Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Others/लगातार दुई खेलमा हारपछि सन्दीपले भने- हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

लगातार दुई खेलमा हारपछि सन्दीपले भने- हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

10/30/2026, 1:19:13 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
लगातार दुई खेलमा हारपछि सन्दीपले भने- हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले लगातार दोस्रो हार बेहोरेपछि कप्तान सन्दीप लामिछानेले टोलीको कमजोर फिल्डिङ र धैर्यताको कमीलाई हारको मुख्य कारण बताएका छन्। बिहीबार कर्णाली याक्ससँग पराजित भएपछि आयोजित पोस्टम्याच प्रेस मिटमा कप्तान सन्दीपले ब्याटिङ र बलिङमा टोलीले राम्रो सुरुवात गरे पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसकेको बताए। उनले खेलको सुरुवाती चरणमा टोलीको प्रदर्शन राम्रो रहेको र विपक्षीका चार–पाँच विकेट लिइसकेको अवस्थामा पनि दबाब कायम राख्न नसकेको बताए। ‘हामीले सात–आठ ओभरसम्म एकदम राम्रो गरिरहेका थियौँ। टिमको मोमेन्टम पनि हामीसँगै थियो। चार–पाँच विकेट लिइसकेका थियौँ। तर इनिङ नसकिँदासम्म धैर्य राख्नुपर्ने थियो, जुन हामीले गर्न सकेनौँ,’ उनले भने। सन्दीपले टोलीको सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रहेको स्वीकार गरे। उनका अनुसार टोलीले चारदेखि पाँचवटासम्म क्याच छाडेको थियो। विशेषगरी दोस्रो इनिङमा बलिङ गर्न कठिन अवस्था रहे पनि फिल्डिङमा सुधार गर्न नसक्दा टोलीले त्यसको मूल्य चुकाउनुपरेको उनले बताए। ‘हामीले आज एकदमै कमजोर फिल्डिङ ग¥यौँ। टिमका रूपमा चार–पाँचवटा क्याच छाड्यौँ। यस्तो अवस्थामा बलरहरूलाई खासै सहयोग हुँदैन। ड्यु फ्याक्टर थियो, पिचले पनि साथ दिइरहेको थिएन। यस्तो अवस्थामा फिल्डिङमा पनि कमजोर प्रदर्शन हुनु कुनै पनि टिमका लागि स्वीकार्य हुँदैन,’ उनले भने।उनले समग्रमा टोलीको ब्याटिङ र बलिङ खराब नभए पनि राम्रो प्रदर्शनलाई जितमा बदल्न नसकेको बताए। अघिल्लो खेलमा पनि राम्रो ब्याटिङ गर्दा गर्दै टोलीले विकेट गुमाएको र यस खेलमा पनि विपक्षीलाई खेलमा फर्किने अवसर दिएको उनको भनाइ थियो। कर्णालीविरुद्धको खेलमा १८७ रन बनाउनु राम्रो स्कोर भएको उल्लेख गर्दै उनले सुरुवाती चरणमा विपक्षीका विकेट निकालेर पनि त्यसलाई निरन्तरता दिन नसकेको बताए। ‘हामीले छिट्टै पाँच विकेट लिएका थियौँ। पावर प्लेमा पनि तीन–चार विकेट निकालेका थियौँ। तर त्यसपछि झन्डै १० भन्दा बढी गल्ती ग¥यौँ। तीमध्ये सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो,’ उनले भने। कर्णालीका सोमपाल कामी, पवन र गुलशन झाको साझेदारी तथा अन्तिम चरणको प्रदर्शनको प्रशंसा गर्दै सन्दीपले विपक्षी टोलीलाई जितको श्रेय दिए। सन्दीपले लोकेशको ब्याटिङ प्रदर्शनको पनि प्रशंसा गरे। लोकेशले आफ्नो क्षमतामाथि विश्वास गर्दै चुनौतीपूर्ण अवस्थामा पनि राम्रो प्रदर्शन गरिरहेको उनको भनाइ थियो। उनले खेलको अन्तिम चरणसम्म पनि आफूले टोलीलाई जिताउन सक्ने विश्वास राखेको बताए। दोस्रो इनिङमा बलिङ गर्न कठिन भए पनि आफू खेल जिताउने योजनासहित मैदानमा रहेको उनको भनाइ थियो। ‘मलाई अन्तिम ओभरसम्म पनि यो खेल टिमका लागि जिताउन सक्छु भन्ने विश्वास थियो। आठ ओभर बाँकी हुँदा पनि म संघर्ष गर्न तयार थिएँ। तर क्रिकेटमा यस्ता क्षणहरू आउँछन्। खेलले हामीलाई सिकाएको छ,’ उनले भने। सन्दीपले हारका बाबजुद टोलीले समग्रमा राम्रो क्रिकेट खेलिरहेको दाबी गर्दै आगामी खेलमा गल्ती सुधार गर्ने संकेत गरे। उनले कर्णाली याक्सलाई जितका लागि बधाई दिँदै क्रिकेटमा एउटा टोलीले जित्ने र अर्कोले हार्ने भएकाले विपक्षीलाई श्रेय दिनुपर्ने बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै
OthersJust now

वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै

मुलुकका सातै प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गर्ने निक्षेप र प्रवाह गर्ने कर्जामा ठूलो असमानता देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशहरूको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाले २०८३ असार मसान्तसम्म वागमती प्रदेशबाट मात्रै ५२ खर्ब ६७ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो रकम अन्य सबै प्रदेशको तुलनामा निकै बढी हो । वागमतीमा ...

पर्दाफास
नेपाल-भारत सीमामा सीसीटीभी र लगेज स्क्यानर राखिने, ड्रोनबाट निगरानी बढाइने
OthersJust now

नेपाल-भारत सीमामा सीसीटीभी र लगेज स्क्यानर राखिने, ड्रोनबाट निगरानी बढाइने

काठमाण्डु– नेपाल-भारत खुला सीमालाई व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउन दशगजा क्षेत्रमा सीसीटीभी जडान, प्रमुख नाकामा लगेज स्क्यानर तथा वाक थ्रु मेटल डिटेक्टर राख्ने र ड्रोनबाट निगरानी बढाउने सहमति भएको छ। सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच काठमाडौंमा सम्पन्न १०औँ समन्वय बैठकले सीमा क्षेत्रमा हुने तस्करी, मानव बेचबिखन, लागूपदार्थ कारोबार, नक्कली […] ...

काठमाण्डुपाटी
विपद् उद्धारमा प्रभावकारी समन्वय र छोटो कमाण्ड संरचना आवश्यक : प्रधानसेनापति
OthersJust now

विपद् उद्धारमा प्रभावकारी समन्वय र छोटो कमाण्ड संरचना आवश्यक : प्रधानसेनापति

काठमाण्डु– प्रधानसेनापति अशोकराज सिग्देलले भोटेकोशी र बूढीगण्डकी करिडोरमा भएको विपद् प्रतिकार्यको अनुभवका आधारमा त्यस्तो बेला स्पष्ट जिम्मेवारीसहित छोटो ‘चेन अफ कमाण्ड’ आवश्यक रहेको बताएका छन्। भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिमा उनले विपद् प्रतिकार्यमा विगतको तुलनामा यसपटक समन्वयमा केही सुधार भए पनि अझ प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे। […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play