लुम्बिनी लायन्सको शानदार सुरुवात, सुदूरपश्चिमलाई ७ विकेटले हरायो

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ। सोमबार भएको उद्घाटन खेलमा लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा समेटियो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरिले सर्वाधिक २७ रन बनाए। त्यस्तै अनिल खरेल १५ रनमा अविजित रहँदा सैफ जैबले १३ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङतर्फ लुम्बिनीका किशोर महतोले सर्वाधिक ४ विकेट लिए। शेर मल्लले ३ विकेट हात पारे भने साड्ली भान शाल्कविक, रोहित पौडेल र तिलक भण्डारीले समान १-१ विकेट लिए। ८८ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर जित हासिल गर्यो।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

हिमाली पर्यटकीय राजमार्ग निर्माण गर्न पहिलो पटक अध्ययन गरिँदै
६ महिनाभित्र अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने छ भने आगामी आर्थिक वर्षबाट निर्माण अघि बढाइने भएको छ । ...

भौतिक र मानवीय सुरक्षाका लागि जलविद्युत् आयोजनाको डिजाइन पुनरावलोकनमा जुट्दै प्रवर्द्धक
जलविद्युत् आयोजनाको डिजाइनदेखि अन्य नदी करिडोरमा आउने विपत्तिबारे अध्ययन गर्न जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत वैज्ञानिक र प्राविधिक समिति गठन गरिएको छ । ...

सुनकोशीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला
खोटाङ । काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो दुर्घटनामा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र... ...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले बङ्गालको... ...


