Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/लागूऔषधसहित नौ जना पक्राउ

लागूऔषधसहित नौ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौं। बारा, मकवानपुर, मोरङ र कञ्चनपुरका विभिन्न स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार बाराबाट शनिबार चार किलो ५०० ग्राम गाँजासहित १८ वर्षीय युवक पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोस्ट चरमोहनाबाट खटिएको टोलीले मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१०, भुटनदेवीबाट २७ वर्षीय उज्वल चौलागाईं पक्राउ परेका छन्। हेटौंडा–११, डाङडुङेका उनलाई शनिबार साँझ मोटरसाइकलमा सवार रहेका बेला प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम, ट्रामाडोल ५० ट्याब्लेट, डिजिटल तराजु र ९१ हजार ४०५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै, हेटौंडा–४ बाट ट्रामाडोल १०० र भोमिन ८० ट्याब्लेटसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेटौंडा–११, थानाभर्‍याङका २७ वर्षीय प्रवेश बानियाँ पनि छन्। प्रहरीले एउटा मोटरसाइकल समेत बरामद गरेको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–५, त्रिवेणी चोकबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय दुर्गा ऋषिदेव र सुनसरीको धरान–६, पानमाराका २७ वर्षीय पुरन मगर छन्। स्कुटरमा सवार उनीहरूको साथबाट ट्रामाडोल ९९० र नाइट्राजेपाम ४८ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–४, चम्मचोकस्थित एक होटलबाट तीन ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित बेदकोट नगरपालिका–७ का ३४ वर्षीय मनोजराज भट्ट पक्राउ परेका छन्। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

बारामा भारतीय स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई घाइते
ताजा खबरJust now

बारामा भारतीय स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

बारा । बाराको महागढीमाई नगरपालिका–१ हुलाकी राजमार्गस्थित प्लाई फ्याक्ट्री चोकमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । आइतबार बिहान बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर १९ जी ९९२१ को स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक ...

कर्पोरट खबर
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एकै दिनमा ९ जनाको मृत्यु
ताजा खबरJust now

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एकै दिनमा ९ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । खोटाङको ...

केन्द्रबिन्दु
चीन र एआईसँग विश्वका ठुला वित्तीय शक्ति किन छन् चिन्तित ?
ताजा खबरJust now

चीन र एआईसँग विश्वका ठुला वित्तीय शक्ति किन छन् चिन्तित ?

काठमाडौँ । विश्वको अर्थव्यवस्था भविष्यमा कुन दिशातर्फ जान्छ भन्ने विषयलाई लिएर एक प्रकारको खिचातान चलिरहेको छ । दुई शक्ति एक अर्काको बिल्कुल विपरीत काम गरिरहेका छन् । एकातिर ऊर्जा संकट, व्यापारिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play