Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/वर्षा र झरीको बिच पत्रकारहरूको माइतीघरमा प्रदर्शन

वर्षा र झरीको बिच पत्रकारहरूको माइतीघरमा प्रदर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
वर्षा र झरीको बिच पत्रकारहरूको माइतीघरमा प्रदर्शन

काठमाडौं, कात्तिक १४ । सञ्चारगृहमा गरिएको छापा तथा समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएको घटनाको विरोधमा पत्रकारहरूले शनिबार बिहानै वर्षा र झरीको प्रवाह नगरी काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघको आह्वानमा आयोजित प्रदर्शनमा पत्रकारहरूले सरकारको प्रेस स्वतन्त्रताविरोधी नीतिप्रति आपत्ति जनाउँदै प्लेकार्ड प्रदर्शन गरेका थिए। पत्रकार पक्राउ, सञ्चारगृहमा छापा तथा पत्रकारलाई आतंकित पार्ने गतिविधिविरुद्ध महासंघले मौन प्रदर्शनको आह्वान गरेको थियो । वर्षा र झरीका बीच पनि पत्रकारहरू प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको सुरक्षा तथा सञ्चारमाध्यममाथिको हस्तक्षेप अन्त्य गर्न माग गरेका थिए । प्रदर्शनलाई नेपाल पत्रकार महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार रमेश विष्ट र पत्रकार देवेन्द्र चुडाललगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै पूर्ववरिष्ठ उपाध्यक्ष विष्टले नेपाली प्रेसलाई पुनः राजा ज्ञानेन्द्रको शासनकालमा जस्तै त्रसित बनाउने प्रयास भइरहेको बताउनुभयो । समाचारको स्रोत खुलाउन दबाब दिने उद्देश्यले पत्रकारलाई अपहरणको शैलीमा गिरफ्तार गरिएको उल्लेख गर्दै उहाँले यस्तो कार्य प्रेस स्वतन्त्रतासम्बन्धी विश्वव्यापी मान्यता र नेपालको संविधानविपरीत रहेको बताउनुभयो । सरकारको पछिल्लो गतिविधिले प्रकाशित समाचारको सत्यतालाई पुष्टि गरेको दाबी गर्दै विष्टले नेपाली प्रेस एकढिक्का भएर यस्ता गतिविधिको सामना गर्ने स्पष्ट पार्नुभयो । उहाँले सरकारलाई प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने तथा पत्रकारलाई त्रसित बनाउने गतिविधि तत्काल रोक्न चेतावनीसमेत दिनुभयो प्रहरीले हिजो नेपाल प्रेसकाे समाचार कक्षमा प्रवेश गरी पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेकाे थियाे । त्यस्तै नयाँ पत्रिका लगायतका सञ्चारगृहमा गई धरपकडकाे प्रयास गरेको थियाे । चाैतर्फि विराेध भए पछि पक्राउ गरिएका पत्रकार सुवेदीलाई केही घण्टामा नै छाडिएकाे थियाे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य
राजनीतिJust now

नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

नेपालका पर्यटकीय गन्तव्यलाई अन्तराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका उनीहरूलाई नेपाल आमन्त्रण गरिएको बोर्डले जनाएको छ । नेपाल आएका उनीहरूले यहाँका प्राकृतिक सौन्दर्य, ...

फरकधार
पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन
राजनीतिJust now

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार तथा सञ्चारकर्मीमाथि भएको धरपकड र पक्राउका घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न... ...

सिंहदरबार न्युज
महँगी र सार्वजनिक सेवाप्रति असन्तुष्टि चुलिँदै, युरोपभर प्रदर्शनको लहर
राजनीतिJust now

महँगी र सार्वजनिक सेवाप्रति असन्तुष्टि चुलिँदै, युरोपभर प्रदर्शनको लहर

जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र राजनीतिक विवादलाई लिएर शनिबार युरोपका विभिन्न प्रमुख सहरमा विरोध प्रदर्शन भएका छन् । सामाजिक सञ्जालमार्फत प्रदर्शनका लागि आह्वान गरिएपछि विभिन्न देशमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार देशभर भएका प्रदर्शनमा करिब तीन लाख २० हजार मानिस सहभागी भए । तीमध्ये ७० हजार पेरिसमा थिए । आयोजकहरूले ...

फरकधार
कांग्रेसको नयाँ कार्यसमितिको विवरण सोमबार आयोगमा अद्यावधिक गर्ने तयारी
राजनीतिJust now

कांग्रेसको नयाँ कार्यसमितिको विवरण सोमबार आयोगमा अद्यावधिक गर्ने तयारी

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा सोमबार (कात्तिक १६) अद्यावधिक गरिने भएको छ। आवश्यक कागजात तथा विवरण संकलनको काम पूरा नभएपछि शुक्रबार गर्ने भनिएको अद्यावधिक प्रक्रिया सोमबारका लागि सारिएको हो। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार नयाँ कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यको पूर्ण विवरणसहित आवश्यक कागजात तयार पार्ने काम […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play