Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/‘लिङ्क डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित

‘लिङ्क डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘लिङ्क डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित

मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क डिभाइस’मा समस्याका कारण हुम्ला र मुगुमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ । गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने टेलिकमले जनाएको छ। नेपाल टेलिकमको मुगुका प्रमुख उमेश चौधरीका अनुसार टावरमा जोडिएका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि सेवा अवरुद्ध भएको हो । दसैँ बिदामा कर्मचारी घर गएकाले दसैँपछि मात्रै मर्मत गर्न सकिने उनले बताए। टावरमा समस्याका कारण मुगुको सोरु गाउँपालिकासहित हुम्लाका अदानचुली, ताँजाकोट, सर्केगाड र चङ्खेली गाउँपालिकाका अधिकांश बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ। अदानचुली गाउँपालिका–४ का वडासदस्य सिंह बोहराले टेलिकमका कर्मचारीलाई पटक–पटक फोन गरेर समस्या समाधानका लागि आग्रह गरिएको बताए। सञ्चार सेवा अवरुद्ध हुँदा दसैँमा घर आउने–जाने आफन्तसँग सम्पर्क गर्न तथा रकम पठाउनसमेत समस्या भएको उनले बताए। भौगोलिक विकटताका कारण अन्य सञ्चार माध्यमको विकल्पसमेत सहज नभएका यी क्षेत्रका नागरिकलाई टेलिकमको सेवा बन्द हुँदा थप सास्ती भएको छ। रासस The post ‘लिङ्क डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

यस्तो छ यूरोपसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द हुनुको कारण
प्रविधिJust now

यस्तो छ यूरोपसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द हुनुको कारण

व्यापक रूपमा प्रयोग हुने एउटा प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि आफ्ना प्रणाली सुरक्षित गर्न वेबसाइट सञ्चालकहरू सक्रिय हुँदा बुधबार युरोप र अन्य क्षेत्रका सरकारी वेबसाइटहरू अफलाइन भएका छन्। पीएचपी प्रोग्रामिङ भाषाका विकासकर्ताहरूले मंगलबार दुईवटा गम्भीर सुरक्षा कमजोरी पत्ता लगाएको बताएका थिए। उनीहरूले समस्या समाधान गर्ने अद्यावधिक संस्करण उपलब्ध हुनेबित्तिकै आफ्ना वेबसाइट अपडेट गर्न प्रयोगकर्ताहरूलाई आग्रह गरेका थिए। ह्याकरहरूले ती कमजोरीको फाइदा ...

टेक्नोलोजी खबर
अमेरिकी सर्वोच्च अदालतद्वारा गुगलको पेटेन्ट समीक्षा नीतिविरुद्धको अपिल अस्वीकार
प्रविधिJust now

अमेरिकी सर्वोच्च अदालतद्वारा गुगलको पेटेन्ट समीक्षा नीतिविरुद्धको अपिल अस्वीकार

अमेरिकी सर्वोच्च अदालतले सोमबार अल्फाबेटको स्वामित्वमा रहेको गुगलले अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयको समीक्षा नीतिविरुद्ध दिएको अपिल सुनुवाइ गर्न अस्वीकार गरेको छ। गुगलले उक्त नीतिका कारण पुराना पेटेन्टको वैधता पुनरावलोकन गर्न कठिन भएको र यसले पेटेन्टसम्बन्धी मुद्दा बढाउन सहयोग गरेको दाबी गरेको थियो। अदालतका न्यायाधीशहरूले सफ्टवेयर कम्पनी भिर्टामुभसँग सम्बन्धित पेटेन्टको वैधता पुनरावलोकन गर्न दिएको निवेदन पुनर्विचार गर्न पेटेन्ट कार्यालयलाई बाध्य पार्नुपर्ने गुगलको ...

टेक्नोलोजी खबर
अत्यधिक तात्ने कारण ग्यालेक्सी एस २७ मा स्न्यापड्रागन ८ एलिट एक्स्ट्रिम जेन ६ चिपसेट समावेश नगरिने रिपोर्ट
प्रविधिJust now

अत्यधिक तात्ने कारण ग्यालेक्सी एस २७ मा स्न्यापड्रागन ८ एलिट एक्स्ट्रिम जेन ६ चिपसेट समावेश नगरिने रिपोर्ट

सामसङको ग्यालेक्सी एस २७ सिरिजले अत्यधिक तापको समस्याका कारण नवीनतम स्न्यापड्रागन चिपसेट प्रयोग नगर्न सक्ने नयाँ रिपोर्टले उल्लेख गरेको छ। स्न्यापड्रागन र एक्सिनोस बिच छनोटको बहस वर्षौंदेखि चलिरहेको छ,र सामसङले प्रायः आफ्ना दुई प्रमुख चिपसेट विकल्पहरू मिसाउँछ, तर कहिलेकाहीं एक वा अर्कोमा पनि जान्छ। स्न्यापड्रागन लगभग विशेष रूपमा अमेरिकामा प्रयोग गरिन्छ, अन्तिम पटक सामसङले एक दशक अघि ग्यालेक्सी एस ६ मा पूर्ण ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play