लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउनु राजनीतिक आश्वासन नभई उनीहरूको अधिकार भएको बताएकी छिन् । भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या र लालपुर्जा वितरण प्रक्रियाबारे छलफल गर्न तथा उनीहरूका गुनासा सुन्न चितवन आएकी मन्त्री रावलले आज भरतपुर महानगरपालिका–११, गणेशस्थानमा स्थानीयसँग छलफल गर्दै विगतमा लालपुर्जा वितरणको विषयलाई राजनीतिक लाभका लागि प्रयोग गरिएको उल्लेख गरिन् । उनले भनिन्, “लालपुर्जा र राजनीतिलाई सँगै जोड्नु हुँदैन । तपाईंहरूले लालपुर्जा पाउनुपर्छ, त्यो तपाईंहरूको अधिकारको कुरा हो ।” मन्त्री रावलले भूमिहीन तथा सुकुमवासीलाई लालपुर्जा वितरणमा रहेका नीतिगत बाधा सरकारले अध्यादेशमार्फत हटाइसकेको उल्लेख गर्दै अब प्रक्रिया छिटो अघि बढाउन स्थानीय तह र भूमि समस्या समाधानसम्बन्धी समितिलाई आग्रह गरिन् । उनले भनिन्, “अब नीतिले तपाईंहरूको हकमा लालपुर्जा दिन रोक्दैन, अब नियतको कुरा हो । स्थानीय तहले प्रक्रिया छिटो अघि बढाउनुपर्छ र भूमि समितिले काम शीघ्र टुङ्ग्याउनुपर्छ ।” मन्त्री रावलले लालपुर्जा वितरणमा भएको ढिलाइका कारण भूमिहीन तथा सुकुमवासीले लामो समयदेखि दुःख भोग्नुपरेको बताउँदै उनीहरूलाई छिटोभन्दा छिटो लालपुर्जा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् । छलफलका क्रममा स्थानीयले आफ्ना समस्या तथा गुनासा मन्त्रीसमक्ष राखेका थिए । सरकारले आफूहरूका समस्या समाधानका लागि पहल थालेको भन्दै उनीहरूले मन्त्री रावलप्रति आभार व्यक्त गरेका थिए । मन्त्री रावलले चितवनका सबै स्थानीय तहमा पुगेर भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या र गुनासा सुन्ने कार्यक्रम रहेको छ । उनले स्थानीयका समस्या सुनी समाधानका लागि सम्बन्धित सरोकारवालासँग छलफल गरी तत्कालै समस्या समाधानका गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

एनपीएलः लुम्बिनी र सुदूरपश्चिमबीचको खेल जारी
• नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल लुम्बिनी र सुदूरपश्चिम रोयल्स बीच सुरु भएको छ। • लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ र सुदूरपश्चिमले दोस्रो विकेट गुमाएको छ। • प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको तेस्रो संस्करणको उद्घाटन गरेका छन्, जसमा शिक्षामन्त्री सस्मित पोखरेल पनि उपस्थित थिए। ...

खुला सीमाको सुरक्षा चुनौती सुल्झाउन नेपाल-भारत बैठक बस्दै
बैठकमा तेस्रो मुलुकका नागरिकको आवागमन निगरानी, सीमा विवाद तथा अन्य सीमा सम्बन्धी समस्या, मानव बेचबिखन, सीमापार आपराधिक गतिविधि र सीमा क्षेत्रमा दुवै सुरक्षा निकायबीचको समन्वयलगायत विषयमा छलफल हुनेछ । ...

बुटवलमा सराय नाच प्रदर्शन
बुटवल। पहाडी जिल्लाको मौलिक संस्कृति र परम्पराको झल्को दिने गरी बुटवलमा परम्परागत सराय नाच आज प्रदर्शन गरिएको छ । बडादसैँ तथा कोजाग्रत पूर्णिमाको अवसरमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, देवीनगरस्थित दुर्गा मन्दिर परिसरमा... ...

मलेसिया पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि मलेसिया लैजाने भन्दै लामो समयसम्म झुक्क्याएर सम्पर्कविहीन हुने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पीडितले दिएको जाहेरी दरखास्तका आधारमा अनुसन्धान गर्दा... ...


