Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले वृद्धि

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले वृद्धि

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले वृद्धि

काठमाडौं । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटक संख्या २४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । कम्पनीको सम्पन्न २३ औँ वार्षिक साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त जानकारी गराउनुभएको हो । उहाँका अनुसार केबलकार यात्रा गर्ने कूल पर्यटक संख्यामध्ये भारतीय पर्यटकको हिस्सा २९ प्रतिशत रहेको छ । भारतको उत्तर प्रदेशसहित दिल्ली, झारखण्ड, बिहार, केरला तथा आन्ध्र प्रदेशसम्मका पर्यटकले केबलकारमार्फत पाल्पाको वसन्तपुर डाँडास्थित कामाख्या देवी तथा प्राचीन दुर्गा मन्दिरको दर्शन र भ्रमण गर्ने क्रम बढेको ढकालले बताउनुभयो । भारतीय पर्यटक आकर्षित गर्न सीमावर्ती क्षेत्रका यातायात चालकलाई विशेष व्यवस्था र भारतीय भ्लगरहरूमार्फत प्रवर्द्धनलाई तीव्र बनाइएको कम्पनीले जनाएको छ । त्यसैगरी केबलकारको टप स्टेसन (वसन्तपुर) मा पाँचतारेस्तरको क्यासिनोसहितको होटल निर्माण प्रक्रिया अगाडि बढाइएको छ । होटलको नक्सापास अन्तिम चरणमा पुगेको र आवश्यक खानेपानी आपूर्तिको व्यवस्थापन आंशिक रूपमा सम्पन्न भइसकेको अध्यक्ष ढकालले बताउनुभयो । आगामी आर्थिक वर्षमा रोलर कोस्टर, बाउन्स क्यासल र जिरो ग्राभिटी राइडलगायतका मनोरञ्जनात्मक पूर्वाधार थप गर्ने योजना कम्पनीको छ । बजार प्रवर्द्धनका लागि बुटवल र भैरहवा क्षेत्रका ७० भन्दा बढी होटल, ४० भन्दा बढी संघसंस्था, ४५ भन्दा बढी शिक्षण संस्था, भाटभटेनी सुपरमार्केट, क्युएफएक्स सिनेमा, लुम्बिनी विकास कोष तथा शंकरनगर वन विहारसँग सहकार्य तथा टिकट छुट सम्झौता गरिएको छ । विश्व भूराजनीति र बजार मूल्यवृद्धिका बाबजुद खर्च नियन्त्रण र मितव्ययिता कायम गर्दै आगामी केबलकार आयोजनाका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा समेत कम्पनीले योगदान पुर्‍याइरहेको जानकारी सो अवसरमा दिइयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

विश्वकै दुर्लभ मानिने ‘राज गोमन’ सर्पको उद्धार
ताजा खबरJust now

विश्वकै दुर्लभ मानिने ‘राज गोमन’ सर्पको उद्धार

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, कात्तिक १२ गते । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा विश्वमै दुर्लभ मानिने लामो विषालु सर्प दुर्लभ ‘राज गोमन’को उद्धार गरिएको छ ।सरावल गाउँपालिका... ...

गोरखापत्र
आज कांग्रेसका पदाधिकारी र सदस्यको शपथग्रहण, केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्ने
ताजा खबरJust now

आज कांग्रेसका पदाधिकारी र सदस्यको शपथग्रहण, केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आज कात्तिक १२ गतेदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा आज दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेर जिम्मेवारी सम्हाल्न लागेका हुन्। केन्द्रीय निर्वाचन समितिका अनुसार आजको समारोहमा पार्टी सभापतिबाहेक बाँकी सम्पूर्ण पदाधिकारी तथा ...

केन्द्रबिन्दु
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्यमा आठ लाख रुपैयाँ बढीको खाद्यान्न बिक्री
ताजा खबरJust now

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्यमा आठ लाख रुपैयाँ बढीको खाद्यान्न बिक्री

बागमती। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले चाडपर्वलाई लक्षित गर्दै कार्यालयबाट गरिरहेको सुपथ मूल्यमा खाद्यान्न बिक्रीका क्रममा आठ लाख रुपैयाँ बढीको बिक्री गरिएको छ। सरकारको निर्देशनअनुसार गत असोज १ गतेदेखि कार्यालयमा उपलब्ध नुन, चिनी, तेल र मैदा तोकिएको छुट मूल्यमा बिक्री गरिएकामा दसैँ बिदाको अवधिसम्म आठ लाख रुपैयाँ बढीका खाद्यान्न सामान बिक्री भएको कार्यालय प्रमुख मधुसुधन अधिकारीले जानकारी दिए। उनका अनुसार सर्वसाधारणलाई समान ...

नेपालन्युज
साल्ट ट्रेडिङले मकवानपुरमा बेच्यो दसैँको बेला ८ लाख रुपैयाँको खाद्यान्न
ताजा खबरJust now

साल्ट ट्रेडिङले मकवानपुरमा बेच्यो दसैँको बेला ८ लाख रुपैयाँको खाद्यान्न

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले चाडपर्वलाई लक्षित गर्दै कार्यालयबाट गरिरहेको सुपथ मूल्यमा खाद्यान्न बिक्रीका क्रममा आठ लाख रुपैयाँ बढीको बिक्री गरेको छ। सरकारको निर्देशनअनुसार गत असोज १ गतेदेखि कार्यालयमा उपलब्ध नुन, चिनी, तेल र मैदा तोकिएको छुट मूल्यमा बिक्री गरिएकामा दसैँ बिदाको अवधिसम्म आठ लाख रुपैयाँ बढीका खाद्यान्न सामान बिक्री भएको कार्यालय प्रमुख ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play