Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विदेशी खेलाडीको आगमन र उच्च प्रविधिले चर्चा पाएको एनपीएल सीजन थ्री

विदेशी खेलाडीको आगमन र उच्च प्रविधिले चर्चा पाएको एनपीएल सीजन थ्री

Share:WhatsAppFacebookX (Twitter)Telegram
विदेशी खेलाडीको आगमन र उच्च प्रविधिले चर्चा पाएको एनपीएल सीजन थ्री

हिमालयको खेल उत्सवका रूपमा चर्चा गरिएको नेपालको व्यावसायिक क्रिकेट प्रतियोगिता नेपाल प्रिमिअर लीग (एनपीएल) सीजन थ्री आज सोमबारबाट सुरु हुन लाग्दा थुप्रै कारणले प्रतियोगिताको चर्चा बढिरहेको देखिएको छ।अन्तर्राष्ट्रिय क्रिकेटको पर्दामा देखिने चर्चित खेलाडीहरूको आगमन र उच्च स्तरीय प्रविधि भित्रिएपछि एनपीएलमा दर्शकको उत्साह ह्वात्तै बढ्ने आयोजकहरूको अपेक्षा छ।त्यसैगरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले तेस्रो संस्करणलाई आधिकारिक मान्यता दिएसँगै प्रतियोगिताको उचाइ थप बढेको छ।नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रतियोगिताको अघिल्लो दिन पत्रकार सम्मेलनको आयोजना गर्दै यस संस्करणमा १ अर्व ३० करोड रुपैयाँको हाराहारीमा आर्थिक कारोबार हुने जनाउँदै त्यो नेपालको ठूलो खेलकुद ब्रान्डको रूपमा स्थापित भएको जनायो।सुदूर पश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको उद्घाटन खेलको टिकट आधा घण्टामा पूर्ण विक्री हुनुले यसको क्रेज देखाएको धेरैको बुझाइ छ। एनपीएल सीजन ३: चर्चित विदेशी खेलाडीहरू कोको आउँदै छन्एनपीएल-२ मा क्यानको आम्दानी र खर्च कति किन खास छ तेस्रो संस्करण?१) आईसीसीको मान्यता:लामो समयको पर्खाइपछि प्रतियोगिता सुरु हुन एक हप्ता अगाडी मात्रै आइसीसीले एनपीएल सीजन ३ लाई आधिकारिक मान्यता दिएको थियो।यसले विदेशी खेलाडीहरूलाई विना हिचकिचाहट प्रतियोगितामा भाग लिने बाटो खोलेको रूपमा विश्लेषण गरिएको छ। किनकी अब यस प्रतिस्पर्धाले समेत अन्तर्राष्ट्रिय टी२० को मान्यता पाएको छ। अर्थात् अब यसमा बन्ने रन र लिने विकेट अन्तर्राष्ट्रिय रेकर्डमा गणना हुनेछ।आइसीसीको मान्यता नपाउँदा प्रतियोगितामा सीर्फ ४ जना मात्र टेस्ट राष्ट्रबाट खेल्ने वर्तमान खेलाडी खेलाउन पाइन्थ्यो भने बाँकी खेलाडीहरू असोसियट राष्ट्रका वा पुराना चर्चित खेलाडीको भर पर्नु पर्थ्यो।अब संसारको कुनै पनि खेलाडीलाई क्षमता अनुसार भित्राउन टिमहरू स्वतन्त्र भएका छन्। सोही अनुरूप अन्तिम समय सम्म पनि टिम मालिकहरू नयाँ नयाँ खेलाडी भित्राउने प्रतिस्पर्धामा देखिएका छन्।२. विदेशी ठूला नामअस्ट्रेलियालाई दुई पटक विश्वकप जिताएका डेविड वार्नर हुन् वा वेस्ट इन्डिजका विस्फोटक ब्याटर एन्ड्र्यु रसेल, इङलैण्डका पूर्वकप्तान मोइन अली हुन् वा पाकिस्तानका साहिबजादा फरहान अनि बाङ्ग्लादेशका सुपर स्टार शकिब अल हसन। यसपटक एनपिएलमा जोडिएका छन्।एनपीएल-३ मा यी खेलाडीहरू कीर्तिपुर मैदानमा प्रत्यक्ष उपस्थित भई खेलेको हेर्ने क्रिकेट प्रशंसकहरूको सपना यसपटक बिपना बन्दैछछ। पुराना चर्चित खेलाडीहरू त छँदैछन्।आइसीसीको मान्यता पाएपछि एउटा टोलीले असोसियट सहित ६ देखि ८ खेलाडी भित्राउन पाउने भएका छन्।ती खेलाडीको कम्तीमा १ करोड रुपैयाँ करार मूल्य रहेको बताइएको छ। यी खेलाडीहरूलाई हेर्न कीर्तिपुर मैदान भरिभराउ हुने अनुमान गरिएको छ। पहिलो दिनको खेलको टिकट किन्न दर्शकले देखाएको उत्साहले त्यो कुरा पुष्टि गरेको देखिएको छ।३) डीआरएस प्रविधिधेरैको ध्यान यसपटक डीआरएस प्रणालीले पनि खिचेको छ।यसपालि खेलाडीले अम्पायरको निर्णय चित्त नबुझेमा 'रिभ्यु' माग गर्न पाउनेछन्। एउटा टोलीले कम्तीमा २ पटक आधिकारिक रूपमा यो प्रविधिको प्रयोग गर्न पाउनेछ।एलबीडब्लूको निर्णय देखि रनआउट, स्टम्पिङ, नो बल, वाइडमा अब डीआरएस प्रणाली लागू हुनेछ।यसको निम्ति क्यानले झन्डै २ करोड रुपैयाँ खर्चिएको जनाएको छ। रोचक कुरा के छ भने यो प्रविधि भित्राउन आठवटा टिमले पनि क्यानलाई आर्थिक सहयोग उपलब्ध गराएका छन्। यो प्रविधि थपिएसँगै प्रतियोगितामा आधा घण्टा समय पनि थप गरिएको छ।क्यानले ब्रोडकास्टिङ राइन्ट्समा ३५ करोड बढी आम्दानी गरेपछि र दर्शक र टिमको माग पछि यो प्रणाली थप गरिएको बताइएको छ।झन्डै १ महिना आठ टिमबीच कीर्तिपुर क्रिकेट मैदानमा हुने यो प्रतिस्पर्धाले नेपाली क्रिकेट विकासमा कोसेढुङ्गा हुने क्यानले बताउँदै आएको छ।प्रत्यक्ष दर्शकको चासो र उपस्थिति, टेलिभिजनका दर्शक र यसमा प्रायोजकहरूले देखाएको चासोले एनपीएलको सफलताको मापन मानिएको छ।क्यान सचिव पारस खड्काले भनेका छन्: "यसपालिको प्रदर्शनले नेपाली क्रिकेटलाई थप उचाइ दिनेछ।"बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य
ताजा खबरJust now

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

काठमाडौँ । लोकरक ब्यान्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा अक्टोबर ३१ (कात्तिक १४) मा प्रस्तुति दिने भएको छ । सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो । भारतको ८०... ...

रातोपाटी
दशैंमा ससुराली गएका ज्वाईंको आक्रमणबाट सासु ससुरासहित चार घाइते, श्रीमती र सालीको अवस्था गम्भीर
ताजा खबरJust now

दशैंमा ससुराली गएका ज्वाईंको आक्रमणबाट सासु ससुरासहित चार घाइते, श्रीमती र सालीको अवस्था गम्भीर

काठमाडौं । खोटाङमा दशैंको टीका थाप्न गएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनालाई घाइते बनाएका छन् । धारिलो हतियार प्रहार गर्ने अरु कोही नभएर ज्वाइँ हुन् । र, ती व्यक्ति हुन् ४३ वर्षीय नइन्द्रकुमार राई ।हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा यो घटना भएको हो । ज्वाईंको आक्रमणबाट घाइते हुनेमा तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया […] ...

लोकपथ
इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु
ताजा खबरJust now

इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

• इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालक विपिन दियालीको घटनास्थलमै मृत्यु भएको छ। • दुर्घटना आइतबार बिहान करिब ६ः३० बजे भएको र गाडी सडकबाट करिब दुई मिटर तल खसेको छ। • प्रहरीले घटनास्थलमा पुगेर जाँचबुझ गरिरहेको छ र थप अनुसन्धान भइरहेको छ। ...

नेपालबहस
लिमीमा पुगेन अनुदानको खाद्यान्न
ताजा खबरJust now

लिमीमा पुगेन अनुदानको खाद्यान्न

हुम्ला समाचारदाताहुम्ला, कात्तिक ९ गते । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन बस्तीमा खाद्यान्न अभाव भएको छ । लिमीका तिल, हल्जी र जाङ बस्तीका स्थानीयले एक वर... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play