वाणिज्य बैंकहरूले पहिलो त्रैमासमा कमाए १९ अर्ब ११ करोड, कुन बैंकको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले कुल १९ अर्ब ११ करोड रुपियाँ खुद नाफा आर्जन गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांशको नाफा बढेको छ भने केही बैंकको नाफामा सामान्य संकुचन देखिएको छ । पहिलो त्रैमासमा १० वटा बैंकले १ अर्ब रुपियाँभन्दा बढी खुद नाफा कमाएका छन् । सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । नाफा आर्जनमा नबिल पहिलो नबिल बैंकले चालु आवको पहिलो तीन महिनामा २ अर्ब ५५ करोड रुपियाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ७५ करोड रुपियाँ थियो । त्यस्तै, ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड रुपियाँ नाफासहित दोस्रो स्थानमा रहेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ८५ करोड रुपियाँ खुद नाफा आर्जन गरेको थियो। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि नाफामा उल्लेख्य सुधार गरेको छ। बैंकले समीक्षा अवधिमा १ अर्ब ६४ करोड रुपियाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा यस्तो नाफा ५८ करोड रुपियाँ मात्रै थियो। यी हुन् अर्बभन्दा बढी नाफा कमाउने बैंक नबिल, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य सात बैंकले पनि पहिलो त्रैमासमा १ अर्ब रुपियाँभन्दा बढी नाफा आर्जन गरेका छन् । एभरेष्ट बैंकले १ अर्ब २५ करोड रुपियाँ खुद नाफा कमाउँदा प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले समान १ अर्ब १८ करोड रुपियाँ नाफा आर्जन गरेका छन्। यसैगरी, एनएमबी बैंकले १ अर्ब १६ करोड, कृषि विकास बैंकले १ अर्ब ९ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र सानिमा बैंकले १ अर्ब ५ करोड रुपियाँ खुद नाफा कमाएका छन्। सिटिजन्स बैंक घाटाबाट नाफामा गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड रुपैयाँ खुद नोक्सानी बेहोरेको सिटिजन्स बैंक चालु आवमा नाफामा फर्किएको छ। बैंकले समीक्षा अवधिमा १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यस्तै, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकले पनि गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा खुद नाफा दोब्बरभन्दा बढीले वृद्धि गरेका छन् । समग्रमा बैंकहरूको पहिलो त्रैमासको वित्तीय नतिजाले अधिकांश बैंकको नाफामा सुधार देखाए पनि सबै बैंकको अवस्था समान नरहेको संकेत गरेको छ। यस्तो छ सबै वाणिज्य बैंकहरूको अघिल्लो वर्ष र यो वर्षको प्रथम त्रैमासको नाफा : बैंकको नाम यो वर्ष (नाफा/कमानी) गत आ.व. (नाफा/कमानी) सिटिजन्स बैंक १० करोड २७ लाख २२ करोड ४ लाख ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड ३८ लाख १ अर्ब ८५ करोड ८६ लाख हिमालयन बैंक ६८ करोड ४८ लाख ७० करोड २९ लाख लक्ष्मी सनराइज बैंक ६५ करोड ३३ लाख ३३ करोड २३ लाख नबिल बैंक २ अर्ब ५५ करोड ५१ लाख १ अर्ब ७५ करोड ६९ लाख एनआईसी एशिया बैंक १२ करोड ७४ लाख १२ करोड २१ लाख नेपाल इन्भेष्टमेण्ट मेगा बैंक १ अर्ब १८ करोड १४ लाख ४५ करोड ५ लाख प्राइम कमर्सियल बैंक १ अर्ब १८ करोड ७६ लाख १ अर्ब २५ करोड ८४ लाख प्रभु बैंक ६४ करोड ७४ लाख ३६ करोड ५७ लाख नेपाल एसबिआई बैंक ५५ करोड ८५ लाख ४९ करोड ७६ लाख स्ट्यान्डर्ड चार्टर्ड बैंक ६७ करोड १४ लाख ६९ करोड ३९ लाख एभरेष्ट बैंक १ अर्ब २५ करोड २७ लाख १ अर्ब १७ करोड ९२ लाख माछापुच्छ्रे बैंक ५५ करोड ११ लाख ४१ करोड ७९ लाख नेपाल बैंक ८३ करोड २१ लाख ५८ करोड ८२ लाख एनएमबि बैंक १ अर्ब १६ करोड ४२ लाख १ अर्ब ३० करोड ८५ लाख राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ६४ करोड ९८ लाख ५८ करोड ८७ लाख सानिमा बैंक १ अर्ब ५ करोड १४ लाख ४५ करोड ४९ लाख कृषि विकास बैंक १ अर्ब ९ करोड २३ लाख ५७ करोड ३८ लाख कुमारी बैंक १ अर्ब ७ करोड ४५ लाख १ अर्ब ५ करोड ६५ लाख सिद्धार्थ बैंक ८५ करोड १५ लाख ३२ करोड ४० लाख The post वाणिज्य बैंकहरूले पहिलो त्रैमासमा कमाए १९ अर्ब ११ करोड, कुन बैंकको कति ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?
काठमाडौं । कल्पना गर्नुहोस् त, तपाईंले सामान्य रूपमा किनेको एउटा इनर्जी ड्रिङ्कसले तपाईंलाई नयाँ मोटरसाइकल वा स्कुटरको मालिक बनायो भने कस्तो होला ? अझ, त्यही खरिदले कार जित्ने अवसरसमेत दिलायो भने ? सुन्दा अचम्म लाग्न सक्छ, तर म्याक्स टाइगर इनर्जी ड्रिङ्कसका नौ जना उपभोक्ताका लागि यस्तै सुखद संयोग जुरिसकेको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका ...

सल्यानमा केशर खेतीको परीक्षण सफल, प्रतिग्राम हजारमा बिक्री
छोटो समयमै आम्दानी र उच्च बजार मूल्य देखिएपछि स्थानीय किसानहरू परम्परागत बाली छाडेर केशरको व्यावसायिक खेतीतर्फ आकर्षित भइरहेका छन्। ...

मर्मतमा ढिलाइले सल्यानका ग्रामीण सडकमा सास्ती
सडकमा पहिरो, खाल्डाखुल्डी र हिलो हुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न तथा बिरामीलाई स्ट्रेचरमा बोक्न बाध्य छन्। ...

नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य
नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्... ...


