Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/वर्षाले फूल खेतीमा क्षति, तिहार र छठको मुखमा किसान निराश

वर्षाले फूल खेतीमा क्षति, तिहार र छठको मुखमा किसान निराश

Share:WhatsAppFacebookX (Twitter)Telegram

सिरहा । तिहार र छठ पर्वलाई लक्षित गरी फूल बिक्री गर्ने तयारीमा रहेका सिरहाका किसान लगातार दुई दिन परेको वर्षाले खेतीमा क्षति पुर्‍याएपछि निराश भएका छन्। फूल टिपेर बजार लैजाने तयारीमा रहेका किसानको महिनौँदेखिको मिहिनेत वर्षाका कारण खेर गएको छ। गोलबजार नगरपालिका–३ का किसान मनु स्याङ्दन विगत १५ देखि २० वर्षदेखि फूल खेती गर्दै आउनुभएको छ। उहाँले यस वर्ष चार कठ्ठा जग्गामा सयपत्री फूल लगाउनुभएको थियो। खेतीमा करिब एक लाख रुपैयाँ लगानी गर्नुभएका उहाँले चाडपर्वमा फूल बिक्री गरेर करिब चार लाख रुपैयाँ आम्दानी गर्ने अपेक्षा गर्नुभएको थियो। तर, वर्षाका कारण करिब दुई हजार ५०० बोट फूल भुइँमा ढलेपछि लगानी र आम्दानी दुवै गुमेको उहाँले बताउनुभयो। त्यस्तै, गोलबजार नगरपालिका–६ का किसान रुदल नायकको करिब छ कठ्ठा जग्गामा लगाइएको फूल खेतीमध्ये तीनदेखि चार कठ्ठाको फूल वर्षाले भुइँमा ढालिदिएको छ। सोही वडाकी किसान इन्द्रकुमारी लामाले पनि पाँच कठ्ठामा लगाएको सयपत्री फूलमा वर्षाले ठूलो क्षति पुर्‍याएको बताउनुभयो। करिब १० वर्षदेखि फूल खेती गर्दै आउनुभएकी उहाँले तिहार र छठ पर्वमा फूल बिक्री गरेर करिब चार लाख रुपैयाँ आम्दानी गर्ने अपेक्षा गर्नुभएको थियो। चाडपर्वको समयमा फूलको माग बढ्ने भए पनि बिक्रीका लागि तयार भएको फूल वर्षाले नष्ट गरेपछि किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

आर्थिक लेखक तथा पत्रकार रिसव गौतम ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’बाट सम्मानित
ताजा खबरJust now

आर्थिक लेखक तथा पत्रकार रिसव गौतम ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’बाट सम्मानित

काठमाडौँ । शब्दयात्रा प्रकाशनले लेखन तथा पत्रकारिताको क्षेत्रमा योगदान दिएबापत आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमलाई २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरेको छ। शब्दयात्रा प्रकाशनले शनिबार बनेपास्थित आफ्नै सभाकक्षमा... ...

रातोपाटी
सत्ताको सुनौलो वाचा र विवेकको परीक्षा
ताजा खबरJust now

सत्ताको सुनौलो वाचा र विवेकको परीक्षा

सरकार वा पार्टीले आलोचकलाई झन्झट ठान्दा उनीहरूलाई सोध्नुपर्छ: नागरिकको भूमिका ताली बजाउनुमा सीमित छ ? लोकप्रियताले जवाफदेही हुनु नपर्ने छुट दिन्छ? ...

कान्तिपुर
जुगल-२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण
ताजा खबरJust now

जुगल-२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण

• सिन्धुपाल्चोकको जुगल-२ हिमालमा स्पेनका तीन पर्वतारोहीले पहिलोपटक सफल आरोहण गरेका छन्। • यस सफलताले नेपालको पर्वतीय पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ। • जुगल गाउँपालिकाले हिमाल आरोहण र पर्यटन प्रवर्द्धनका लागि 'जुगल भ्रमण वर्ष २०८३' सञ्चालन गरिरहेको छ। ...

नेपालबहस
सुदूरपश्चिमले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने
ताजा खबरJust now

सुदूरपश्चिमले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ । यो खेल ५-५ ओभरको हुने भएको छ । सुदूरपश्चिमका विदेशी खेलाडीले मैदान खेल्न योग्य नरहेको बताएर खेल्न तयार नभएपछि टसमा ढिलाई भएको थियो । लामो छलफलपछि म्याच रेफ्रीले खेल नखेलेमा विराटनगर किंग्सलाई २ अंक दिने ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play