वर्षाका कारण दुई दिनपछि सर्यो संखुवासभा गोल्डकप

भोजपुर । पहाडी जिल्ला संखुवासभामा शनिबार (भोली)बाट सुरु हुने भनिएको गोल्डकप बर्षातका कारण दुई दिनपछि सरेको छ । निरन्तरको भारी वर्षाका कारण खेलमैदान हिलाम्मे भएपछि आयोजकले प्रतियोगिता दुई दिनपछि सार्ने निर्णय गरेको हो । खाँदबारीको मानेभञ्ज्याङमा आयोजना हुन लागेको पहिलो संस्करणको संखुवासभा गोल्डकप फुटबल प्रतियोगिता अब दुई दिनपछि कार्तिक १६ देखि २० कात्तिकसम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष प्रकाश घिमिरेले बताए । प्रतियोगितामा आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स), सुनसरीको न्यु स्टार क्लब, सिरहाको सलहेश युवा क्लब, लोहोरुङ क्लब पाङ्मा, काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड, खाँदबारी युथ क्लब, झापा (११) फुटबल क्लब र सेकाहा सामुदायिक विकास क्लब सहभागिता जनाउने छन । जिल्लामा फुटबलको आकर्षण बढाउने उद्धेश्य सहित गोल्डकप आयोजना गरिएको हो । आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले तीन लाख रुपैयाँ पाउनेछ । उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी अर्थात् ‘प्लेयर अफ द म्याच’लाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले भने नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News

पर्यटकीय याम सुरु भएसँगै सामुदायिक घरबासमा विदेशी पाहुना
बागलुङ । आँखैअगाडि दन्तेलहरझैँ देखिने हिमशृङ्खला, अर्ग्यानिक खानाका परिकार, ग्रामीण जीवनशैली र न्यानो आतिथ्य भकुण्डेस्थित सामुदायिक घरबास (होमस्टे)को मुख्य आकर्षण हुन् । यिनै विशेषताका कारण बागलुङको भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक... ...

एनएफएलमा तीन नयाँ क्लब थपिने
काठमाडौँ । नेपाल फुटबल लिग (एनएफएल) ले तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढाएको छ । लिगले विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौँडा, भक्तपुर, नेपालगन्ज, सुर्खेतलगायत सहरलाई आफ्नो प्रतिनिधित्व गर्ने फुटबल... ...
_0L8mzQiGiG.png)
वन क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण
सुदूरपश्चिम । सुदूरपश्चिममा कार्यरत विभिन्न वन उपभोक्ता समूहले वन क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । ती समूहको सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिका पदाधिकारीले शुक्रबार मुख्यमन्त्री... ...

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक
ललितपुर । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) अवस्थाको विश्लेषण गरी तयार पारेको सूचकाङ्क सहितको तथ्याङ्क प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले... ...


