Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित दुई जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित दुई जना पक्राउ
Photo / Coverage: पर्दाफास

रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित प्रहरीले एक भारतीय नागरिक र एक स्थानीय व्यवसायीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा ३० लाख र अनुसन्धानका क्रममा एक पसलबाट थप १४ लाख ६४ हजारभन्दा बढी रुपैयाँ बरामद गरेको हो। रौतहट प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार कात्तिक १८ गते दिउँसो अन्दाजी ३ः३० बजेको समयमा ईशनाथ नगरपालिका–४ महुलिया कालि मन्दिरस्थित सडक खण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०५–००१ प ०५७८ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मठिया महुलियाको टोलीले रोकेर चेकजाँच गरेको थियो। प्रहरी सहायक निरीक्षक (प्रसनि) बिन्दा महतोको नेतृत्वमा खटिएको टोलीले संकास्पद अवस्थामा रहेको उक्त मोटरसाइकल जाँच गर्दा चालकको झोला र मोटरसाइकलको ट्याङ्कीमुनि लुकाएर राखेको स्रोत नखुलेको ३० लाख नेपाली रुपैयाँ र एक थान स्मार्ट मोबाइल फेला पारेको थियो। पक्राउ पर्ने मोटरसाइकल चालक भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, फुलबरिया ग्राम वडा नं. १३ बस्ने ३० वर्षीय सनि कुमार जैसवाल रहेका छन्। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको थियो। जिल्ला प्रहरी कार्यालयमा बेलुकी ६ः५ बजे निज जैसवालमाथि प्रारम्भिक सोधपुछ गर्दा उक्त रकम गौर नगरपालिका–१ स्थित ुन्यू तराई ट्रेडर्सुका सञ्चालक ५१ वर्षीय शेख कमरुललाई दिनका लागि ल्याएको बयान दिएका थिए। जैसवालको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक (प्रनि) जीवन कुमार मैनालीको टोलीले ुन्यू तराई ट्रेडर्सुमा पुगेर खानतलासी गरेको थियो। सो क्रममा पसलबाट थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएपछि प्रहरीले पसल सञ्चालक शेख कमरुललाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीले दुवै स्थानबाट गरी जम्मा ४४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद गरेको र पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी थप कानुनी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
च्याम्पियन्स लिग फुटबल : लेन्सको पोस्टमा कोमोको ९ गोल
OthersJust now

च्याम्पियन्स लिग फुटबल : लेन्सको पोस्टमा कोमोको ९ गोल

१९ कात्तिक, काठमाडौं । इटालियन क्लब कोमोले यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब लेन्सलाई ९–१ को फराकिलो अन्तरले पराजित गरेको छ । कोमोले प्रतियोगिताको इतिहासमा एकै खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेको हो । बुधबार राति भएको खेलमा कोमोले पहिलो हाफमा तीन गोल गरेको थियो । तासोस डुभिकासले सातौं र ३२औं मिनेटमा गोल गर्दै टोलीलाई… ...

अनलाइन खबर
ईयूको प्रतिबन्ध हटाउन कूटनीतिक पहल भइरहेको छ : पर्यटनमन्त्री पौडेल
OthersJust now

ईयूको प्रतिबन्ध हटाउन कूटनीतिक पहल भइरहेको छ : पर्यटनमन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज (गणेश) पौडेलले युरोपेली संघ (इयु) ले नेपाली वायु सेवाहरुमाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवाका लागि पनि सरकारले कूटनीतिक पहल जारी राखेको बताएका छन् । ब्रिटेन नेपाल चेम्बर अफ कमर्सद्वारा मङ्गलबार लन्डनमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यसै महिना ब्रसेल्समा हुन लागेको बैठकमा नेपालले उक्त प्रतिबन्ध हटाउन जोडदार माग गर्ने बताए। उनले त्यसपछि बेलायत ...

पर्दाफास
सेन्सरले पास गरिसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न  गृह मन्त्रालयको ठाडो आदेश
OthersJust now

सेन्सरले पास गरिसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृह मन्त्रालयको ठाडो आदेश

सबै कुरा ठीकठाक हुँदो हो त यतिबेला ‘पाँच पाण्डव’ टिम प्रचारप्रसारको अन्तिम तयारीमा जुटिरहेको हुन्थ्यो । किनभने, आउँदो शुक्रबारदेखि फिल्म प्रदर्शन हुँदै थियो । केन्द्रिय चलचित्र जाँच समितिले यो फिल्म सार्वजनिक रूपमा प्रदर्शन गर्न कुनै आपत्ति छैन भन्दै ‘युनिभर्सल सर्टिफिकेट’ दिइसकेको थियो । अर्थात्, सेन्सर बोर्डले भनेको थियो, ‘तिम्रो फिल्म प्रदर्शनमा कुनै समस्या छैन, निर्धक्क… ...

अनलाइन खबर
सुनसरीको मूलघाट–सुभाङ सडकको ठेक्का तोड्ने तयारी, निर्माण कम्पनीसँग १५ दिने स्पष्टीकरण माग
OthersJust now

सुनसरीको मूलघाट–सुभाङ सडकको ठेक्का तोड्ने तयारी, निर्माण कम्पनीसँग १५ दिने स्पष्टीकरण माग

१९ कात्तिक, काठमाडौं । तमोर कोरिडोरअन्तर्गत सुनसरीको मूलघाटदेखि सुभाङ गणेशचोकसम्मको सडकखण्ड कालोपत्रे गर्ने काममा ठेकेदार कम्पनीले ढिलाइ गरेपछि सडक विभागले ठेक्का किन नतोड्ने भनेर प्रश्न गरेको छ । सडक विभागको उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयअन्तर्गत चतरा–मूलघाट–सुभाङखोला सडक योजना धरान सुनसरीले ठेक्का सम्झौताअनुसार काम सम्पन्न नगरेको भन्दै ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको हो ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play