Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ल्हेन्दे-भोटेकोसी जलप्रलयले अढाइ खर्ब रुपैयाँ बराबरको भौतिक क्षति: विश्व बैंक

ल्हेन्दे-भोटेकोसी जलप्रलयले अढाइ खर्ब रुपैयाँ बराबरको भौतिक क्षति: विश्व बैंक

10/21/2026, 8:30:00 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
ल्हेन्दे-भोटेकोसी जलप्रलयले अढाइ खर्ब रुपैयाँ बराबरको भौतिक क्षति: विश्व बैंक

काठमाडौं । गत भदौ १० गते गएको ल्हेन्दे-भोटेकोसी जलप्रलय(गाङबाल)ले अढाइ खर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको विश्व बैंकले बताएको छ।बैंकद्वारा तयार विश्वव्यापी द्रुत विपद्पछिको क्षति आकलन (ग्रेड) प्रतिवेदनअनुसार गाङबालका कारण भौतिक सम्पत्तिमा भएको कुल प्रत्यक्ष आर्थिक क्षति १ अर्ब ६६ अर्ब १० करोड रुपैयाँ अमेरिकी डलर अर्थात् रु. २५२ अर्ब ४७ करोड २० लाख पुगेको प्रारम्भिक आकलन गरिएको छ।पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । जुन यस क्षेत्रमा भएको क्षतिको अनुमानित मूल्य अमेरिकी डलर १ अर्ब ३७ करोड ५० अमेरिकी डलर अर्थात् रु. २ र्खब ८ अर्ब ९० करोड रहेको छ, यो कुल क्षतिको ८३ प्रतिशत हो।यसैगरी आवासीय भवनहरूमा १८ करोड ५० लाख अमेरिकी डलर (रु. २८ अर्ब १२ करोड) बराबरको क्षति भएको छ, जुन कुल क्षतिको ११ प्रतिशत हो।त्यसैगरी, गैरआवासीय भवनहरूमा अमेरिकी डलर १० करोड १० लाख अमेरिकी डलर अर्थात् रु. १५ अर्ब ३५ करोड २० लाख बराबरको क्षति भएको छ, जुन कुल क्षतिको ६ प्रतिशत हो।कुल अनुमानित क्षतिमध्ये पूर्वाधार तथा कृषि सम्पत्ति वर्गको हिस्सा १.३७५ अर्ब डलर अर्थात् करिब ८३ प्रतिशत छ। आवासीय भवन तथा सामग्रीमा १८५ मिलियन डलर (११ प्रतिशत) र गैरआवासीय भवन तथा सामग्रीमा १०१ मिलियन डलर (६ प्रतिशत) क्षति अनुमान गरिएको छ।भौतिक क्षतिको ठूलो हिस्सा रसुवा, नुवाकोट र धादिङ गरी तीन जिल्लामा केन्द्रित रहेकोमा सबैभन्दा बढी प्रभावित रसुवा जिल्लामा १ अर्ब ६ करोड ९० लाख अमेरिकी डलर अर्थात् रु. १६२ अर्ब ४८ करोड ८० लाख बराबरको क्षति भएको छ। यो कुल क्षतिको ६४ प्रतिशत हो।दोस्रो बढी प्रभावित जिल्ला नुवाकोटमा अमेरिकी डलर ५५ लाख १० लाख अमेरिकी डलर अर्थात् रु. ८३ अर्ब ७५ करोड २० लाख बराबरको क्षति भएको छ।यस्तै, धादिङमा अमेरिकी डलर ३ करोड ९० लाख अमेरिकी डलर अर्थात् रु. ५ अर्ब ९२ करोड ८० लाख (रु. ५.९२८ अर्ब) बराबरको क्षति पुगेको छ।सापेक्षिक क्षतिको दृष्टिले रसुवा जिल्लाको कुल जोखिममा रहेको सम्पत्तिको मूल्यको २३.३३ प्रतिशत बराबरको क्षति भएको छ। नुवाकोटमा उक्त मूल्यको ९.१७ प्रतिशत र धादिङमा ०.८४ प्रतिशत बराबरको क्षति भएको अनुमान छ।जलविद्युत् क्षेत्रमा परेको प्रभावजलविद्युत् क्षेत्रमा विशेष रूपमा ठूलो क्षति पुगेको छ। त्रिशूली तथा भोटेकोशी नदी प्रणालीअन्तर्गत पर्ने रसुवागढी, चिलिमे र त्रिशूली जलविद्युत् आयोजनालगायतका विभिन्न महत्त्वपूर्ण जलविद्युत् सम्पत्तिहरू प्रभावित भएका छन्।बाढीबाट भएको कुल क्षतिमध्ये ४३ प्रतिशत जलविद्युत् क्षेत्रमा परेको अनुमान छ। यस क्षेत्रको कुल क्षतिको मूल्य अमेरिकी डलर ७२ करोड १० लाख अमेरिकी डलर अर्थात् रु. १०९ अर्ब ५९ करोड २० लाख रहेको छ।भवनहरूमा भएको क्षतिप्रतिवेदनअनुसार बाढीको प्रभाव क्षेत्रमा करिब १२ हजार २०० भवन पहिचान गरिएका छन्। तीमध्ये करिब ६ हजार ७०० भवन पूर्ण रूपमा ध्वस्त भएका वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् भने थप ५ हजार ५०० भवन नक्साङ्कन गरिएका प्रभाव क्षेत्रका परिधिमा अवस्थित छन्।यातायात पूर्वाधारमा परेको प्रभावयातायात क्षेत्रअन्तर्गत १०० किलोमिटरभन्दा बढी सडक तथा अन्य यातायात मार्गहरू कुनै न कुनै स्तरमा क्षतिग्रस्त भएका प्रतिवेदनमा जनाइएको छ।एउटै साँघुरो नदी उपत्यकाभित्र महत्त्वपूर्ण पूर्वाधारमा क्षति केन्द्रित हुँदा वैकल्पिक सडक सञ्जालको अभावका कारण आवागमनमा गम्भीर अवरोध उत्पन्न भएको प्रतिवेदनले उल्लेख गरेको छ।प्रतिवेदनअनुसार सवारीसाधन चलाउन मिल्ने महत्त्वपूर्ण पुल तथा झोलुङ्गे पुलहरू नष्ट भएका वा गम्भीर रूपमा क्षतिग्रस्त भएका तथा चीनसँगको रणनीतिक उत्तर–दक्षिण व्यापारिक सम्पर्क मार्गमा उत्पन्न अवरोधले व्यापक आर्थिक प्रभावसमेत पारेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

विजया दशमीले पारिवारिक आत्मीयता र सामाजिक सद्भाव सुदृढ बनाउने राष्ट्रपति पौडेलको विश्वास
ताजा खबरJust now

विजया दशमीले पारिवारिक आत्मीयता र सामाजिक सद्भाव सुदृढ बनाउने राष्ट्रपति पौडेलको विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी पर्वले पारिवारिक आत्मीयता, आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। विजया दशमी, २०८३ का अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धिको कामना गरेका छन्। उनले विजया दशमीका दिन दुर्गा भवानीको पूजाअर्चना गरी गुरु, पुरोहित ...

केन्द्रबिन्दु
आज कालीमाटीमा यस्तो छ यी तरकारी र फलफूलको मूल्य
ताजा खबरJust now

आज कालीमाटीमा यस्तो छ यी तरकारी र फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज कात्तिक ४ गतेका लागि तरकारी तथा फलफूलको थोक मूल्य सूची सार्वजनिक गरेको छ।  जसअनुसार न्यूनतम थोक मूल्य प्रतिकेजी बन्दा (लोकल) रु ४०, स्थानीय काउली रु ६०, रातो मूला रु ३०, सेतो मुला (हाइब्रिड) रु ५० र तराई गाजर रु ८० रुपैयाँ छ।  प्रमुख तरकारीको थोक मूल्य (प्रति केजी) ... ...

नेपालखबर
दशैंले विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नवऊर्जा प्रदान गरोस् : लामिछाने
ताजा खबरJust now

दशैंले विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नवऊर्जा प्रदान गरोस् : लामिछाने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दशैं पर्वले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नव ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्। विजया दशमीको अवसरमा उनले सकारात्मक ऊर्जा र नयाँ आशासहित, बडादशैँको शुभकामना दिएका हुन्। बडादसैंको अवसरमा शुभकामना दिँदै सभापति लामिछानेले पर्वले हामी सबैमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिङ्गो नेपाली समाजलाई विगतभन्दा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play