Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/लगानी बोर्डले भन्यो– उपहार लिनेदिने कार्य स्वीकार्य छैन

लगानी बोर्डले भन्यो– उपहार लिनेदिने कार्य स्वीकार्य छैन

Share:WhatsAppFacebookX (Twitter)Telegram
लगानी बोर्डले भन्यो– उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौँ। लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने प्रचार भ्रामक र तथ्यहीन भएको जनाएको छ । कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै २९ असोजमा कार्यालयको जानकारी र अनुमतिबिना मिठाई तथा बिस्कुटका टोकरी ल्याइएको र त्यसैलाई आधार बनाएर कर्मचारीले अनुचित उपहार लिएको भन्दै प्रचार गरिएको उल्लेख छ । कार्यालयका अनुसार बिहीबार दिउँसो १४ः३० बजे प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबसहित कर्मचारी बैठकमा रहेका बेला युट्युब च्यानलका व्यक्ति अनुमतिबिना कार्यालय प्रवेश गरी भिडियो खिचेका थिए । उनले कर्मचारीले ठेकेदारबाट रक्सी, आइफोन र मिठाईलगायतका उपहार लिएको आरोप लगाउँदै भिडियो प्रसारण गरेका थिए । कार्यालयका सहसचिव एवं प्रवक्ता भूपेन्द्र थापाका अनुसार परियोजनाका प्रतिनिधि बताउने व्यक्तिले अनुमति र जानकारीबिना मिठाई तथा बिस्कुटका टोकरी कार्यालयमा ल्याएका थिए । उक्त घटनालाई कर्मचारीले अनुचित उपहार लिएको भन्दै प्रस्तुत गर्नु गलत भएको कार्यालयको भनाइ छ । कार्यालयले कर्मचारीका लागि कुनै पनि किसिमका उपहार लिनेदिने कार्य स्वीकार्य नहुने स्पष्ट पार्दै घटनाबारे भ्रामक प्रचार गरी कर्मचारीको मानमर्दन र मनोबल गिराउने गतिविधि रोक्न आग्रह गरेको छ । अन्यथा आवश्यक कानुनी उपचार खोज्ने चेतावनी दिँदै कार्यालयले सुशासन कायम गर्ने सरकारी अभियानप्रति आफूहरू प्रतिबद्ध रहेको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि सिट निर्धारण, यसै शैक्षिकसत्रदेखि पठनपान हुने
ताजा खबरJust now

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि सिट निर्धारण, यसै शैक्षिकसत्रदेखि पठनपान हुने

धनगढी । कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिकसत्र २०८३/८४ देखि पठनपाठन सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले पठनपाठनका लागि स्वीकृति दिँदै विभिन्न शैक्षिक कार्यक्रमका... ...

रातोपाटी
बाढीले सडक र पुल बगाएपछि  स्थानीय जनश्रमदानबाट काठेपुल निर्माण गरिँदै
ताजा खबरJust now

बाढीले सडक र पुल बगाएपछि स्थानीय जनश्रमदानबाट काठेपुल निर्माण गरिँदै

रसुवा । बाढीले स्याफ्रुबेँसीको पुल र सडक बगाएपछि यातायात अवरुद्ध हुँदा रसुवाको उत्तरी भेगका स्थानीयवासी जनश्रमदानबाट अस्थायी काठेपुल निर्माणमा जुटेका छन् । आमाछोदिङ्मो गाउँपालिकाका स्थानीयवासी र सुरक्षा निकायको संयुक्त सहभागितामा असोज... ...

रातोपाटी
झापामा चाडपर्व सुरक्षा रणनीति: भीडभाडमा ड्रोनबाट निगरानी गरिने
ताजा खबरJust now

झापामा चाडपर्व सुरक्षा रणनीति: भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा । चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना सार्वजनिक गर्दै सुरक्षा संवेदनशीलता हेरी मेला, महोत्सव... ...

रातोपाटी
लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक
ताजा खबरJust now

लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

काठमाडौँ । पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास ‘मगनी मरिक’ काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ । कार्यक्रममा मधेशको डोम समुदायकी छात्रवृत्तिमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जु कुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । जातीय संरचनाको सबैभन्दा पिँधमा रहेर दैनिक जीवनका अप्ठ्यारा र सङ्घर्षसँग जुधिरहेको ‘मगनी मरिक’ पात्रलाई केन्द्रमा ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play