Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

लक्ष्मीपूजाको दिन काठमाडौंमा बढ्यो फूलको व्यापार (फोटो फिचर)

Share:WhatsAppFacebookX (Twitter)Telegram
लक्ष्मीपूजाको दिन काठमाडौंमा बढ्यो फूलको व्यापार (फोटो फिचर)
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । उपत्यकामा तिहारको रौनकसँगै यतिबेला सडक, गल्ली र तोकिएका बजारहरू सयपत्री र मखमली फूलको सुवासले मगमगाएका छन् । घर आँगन सजाउन, लक्ष्मीपूजा गर्न र भाइटीकामा दाजुभाइ–दिदीबहिनीबीच माया र सद्भावको प्रतीकका रूपमा लगाइदिने फूलमाला किन्न राजधानीका मुख्य बजारहरूमा सर्वसाधारणको भीड लागेको छ । सडक आवागमन व्यवस्थित बनाउन काठमाण्डौ महानगरपालिका तथा उपत्यकाका अन्य नगरपालिकाहरूले खुला चौर, फुटपाथ नजिकका खुला भाग तथा तोकिएका स्थलहरूमा मात्रै फूलमाला बिक्रीको व्यवस्था मिलाएका छन् । मुख्य चोकहरूमा किसान तथा खुद्रा व्यापारीहरूले सयपत्री र मखमलीका लस्करै माला झुन्ड्याएर पसल थापेका छन् । उपत्यकाका किसान मात्र नभई धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक र भक्तपुरको गुन्डुबाट किसानहरू आफैँ फूलका ठूला–ठूला थुङ्गा र उनिएका ताजा माला लिएर राजधानी भित्रिएका छन् । व्यापारीहरू सुइरो र सेतो धागोको सहायताले ग्राहककै अगाडि फटाफट नयाँ माला उन्दै दिइरहेका छन् । साना नानीबाबुदेखि वृद्ध वृद्धासम्म सबैजना माला उन्ने र बेच्ने काममा रमाइरहेका देखिन्छन् । सडकमा गुड्ने मोटरसाइकल तथा स्कुटर चालकहरू सवारी छेउमै रोकेर ताजा माला छान्दै मोलमोलाइ गरिरहेका छन् । कोही दाजुभाइका लागि मखमलीका नओइलाउने माला छान्दैछन् भने कोही घरको मूलढोका र झ्याल सजाउन पहेँलपुर सयपत्रीका लामो–लामो माला किन्दैछन् । प्लास्टिकका कृत्रिम मालाको आयात र बिक्रीमा कडाइ गरिएकाले पनि यस पटक स्थानीय प्राकृतिक फूलको माग र व्यापार निकै फस्टाएको व्यापारीहरू बताउँछन् । The post लक्ष्मीपूजाको दिन काठमाडौंमा बढ्यो फूलको व्यापार (फोटो फिचर) appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालुवाटारको रेस्टुरेन्टमा जुवातास खेल्दै गरेका ९ जना पक्राउ, ६ लाख ८५ हजार बरामद
Latest NewsJust now

बालुवाटारको रेस्टुरेन्टमा जुवातास खेल्दै गरेका ९ जना पक्राउ, ६ लाख ८५ हजार बरामद

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित एक रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ६ लाख ८५ हजार रुपैयाँभन्दा बढी नगदसहित नौ जना पक्राउ परेका छन्। आइतबार दिउँसो काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार पक्राउ परेकाहरूको साथबाट ६ लाख ८५ हजार १९५ रुपैयाँ नगद र नौ ...

केन्द्रबिन्दु
गोरखामा तीव्र गतिका सवारीमाथि ट्राफिक निगरानी
Latest NewsJust now

गोरखामा तीव्र गतिका सवारीमाथि ट्राफिक निगरानी

ओभरस्पिड नियन्त्रण, बढी भाडासम्बन्धी अनुगमन, नियमानुसार ओभरटेक, लेन अनुशासनको पालना र जेब्राक्रसको सही प्रयोग भए/नभएको निगरानी बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख एकनारायण खनालले बताए । ...

कान्तिपुर
‘युवालाई जागिर खोज्ने होइन, जागिर सिर्जना गर्ने उद्यमी बनाउनुपर्छ’
Latest NewsJust now

‘युवालाई जागिर खोज्ने होइन, जागिर सिर्जना गर्ने उद्यमी बनाउनुपर्छ’

झापा । मानव सेवा आश्रमको झापा शाखाले पूर्वपश्चिम राजमार्गमा अलपत्र अवस्थामा रहेका चार जना सडक मानवलाई मेचीनगरबाट उद्धार गरेको छ । मेचीनगरको काँकडभिट्टा, इँटाभट्टा, धुलाबारी र चारआलीबाट गएराति उद्धार गरिएका... ...

रातोपाटी
तिहारको शुभकामना दिँदै कांग्रेस सभापति गगन थापाले के भने ?
Latest NewsJust now

तिहारको शुभकामना दिँदै कांग्रेस सभापति गगन थापाले के भने ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दीपावली तथा तिहारको शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै सभापति थापाले उज्यालो र आत्मीयताको पर्व तिहारले नेपाली नेपालीको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक उर्जा सञ्चार गरोस् भन्ने कामना व्यक्त गरेका छन् । ‘दियोको उज्यालोले अन्धकार हटाएझैँ हाम्रो समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै आपसी […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play