काठमाडौं । ललितपुरको नख्खुबाट प्रहरीले स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद गरेको छ। विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट गएको टोलीले मंगलबार नख्खु दोबाटो चोकमा सानेपाबाट सातदोबाटो तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७च २७६५ नम्बरको सवारी साधन चेकजाँचका क्रममा सो रकम फेला पारेको हो। प्रहरीले उक्त सवारी साधनमा रहेका तीन जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, काठमाडौँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल र भोजपुरको भोजपुर नगरपालिका–३ घर भइ हाल कोटेश्वर बस्ने ३१ वर्षीय दिपक खड्का रहेका छन्। उनीहरूलाई बरामद रकम र गाडीसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जनाएका छन्।
ललितपुरबाट स्रोत नखुलेको एक करोड ६७ लाख बरामद, तीन जना पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






