Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/र्‍यापर निकी मिनाज ह्वाइट हाउसकी प्रेस सचिव बन्ने चर्चा

र्‍यापर निकी मिनाज ह्वाइट हाउसकी प्रेस सचिव बन्ने चर्चा

Share:WhatsAppFacebookX (Twitter)Telegram
र्‍यापर निकी मिनाज ह्वाइट हाउसकी प्रेस सचिव बन्ने चर्चा

काठमाडौं । अमेरिकी र्‍यापर निकी मिनाज ह्वाइट हाउसको प्रेस सचिव बन्न सक्ने चर्चा सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी समर्थक मिनाजको नाम सम्भावित प्रेस सचिवका रूपमा चर्चामा आएपछि अमेरिकी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यसबारे बहस हुन थालेको हो । यद्यपि, उनलाई उक्त पदमा नियुक्त गर्ने औपचारिक घोषणा भने भएको छैन । मिनाज हालै ट्रम्पसँग एयर फोर्स वनमा यात्रा गर्दै मिशिगनको पोर्ट ह्युरोनमा आयोजित कार्यक्रममा सहभागी भएकी थिइन् । यात्राका क्रममा उनले ट्रम्पको प्रशासन र उपलब्धिबारे प्रश्नहरूको जवाफ दिँदै पत्रकार सम्मेलनमा प्रेस सचिवले गर्ने शैलीमा नक्कली अन्तर्वार्ता दिएको भिडियो सार्वजनिक भएको थियो । ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन च्युङले उक्त भिडियो सामाजिक सञ्जाल एक्समा साझा गर्दै लेखेका थिए, ‘मलाई लाग्छ, हामीले नयाँ ह्वाइट हाउस प्रेस सचिव भेट्टायौँ !’ उनको यो टिप्पणीले मिनाज प्रेस सचिव बन्न सक्ने चर्चालाई थप बल पुर्‍याएको हो । ट्रम्पले पनि सार्वजनिक कार्यक्रममा मिनाजको प्रशंसा गरेका थिए । मिनाजले आफूलाई ट्रम्पको ‘नम्बर वान फ्यान’ बताउँदै आएकी छन् । उनले ट्रम्पको युवा पुस्ताका लागि ल्याइएको वित्तीय योजनालाई समर्थन गर्दै त्यसमा लगानी गर्ने घोषणा पनि गरेकी थिइन् । ह्वाइट हाउसको प्रेस सचिव पदमा पछिल्लो समय छोटो अवधिमै फेरबदल भइरहेको छ । यसअघि केटी जकारियाले अक्टोबरमा पाँच दिनमै पद छाडेकी थिइन् भने क्यारोलिन लेभिटले अगस्टमा पद छाडेकी थिइन् । त्यसपछि उक्त पदका लागि मिनाजको नाम चर्चामा आएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

शनिबारसम्म सतर्कतापूर्वक सवारी सञ्चालन गर्न महासङ्घको आग्रह
ताजा खबरJust now

शनिबारसम्म सतर्कतापूर्वक सवारी सञ्चालन गर्न महासङ्घको आग्रह

काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभरका यात्रुवाहक तथा मालवाहक सवारीसाधन सुरक्षित र सतर्कतापूर्वक सञ्चालन गर्न आग्रह गरेको छ। अर्वन चक्रवात प्रभावका कारण मौसममा आउन सक्ने बदलाब र सम्भावित प्राकृतिक विपद्लाई... ...

रातोपाटी
थाइल्यान्डमा ‘सगरमाथादेखि समुद्रसम्म’ क्षेत्रीय संवाद गरेर नेपालले बतायो विपदको वितण्डा
ताजा खबरJust now

थाइल्यान्डमा ‘सगरमाथादेखि समुद्रसम्म’ क्षेत्रीय संवाद गरेर नेपालले बतायो विपदको वितण्डा

नेपाल सरकार, नेपाली राजदूतावास बैंकक र संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप) को संयुक्त आयोजनामा थाइल्यान्डको बैंककमा ‘सगरमाथादेखि समुद्रसम्म’ विषयक उच्चस्तरीय क्षेत्रीय संवाद सम्पन्न भएको छ। संयुक्त राष्ट्रसंघ सम्मेलन केन्द्रमा आयोजित संवादमा हिमाली क्षेत्रमा उत्पन्न हुने विपद्का जोखिम, तिनको सीमापार प्रभा... ...

नेपालखबर
निर्वाचन आयोगमा नयाँ कार्यसमिति अद्यावधिक गर्ने जिम्मा कार्यवाहक मुख्यसचिवलाई
ताजा खबरJust now

निर्वाचन आयोगमा नयाँ कार्यसमिति अद्यावधिक गर्ने जिम्मा कार्यवाहक मुख्यसचिवलाई

काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगमा १५ औँ महाधिवेशनबाट आएको नयाँ कार्यसमितिको नाम अद्यावधिक गर्ने जिम्मा पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play