Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

विकास र वातावरणको दोसाधमा उभिएको हाम्रो समय

Share:WhatsAppFacebookX (Twitter)Telegram
विकास र वातावरणको दोसाधमा उभिएको हाम्रो समय
Photo / Coverage: हिमालय टाइम्स

मानव सभ्यताको विकासक्रम सधैं प्रकृतिसँगको संघर्ष र सहकार्यबाट अगाडि बढेको छ । तर, आजको युगमा आइपुग्दा यो सहकार्य बिस्तारै द्वन्द्वमा परिणत भएको छ । विकासको तीव्र आकांक्षा र प्रकृतिको संरक्षणबीचको सन्तुलन मिलाउनु आजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतसामू सबैभन्दा ठूलो चुनौती बनेको छ । हामीले गर्ने सानासाना दैनिक निर्णयदेखि लिएर राज्यस्तरबाट सञ्चालन गरिने ठूला पूर्वाधार आयोजनासम्मले प्रकृतिमाथि गहिरो प्रभाव पार्छन् । विकास आफैंमा अभिशाप होइन, तर योजना, दूरदर्शिता र सन्तुलनविनाको विकासले निम्त्याउने विपत्ति दीर्घकालीन हुन्छ । आज हामीले यसै यथार्थलाई गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने बेला आएको छ । हामी घरमा प्रयोग गर्ने प्लाष्टिकका बोतल, झोला र भाँडाकुँडाको साटो रैथाने र दिगो विकल्पहरू रोज्न सक्छौं । उदाहरणका लागि, बाँसबाट बनेका वस्तुहरूको प्रयोग बढाउने हो भने वातावरणीय प्रदूषण उल्लेखनीय रूपमा कम हुनसक्छ । बाँस नेपालकै माटोमा सजिलै उब्जने, स्वदेशी र पूर्णरूपमा दिगो स्रोत हो । यसको प्रवर्द्धनले प्रदूषण घटाउनमात्र सघाउँदैन, यसले ग्रामीण क्षेत्रका किसानहरूलाई आम्दानीको गतिलो र अतिरिक्त स्रोत पनि प्रदान गर्छ । गाउँ-ठाउँमा पहिले चौतारीमा उभिने बरपिपल र ठूला रूखहरूले माटोको क्षय रोक्ने काम गर्थे । आज ती रूखहरू मासिएका छन् र डोजरे विकासका नाममा पहाडको संवेदनशील संरचनालाई जथाभावी भत्काइएको छ । नदी किनारका उर्वर खेतहरूलाई मासेर हतारहतार सडक बनाउने र तिनै सडकको काखमा व्यापारिक भवन तथा बस्ती विस्तार गर्ने क्रम चलेको छ । गाउँघरमा जंगली जनावरहरूको उपद्रव पुरानै समस्या हो । बाँदर, बँदेललगायत वन्यजन्तुले वर्षभरि लगाएको बाली सखाप पार्दा किसान हताश छन् । यसको दिगो समाधान यस्ता जनावरले खान वा हानि नपुर्‍याउने बालीहरूको व्यावसायिक खेती गर्नु हो । बाँस, अलैँची, खुर्सानी, टिमुर, अदुवा, कागती, कागुनो, सुन्तला, तोरी, चिया र कफीजस्ता बालीहरू यस्ता विकल्प हुन्, जसले किसानलाई वन्यजन्तुको त्रासबाट मुक्ति दिलाउँछन् । साथै बाख्रापालन र अन्य पशुपक्षीपालनसँगै जोडेर यस्तो खेती गर्दा ग्रामीण अर्थतन्त्र बलियो बन्छ । बाँसको उपयोगिता केवल बाली सुरक्षामा मात्र सीमित छैन । यसबाट घर, गोठ, दाउरा, घाँस, डोको, थुन्से र विभिन्न दैनिक उपभोगका घरायसी सामग्री तयार हुन्छन् । अझ महत्त्वपूर्ण कुरा त के छ भने, बाँसका जराहरूले माटो र चट्टानलाई कताबाट बग्न नदिई बलियोसँग बाँधेर राख्छन् । यसले बाढी, पहिरो र भूस्खलनबाट जोगाउने प्राकृतिक पर्खालको काम गर्छ । रसुवालगायत क्षेत्रमा आएका विनाशकारी बाढी र पहिरोका घटनाले यही वैज्ञानिक सत्यलाई बारम्बार पुष्टि गरेका छन् । ‘डोजरे विकास’ को पासोहाम्रा पुर्खाले पुस्तौंदेखि आफ्नो सीप, अनुभव र वातावरणीय अनुकूलताका आधारमा जीवनशैली सञ्चालन गरेका थिए । उनीहरूले नदी तथा खोलाहरूलाई सधैं उसकै प्राकृतिक बाटोमा बग्न दिने प्रचलन अपनाएका थिए । वर्षायाममा बाढीले बगर वा बालुवा ल्याएको ठाउँमा पछि उर्वर खेत बन्थ्यो र त्यसमाथिको सुरक्षित उचाइमा घर, गोठ, सार्वजनिक जग्गा, जंगल, खर्क र चौतारा निर्माण गरिन्थ्यो । तर आज आधुनिकताको अन्धवेगमा दौडिने क्रममा हामीले त्यो मौलिक र व्यावहारिक ज्ञानलाई पूरै बिर्सिंदै गएका छौं । परिणामस्वरूप, नदीको प्राकृतिक बहाव क्षेत्रमै घरहरू ठड्याउने र बस्ती बसाउने प्रवृत्ति बढेको छ, जसको महँगो मूल्य हामीले हरेक बर्खायाममा चुकाइरहेका छौं । गाउँ-ठाउँमा पहिले चौतारीमा उभिने बरपिपल र ठूला रूखहरूले माटोको क्षय रोक्ने काम गर्थे । आज ती रूखहरू मासिएका छन् र डोजरे विकासका नाममा पहाडको संवेदनशील संरचनालाई जथाभावी भत्काइएको छ । नदी किनारका उर्वर खेतहरूलाई मासेर हतारहतार सडक बनाउने र तिनै सडकको काखमा व्यापारिक भवन तथा बस्ती विस्तार गर्ने क्रम चलेको छ । यसैको दुष्परिणामस्वरूप हरेक वर्ष गाउँदेखि सहरसम्म बाढीपहिरो र डुबानको ताण्डव देख्न पाइन्छ । रित्तिएका गाउँ र टुट्दो पारिवारिक सूत्रआज ग्रामीण समाजको अर्को कहालीलाग्दो चित्र भनेको गाउँघरमा काम गर्ने सक्षम जनशक्ति नै नरहनु हो । धेरैजसो घरहरूमा वृद्धवृद्धा बाबुआमामात्र सीमित छन् । गाउँमा आफ्ना रीतिथिति, चाडपर्व, देवकार्य र पितृकार्य सम्पन्न गर्न आवश्यक पर्ने पण्डित वा सहयोगीसमेत नपाइने दयनीय अवस्था सिर्जना भएको छ । युवा पुस्तामा देखिएको वैदेशिक रोजगारीप्रतिको तीव्र आकर्षणले गाउँहरूलाई रित्याउँदै लगेको छ । विदेश जाने, केही पैसा कमाउने, सुन किन्ने, भव्य रूपमा विवाह गर्ने र छोराछोरीलाई सहरका महँगा विद्यालयमा पढाउने धोकोले समाजलाई एकातिर आधुनिक बनाउन खोजेको देखिन्छ, तर यसको सामाजिक मूल्य ठूलो छ । परिवारहरू टुक्रिँदै गएका छन् , हजुरबा र हजुरआमा आफ्ना प्यारा नातिनातिनाबाट टाढिँदै गएका छन् । हाम्रा पुराना र गरिमायुक्त पारिवारिक मूल्यमान्यता , स्नेह र अपनत्वको धागो बिस्तारै कमजोर हुँदै गएको छ । खानपानको शैली र मानसिक स्वास्थ्यमानिसको खानपानको शैलीमा आएको परिवर्तन उत्तिकै चिन्ताजनक विषय बनेको छ । विसं २०४० को दशकयता हाम्रो भान्सामा र बजारमा चाउचाउ, बिस्कुट, पाउरोटी र प्याकेटका जंकफुडहरूको प्रयोग अस्वाभाविक रूपमा बढेको छ । यसबारे औपचारिक वैज्ञानिक अनुसन्धान अझै पूर्ण नभए पनि मधुमेह, उच्च रक्तचाप, मृगौला रोग र क्यान्सरजस्ता नसर्ने रोगहरूको प्रकोप ठीक यही अवधिमा तीव्र गतिमा उकालो लागेको छ । यसले हाम्रो खानपानको शैली र यी गम्भीर रोगहरूबीच गहिरो सम्बन्ध रहेको बलियो आशंका जन्माएको छ । खानपान सँगसँगै आजको डिजिटल संसारले मानिसको मानसिक स्वास्थ्यमा पारेको असर पनि कम पीडादायी छैन । सामाजिक सञ्जालमा दैनिक रूपमा आइरहने समर्थन र विरोधका तीता भाष्य, आधिकारिक तथा अनाधिकृत सूचनाको अनियन्त्रित बाढीले मानिसलाई लगातार मानसिक तनावतर्फ धकेलिरहेको छ । यदि मोबाइल, टिभी र सामाजिक सञ्जालको प्रयोगलाई समयमै नियमन नगरिने हो भने निकट भविष्यमा समाजमा ठूलो सांस्कृतिक र मानसिक विशृंखलता आउने निश्चित छ । शरीरलाई कस्तो खानेकुरा खुवाउँछौं भन्ने कुरामा जति सचेत हुन्छौं, मानसिक खुराकका रूपमा डिजिटल लतले के खुवाउँदैछ भन्नेतर्फ उत्तिकै सचेत हुनुपर्छ । प्रकृतिको सानिध्य र वास्तविक मानवीय अन्तर्क्रिया नै स्वस्थ जीवनको असली जग हो । जलाधार क्षेत्रको दोहन र सम्भावित विपत्तिसहरी संरचनाको अव्यवस्थित र अनियन्त्रित विस्तारले हाम्रो जल व्यवस्थापन प्रणालीलाई नराम्ररी बिथोलेको छ । पहिले आकाशबाट पर्ने पानी नदी किनारका खुला खेतबारी र चौरहरूले सोस्थ्यो र बढी भएको पानी प्राकृतिक सीमाभित्रैबाट बगेर सहज निकास पाउन्थ्यो । तर आज ती सबै खुला जमिनहरू कंक्रिटका घर र पक्की ढलानले ढाकिएका छन् । परिणामतः पानी जमिनभित्र सोसिन पाउँदैन र शहरी क्षेत्रमा क्षणभरमै विनाशकारी बाढी निम्तिने खतरा बढेको छ । काठमाडौं उपत्यका र अन्य सुगम शहरका वरिपरिका डाँडाकाँडा तथा वनजंगल मासेर गरिएको अन्धाधुन्ध प्लटिङले पहाडहरूलाई नांगो बनाइसकेको छ, जसले गर्दा ती स्थानमा बनेका घर पानी पर्दा बग्ने वा भासिने उच्च जोखिममा छन् । यसै सन्दर्भमा, शिवपुरी जलाधार क्षेत्रमा बाँध बाँधेर पानी बागमतीमा पठाउने र खानेपानीको वैकल्पिक व्यवस्था गर्ने योजनाका बारेमा गम्भीर समीक्षा हुन आवश्यक छ । विश्वका ठूला बाँधहरू प्रायः समथर भू-भागमा बनेका छन्, तर हाम्रो भौगोलिक बनावट पूर्णरूपमा फरक र संवेदनशील छ । शिवपुरी जस्तो संवेदनशील पहाडी क्षेत्रमा यस्ता संरचना बनाउनुअघि गहिरो वैज्ञानिक अध्ययन, नियमित निरीक्षण र प्राविधिक परीक्षण अनिवार्य हुनुपर्छ । अन्यथा चोभारको गल्छीजस्ता ऐतिहासिक प्राकृतिक संरचनासमेत गम्भीर जोखिममा पर्न सक्छन् । भोटेकोशीलगायत नदीतटीय क्षेत्रमा बस्ती र खेतीयोग्य जमिन बगाएका घटनाले हामीलाई यही चेतावनी बारम्बार दिइरहेका छन् । जलवायु परिवर्तनको असर स्वरूप हिमालहरूबाट हिउँ द्रुत गतिमा पग्लिरहेको छ, जसले रसुवाको भोटेकोशी जस्ता क्षेत्रमा हिमाली सुनामीको खतरा बढाएको छ । खानेपानीका मुहानहरू सुक्दै गएका छन् । यस घडीमा प्रकृतिको अनुपम वरदान मानिएको बाँसको खेती, संरक्षण र यसबाट बन्ने फर्निचर तथा घरायसी वस्तुहरूको प्रयोगलाई व्यापक बनाउनुपर्छ । हरित ऊर्जा र भावी पुस्ताको दायित्वसिमसार क्षेत्र, प्राकृतिक पोखरी र भञ्ज्याङहरू हाम्रा पुर्खाले बचाएर राखेका जीवित प्राकृतिक संरचना थिए । तिनले गाईवस्तुलाई पानी खुवाउनुका साथै भूमिगत जलस्तरलाई सन्तुलित राख्न ठूलो भूमिका खेल्थे । तर विकासका नाममा यस्ता पोखरी र सिमसार क्षेत्रहरू पुरिँदै र मासिँदै गएका छन्, जुन आज देखिएको विकराल जलसंकटको मुख्य कारक हो । मानिसले पृथ्वी र यहाँका अन्य जीवजन्तुलाई आफ्नो अधीनमा पार्ने होडबाजी गर्दा ‘पृथ्वी सबैको साझा घर हो’ भन्ने शाश्वत सत्यलाई पूर्णरूपमा बिर्सँदै गएको छ । विगत केही वर्षयता विश्वको औसत तापक्रममा १.५ डिग्री सेल्सियससम्मको वृद्धि भइसकेको छ, जसले मानव सभ्यतामाथि नै संकटका कालो बादल मण्डारिन थालेको छ । एल निनोको प्रभावले चर्को गर्मी, खडेरी र अनियन्त्रित वर्षाका घटना बढेका छन् । अर्कोतर्फ, हरित ऊर्जा, सौर्य ऊर्जा, वायु ऊर्जा र जलविद्युतजस्ता प्रशस्त स्वदेशी ऊर्जाका स्रोतहरू हामीसँग उपलब्ध हुँदाहुँदै पनि हामी अझै पनि आयातित ग्यास र इन्धनका लागि लामो लाइनमा बस्न बाध्य छौं । आफ्नै ऊर्जा स्रोतको अधिकतम सदुपयोग गर्ने नीतिमा हामी चुक्दै आएका छौं । कार्बन उत्सर्जनमा विकसित मुलुकहरूको मुख्य हात रहे पनि त्यसको वातावरणीय र आर्थिक मूल्य हामीजस्ता विकासशील मुलुकहरूले चुकाउनुपरिरहेको छ । कोष्टारिका जस्ता देशहरूले आफ्नो कुल भूमिको एक चौथाइ भाग वनजंगलका लागि सुरक्षित राखेर उदाहरणीय काम गरेका छन्, तर हामी भने राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्रसमेत मासेर सडक र पूर्वाधार निर्माण गर्न तल्लीन छौं । निष्कर्षयी सारा दृष्टान्तले एउटैमात्र अकाट्य सत्य प्रमाणित गर्छन् । विकास आफैंमा शत्रु होइन, तर योजना, अध्ययन र पर्यावरणप्रतिको संवेदनशीलताविनाको विकासले अन्ततः प्रकृति र मानव जाति दुवैलाई विनाशको मुखमा पुर्‍याउँछ । स्थानीय सरकार, प्राविधिक निकाय र स्थानीय जनताबीचको दरिलो समन्वयविना गरिने कुनै पनि पूर्वाधार निर्माणले तात्कालिक लाभ दिए पनि भविष्यमा त्यसको मूल्य निकै महँगो साबित हुन्छ । त्यसैले नदी किनार, वन क्षेत्र र संवेदनशील जलाधार क्षेत्रहरूमा कुनै पनि संरचना बनाउनुअघि कडा वातावरणीय प्रभाव मूल्यांकन गरिनुपर्छ र स्थानीय समुदायको परम्परागत ज्ञानलाई उच्च सम्मान दिनुपर्दछ । जलवायु परिवर्तनको असर स्वरूप हिमालहरूबाट हिउँ द्रुत गतिमा पग्लिरहेको छ, जसले रसुवाको भोटेकोशी जस्ता क्षेत्रमा हिमाली सुनामीको खतरा बढाएको छ । खानेपानीका मुहानहरू सुक्दै गएका छन् । यस घडीमा प्रकृतिको अनुपम वरदान मानिएको बाँसको खेती, संरक्षण र यसबाट बन्ने फर्निचर तथा घरायसी वस्तुहरूको प्रयोगलाई व्यापक बनाउनुपर्छ । हाम्रा बाउबाजेले आर्जन गरेको व्यावहारिक सीप, संस्कृति र संस्कारलाई आधुनिक विज्ञान तथा प्रविधिको सही प्रयोगसँग जोडेर अगाडि बढ्नु नै आजको बुद्धिमानी हुनेछ । आजैबाट सचेत नभएमा आउने पुस्ताले हामीलाई कहिल्यै क्षमा गर्नेछैन । तसर्थ, नीतिनिर्माणको तहदेखि व्यक्तिगत आचरणसम्म हर क्षेत्रमा वातावरणमैत्री र सन्तुलित मार्ग अवलम्बन गर्नु आजको टड्कारो र अपरिहार्य आवश्यकता हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस सभापति थापा एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
Latest NewsJust now

कांग्रेस सभापति थापा एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा उनीहरूबिच करिब एक घण्टा छलफल भएको हो। कांग्रेस सभापति थापा निकट एक नेताका अनुसार उनीहरूबिच मधेस प्रदेश को सरकारका विषयमम कुराकानी भएको थियो। एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नेतृत्वको सरकार संकटमा ...

केन्द्रबिन्दु
आधुनिक सैलुनको चकाचकबिच खुला आकाशमुनि ग्राहकलाई पिर्कामा राखेर कपाल काट्दै रामनारायण
Latest NewsJust now

आधुनिक सैलुनको चकाचकबिच खुला आकाशमुनि ग्राहकलाई पिर्कामा राखेर कपाल काट्दै रामनारायण

जनकपुरधाम । जनकपुरधामको जनकचोकमा बिहानको चहलपहल सुरु नहुँदै ६६ वर्षीय रामनारायण ठाकुर आफ्नो काममा जुटिसकेका हुन्छन् । एउटा सानो काठको बाकस, दुई वटा कैंची, तीन–चार वटा काइँयो, ब्लेड, फिटकिरी, दाह्री... ...

रातोपाटी
गुण्डुमा ओली र गगनबिच भेटवार्ता
Latest NewsJust now

गुण्डुमा ओली र गगनबिच भेटवार्ता

काठमाडाैँ। नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएकाे छ। मंगलबार साँझ दुई नेताबिच ओली निवास गुण्डुमा भेटवार्ता भएकाे हाे । स्राेतका अनुसार उनीहरूबिच करिब ६ बजेदेखि ७ बजेसम्म संवाद भएकाे थियाे। भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे कुराकानी भएकाे स्राेतले बतायाे। ...

नेपालन्युज
संकटमा विश्व ऊर्जा सुरक्षा
Latest NewsJust now

संकटमा विश्व ऊर्जा सुरक्षा

विश्व अर्थतन्त्रको गति अहिले कुनै एउटा देश, केन्द्रीय बैंक वा स्टक एक्सचेन्जले मात्र निर्धारण गरिरहेको छैन। त्यसको एउटा महत्त्वपूर्ण हिस्सा पश्चिम एसियामा रहेको विश्वकै सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील तेल तथा ऊर्जा ढुवानी मार्ग स्ट्रेट अफ हर्मुज (जस्ले विश्वको समुद्री कच्चा तेलको करिब २० प्रतिशत जलमार्गबाट पार हुने भएकाले स्ट्रेट अफ स्ट्रेट अफ हर्मुज समुद्री मार्गमा अड्किएको छ। त्यो हो, स्ट्रेट ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play