वर्षापछि अवरुद्ध बेँसीसहर-चामे सडक पुनः सञ्चालन

मनाङ । मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा अविरल वर्षापछि अवरुद्ध बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ । हाइड्रोपावर कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन गरी छ दिनमै सो सडक खुलाएको हो । दुर्गम हिमाली जिल्ला मनाङमा गत असोजमा चार दिनसम्म लगातार परेको भारी वर्षाका कारण सो सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्नाका साथै बाढीले सडक कटान गरेको थियो । सडकखण्डको केही ठाउँमा आधार संरचना पनि क्षतिग्रस्त भएको अवस्थमामा मर्मतसम्भारपछि बेँसीसहरदेखि चामेसम्मको प्रभावित यातायात सेवा सञ्चालन गर्न सकिएको बुटवल पावर कम्पनीका संयोजक प्रतीकमानसिंह प्रधानले जानकारी दिए । उनका अनुसार विपद्पछि कम्पनीले तत्काल उपकरण र जनशक्ति परिचालन गरी क्षतिग्रस्त सडकखण्ड मर्मत तथा पुनःस्थापनाको काम थालेको हो । “अन्य जलविद्युत् आयोजना र स्थानीय सडकसम्बन्धी निकायसँग समन्वय गरी करिब ६० किलोमिटर बेँसीसहर–चामे सडक छ दिनमै सञ्चालनमा ल्याउन सफल भएका छौँ,” प्रधानले भने, “चामेनजिक रहेको एक खोलामा गेग्रानसहित आएको बाढीपहिरोले मुख्य नदीको बहाव अवरुद्ध गरी ताल बनाएको थियो । सरकारसँग सहकार्य गर्दै कम्पनीका तर्फबाट एक्स्काभेटरलगायतका उपकरण परिचालन गरी उद्धार तथा विपद् व्यवस्थापनमा आवश्यक डिजेल र अन्य सामग्री पनि उपलब्ध गराएर सडक सञ्चालनमा ल्याउन सकिएको हो ।” सो सडकखण्डको मर्मतसम्भार तथा आपत्कालीन पुनःस्थापनाका लागि यसअघि पनि विभिन्न उपकरण र जनशक्ति परिचालन गर्दै आएको कम्पनीले जनाएको छ । उक्त सडक सञ्चालन भएसँगै मनाङका १३ गाउँका करिब पाँच हजार ६०० नागरिक लाभान्वित भएका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News
_8GKH9mFcCy.jpg)
मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा
काठमाडौँ। काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज कात्तिक ६ गतेसम्म १३ दिनको... ...

बंगलादेशका ब्याटिङ अलराउन्डर शामीम हुसेन लुम्बिनी लायन्समा
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि बंगलादेशका प्रतिभाशाली ब्याटिङ अलराउन्डर शामीम हुसेनलाई टोलीमा अनुबन्ध गरेको छ। बायाँहाते आक्रामक ब्याटिङ र आवश्यक पर्दा अफ स्पिन बलिङ गर्न सक्ने क्षमता भएका हुसेनले लायन्सको ब्याटिङ लाइनअपलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। हुसेनले सन् २०२० मा बंगलादेशलाई आईसीसी यू–१९ विश्वकपको उपा... ...

भारतमा शक्तिशाली आँधी आउने देखियो, नेपालमा पनि सतर्कता अपनाऊँ : मौसम विभाग
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भएको र यसका कारण कात्तिक ११ बुधबारदेखि १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने देखिएको जनाएको छ। यद्यपि यस प्रणालीका कारण नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे अहिले नै एकिन गर्... ...

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलन
भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमले रौनक थएिको छ। ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ हरेक वर्ष आयोजना हुँदै आएको सो सम्मेलन यस वर्ष भक्तपुर नगरपालिका–७ गोमारीको यातामा सञ्चालन भइरहेको छ। सांस्कृतिक गुरु एवं ज्येष्ठ नागरिक मोतिबहादुर खायमलीले आज बिहान उद्घा... ...


