Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

लुकिछिपी बस्दै आएका पाँच बंगलादेशी सशस्त्रको नियन्त्रणमा, अध्यागमनमा बुझाइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुकिछिपी बस्दै आएका पाँच बंगलादेशी सशस्त्रको नियन्त्रणमा, अध्यागमनमा बुझाइयो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच विदेशी नागरिकलाई सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ। एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नम्बर १८ गणको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाएको हो। नियन्त्रणमा पर्नेहरूमा बंगलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह तथा बंगलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा छन्। रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्ने क्रममा नौ जना बंगलादेशी नागरिकका १४ थान राहदानी र ठूलो संख्यामा आर्थिक लेनदेन भएको विवरण उल्लेख गरिएका दुई थान डायरीसमेत फेला परेको छ। त्यसैगरी, नियन्त्रणमा परेका जाहिंगिर आलममाथि एक जना बंगलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा विचाराधीन रहेको खुलेको छ। उनी २०८० चैत १३ गतेदेखि मुद्दामा अदालतमा तारिख धाउँदै आएको बताइएको छ। नियन्त्रणमा लिइएका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि अध्यागमन विभागमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारमा फूल किन्न कहाँ जाने ? काठमाडौं महानगरले तोक्यो बिक्री स्थल
Latest NewsJust now

तिहारमा फूल किन्न कहाँ जाने ? काठमाडौं महानगरले तोक्यो बिक्री स्थल

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल तथा माला बिक्रीका लागि विभिन्न स्थान तोकेको छ । स्वदेशी किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्रीलाई सहज बनाउन महानगरले आफ्नो क्षेत्रभित्रका विभिन्न मल, मार्ट, चौर र खुला स्थानमा बिक्रीको व्यवस्था मिलाएको हो । महानगरले प्लास्टिकबाट बनेका फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणमा भने पूर्ण रोक […] ...

लोकपथ
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
Latest NewsJust now

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदै छ । स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने बताए ...

केन्द्रबिन्दु
तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए
Latest NewsJust now

तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

• काठमाडौं महानगरपालिकाले तिहारको अवसरमा फूल, माला र सजावटका सामग्री बिक्रीका लागि ३३ स्थान तोकेको छ। • प्लास्टिकजन्य फूल र माला बिक्रीमा रोक लगाउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन व्यवसायी र सर्वसाधारणलाई आग्रह गरिएको छ। • गुणस्तर नपुगेका सामग्री बिक्री गरेको पाइएमा जफत गरिनेछ र तोकिएका स्थानमा मात्र बिक्री गर्न अनुरोध गरिएको छ। ...

नेपालबहस
एउटै कार्यालयमा तीन वर्ष बसेका कर्मचारीको अनिवार्य सरुवा
Latest NewsJust now

एउटै कार्यालयमा तीन वर्ष बसेका कर्मचारीको अनिवार्य सरुवा

मकवानपुर समाचारदातामकवानपुर, कात्तिक १७ गते । बागमती प्रदेश सरकारले प्रदेश निजामती कर्मचारीको सरुवा तथा पदस्थापनलाई व्यवस्थित, पारदर्शी बनाउन नयाँ मापदण्ड जारी गरेको छ । नयाँ मापदण... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play