Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Others/वर्षा र पहिरोका कारण विभिन्न जिल्लाका सडक अवरुद्ध, केहीमा एकतर्फी यातायात

वर्षा र पहिरोका कारण विभिन्न जिल्लाका सडक अवरुद्ध, केहीमा एकतर्फी यातायात

11/1/2026, 7:59:00 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
वर्षा र पहिरोका कारण विभिन्न जिल्लाका सडक अवरुद्ध, केहीमा एकतर्फी यातायात

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका छन्। प्रहरीका अनुसार आइतबार बिहान ७ बजेसम्म ललितपुर, खोटाङ, काभ्रे, गोरखा, मुस्ताङ, पाल्पा र सुर्खेतका विभिन्न सडकखण्ड प्रभावित भएका छन्। ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँडुर र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, ललितपुर महानगरपालिका–२ बल्खुको सुन्दरीघाटस्थित बागमती करिडोर पनि अविरल वर्षाका कारण पूर्ण रूपमा बन्द भएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लकुरीडाँडामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। काभ्रेको रोशी गाउँपालिका–१ पिन्थली र वडा नम्बर ८ गिम्दीबेशीमा पहिरोका कारण बीपी राजमार्गसमेत पूर्ण रूपमा बन्द रहेको छ। त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल बाढीका कारण अवरुद्ध छ। मुस्ताङको जोमसोम–कोरोला सडकखण्डका दुई स्थानमा पहिरो र वर्षाका कारण यातायात प्रभावित भए पनि एकतर्फी सञ्चालनमा रहेको छ। पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी करिडोर र सुर्खेतको बराहताल गाउँपालिका–७ ओलिसेमा पहिरोका कारण प्रभावित कर्णाली राजमार्ग पनि एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। प्रभावित सडकखण्डमा यातायात सञ्चालन सहज बनाउन आवश्यक समन्वय भइरहेको छ। प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

विपद न्यूनीकरणको प्रयास : चार हिमतालको पानी घटाउने, पूर्वसूचना प्रणाली विस्तार गर्ने
OthersJust now

विपद न्यूनीकरणको प्रयास : चार हिमतालको पानी घटाउने, पूर्वसूचना प्रणाली विस्तार गर्ने

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमताल विस्फोट, हिमपहिरो र बाढीपहिरोको जोखिम बढ्दै गएपछि सरकारले मनाङ, संखुवासभा र सोलुखुम्बुका चार हिमतालको पानी घटाउने योजना अघि सारेको हो । ...

अनलाइन खबर
फ्रान्समा लगातार तेस्रो साता प्रदर्शन
OthersJust now

फ्रान्समा लगातार तेस्रो साता प्रदर्शन

महँगी, जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाको अवस्थाप्रति असन्तुष्टि जनाउँदै फ्रान्समा शनिबार लगातार तेस्रो साता विशाल प्रदर्शन भएको छ। ...

अनलाइन खबर
स्थानीय तहको उम्मेदवार छनोट गर्न रास्वपामा ७ उपसमिति गठन, महानगर र उपमहानगरमा आवेदन खुला
OthersJust now

स्थानीय तहको उम्मेदवार छनोट गर्न रास्वपामा ७ उपसमिति गठन, महानगर र उपमहानगरमा आवेदन खुला

पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदहरूमा उम्मेदवारी दिन चाहनेहरूका लागि आवेदनसमेत खुला गरेको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play