग गर्ने अंग्रेजीलाई ध्यानमा राखेर दैनिक तालिका बनाउनुपर्छ । कुनै लेक्चर सुनेर त्यसको सारांश तयार पार्ने, कुनै लेख पढेर त्यसको मुख्य तर्क बुझ्ने वा समूहमा प्रश्न सोध्ने अभ्यास गर्न सकिन्छ । आफूले पहिले नै राम्रो गरिरहेका कुराहरूमात्र बारम्बार अभ्यास गर्नुको सट्टा आफूलाई गाह्रो लाग्ने सीपहरूमा बढी समय दिनुपर्छ ।
विदेश जानुअघि विद्यार्थी र अभिभावकले ध्यान दिनुपर्ने कुरा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






