लुला र बोल्सोनारोबीच चुनावी बहस हुँदै

रियो डी जेनेरियो । ब्राजिलमा राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धा तीव्र भइरहेका बेला वामपन्थी राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा र दक्षिणपन्थी सिनेटर फ्लेभियो बोल्सोनारो आइतबार पहिलो टेलिभिजन बहसमा आमनेसामने हुँदै छन् । अर्थतन्त्र, भ्रष्टाचार र सुरक्षा प्रमुख चुनावी मुद्दा बनेका छन् । पूर्व राष्ट्रपति जायर बोल्सोनारोका ४५ वर्षीय छोरा फ्लेभियोले पहिलो चरणको मतदानमा लुलालाई पछि पारेका थिए । पछिल्ला दुई सर्वेक्षणमा उनको अग्रता घटेर ५१ प्रतिशतमा झरेको छ भने लुलाको समर्थन ४९ प्रतिशत देखिएको छ । बहसअघि दुवै पक्षले देशभर र्याली निकालेका छन् । साओ पाउलोमा फ्लेभियोको समर्थनमा भएको र्यालीमा करिब ७१ हजार सहभागी भएको साओ पाउलो विश्वविद्यालयका पर्यवेक्षकले बताएका छन् । रियो डी जेनेरियो र राजधानी ब्रासिलियामा लुलाका समर्थकले पनि प्रदर्शन गरेका छन् । गायक केटानो भेलोसोले रियोमा लुलाको समर्थनमा ‘लोकतन्त्रका लागि र्याली’ को नेतृत्व गरे । एकासी वर्षीय लुलाले कामदारलाई सातामा दुई दिन तलबसहित बिदा, साना उद्यमीको ऋण मिनाहा, विश्वविद्यालय छात्रवृत्ति र इन्धन कर हटाउने प्रतिबद्धता जनाएका छन् । बढ्दो सार्वजनिक ऋणका कारण उहाँका खर्चिला योजनाको आलोचना भइरहेको छ । फ्लेभियोले भने अपराध नियन्त्रणलाई प्राथमिकता दिँदै जेलमा रहेका आफ्ना बुबालाई मुक्त गराउने वाचा गरेका छन् । सन् २०२२ को निर्वाचनपछि विद्रोहको षड्यन्त्र रचेको आरोपमा २७ वर्षको जेल सजाय भोगिरहेका पूर्व राष्ट्रपति जायर बोल्सोनारोप्रति रूढिवादी मतदाताको समर्थन कायम छ । अर्थतन्त्र, भ्रष्टाचार, सामाजिक कल्याण र सुरक्षाका मुद्दाबीच हुन लागेको पहिलो बहसलाई दुवै उम्मेदवारका लागि महत्त्वपूर्ण मानिएको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

बुबाबिनाको दसैं औपचारिकता जस्तै : रेखा थापा
म चार–पाँच वर्षकी थिएँ होला, स्कर्ट लगाएकी थिएँ । लिंगेपिङमा मेरो पालो आउँदा जामा उडेर लाज होला भन्ने डरले कुनामा गएर टोलाएर बसेँ । ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी। सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक साेमबार बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको... ...

बढ्यो सुन र चाँदी दुवैको भाउ
नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको भाउ प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम गरिएको हो। हिजो आइतबार सुनको मूल्य तोलाको २ लाख ८९ हजार ७ सय रुपैयाँ थियो। यस्तै अघिल्लो दिनको तुलनामा चाँदीको भाउ पनि बढेको छ। सुनचाँदी व्यवसा... ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी।सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार निजको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ। ...


