लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रअन्तर्गत निषेधित स्थानमा सञ्चालन गरिएका पसलहरू हटाउन शुरु गरेको छ । लुम्बिनी विकास कोषले मंसिर १० गते जारी गरेको सार्वजनिक सूचनाअनुसार सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको समन्वयमा पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत स्थानमा राखिएका पसल हटाइएको हो । कोषले मंसिर ११ गतेदेखि लागू हुने गरी २४ घण्टाभित्र पसल हटाउन अनुरोध गरेको थियो । लुम्बिनीको पवित्रता, स्वच्छता र सौन्दर्य कायम राख्दै गुरुयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले पसल हटाइएको कोषले जनाएको छ । कोषले आगामी दिनमा पनि निषेधित क्षेत्रमा पसल सञ्चालन गर्न नपाइने स्पष्ट पारेको छ । सूचनाविपरीत पसल सञ्चालन गरी सामान हटाउन अटेर गरेमा प्रचलित कानुनअनुसार सामान जफत गरिने जनाएको छ । The post लुम्बिनीका निषेधित क्षेत्रमा राखिएका पसल हटाउन शुरु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
लुम्बिनीका निषेधित क्षेत्रमा राखिएका पसल हटाउन शुरु

Read Complete Original Article
Published originally on कर्पोरट खबर






