काठमाडौं।तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले टस जितेर ब्याटिङ रोजेको छ। दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको हो। प्लेअफ सम्भावना कायमै राख्न कर्णाली आज जित्नै पर्ने दबाबमा छ। तालिकाको सातौं स्थानमा रहेको उसले पाँच खेलमा तीनमा पराजय र दुईमा मात्र जित हात पारेको छ। लुम्बिनीको प्लेअफ सम्भावना भने बलियो छ। अहिले तालिकाको तेस्रो स्थानमा रहेको उसले पाँच खेल खेल्दा तीनमा जित, एक खेलमा हार र एक खेलमा वर्षाका कारण अंक बाँडेको छ। एनपिएलअन्तर्गत आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको जित निकालेको थियो।
लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स ब्याटिङमा

Read Complete Original Article
Published originally on नेपालन्युज






