काठमाडौं । काठमाडौं स्पोर्ट्स एकेडेमीको आयोजनामा केएसए काठमाडौं १६ वडा कप राष्ट्रिय र्यापिड चेस प्रतियोगिता कात्तिक १७ गतेदेखि हुने भएको छ । प्रतियोगिता स्विस लिग प्रणालीबमोजिम नौ चरणको हुने आयोजक एकेडेमीका अध्यक्ष नारायणदास गमालले जानकारी दिनुभयो । प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख ५३ हजार रुपैयाँ रहेको छ । खुलातर्फ एक हजार र महिला तथा १६ वर्षमुनि उमेरसमूह खेलाडीका लागि पाँच सय दर्ता शुल्क तोकिएको छ । उपत्यका बाहिरका खेलाडीको आवासको व्यवस्था आयोजकले गर्ने बताइएको छ । काठमाडौं महानगरपालिका वडा १६ र काठमाडौं जिल्ला बुद्धिचाल संघको सह-आयोजनामा हुने दुईदिने प्रतियोगिताका खेलहरू नयाँ बजारस्थित मल्टि भेन्युमा खेलाइने छ ।
वडा कप राष्ट्रिय र्यापिड चेस हुने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






