Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो
Photo / Coverage: नेपालन्युज

काठमाडौं । रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति आयोजनाको ठेक्का तोडिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट काम अघि बढाउने निर्णय गरिएको जानकारी दिएका छन्। मन्त्री लम्सालका अनुसार चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल र चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल निर्माणको काम विगत १० वर्षदेखि अलपत्र थियो। पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन नसकेपछि दुवै पुलको ठेक्का सम्झौता अन्त्य गरिएको हो। यी दुवै पुल निर्माणका लागि २०७३ चैत २१ गते पप्पु र शिवशंकर जेभी, गरुडा, रौतहटसँग सम्झौता भएको थियो। सम्झौताअनुसार आर्थिक वर्ष २०७५/७६ भित्रै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि पटक–पटक म्याद थप गर्दै अन्तिम समयसीमा २०८० असार ३० गतेसम्म पुर्‍याइएको थियो। तर, निर्धारित समयभित्र निर्माण सम्पन्न हुन सकेन। पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयले लामो समयदेखि आवागमनमा सास्ती भोग्दै आएका छन्। अलपत्र आयोजनाको बाँकी काम नयाँ प्रक्रियाबाट सम्पन्न गर्ने निर्णयमा सरकार पुगेको मन्त्री लम्सालले बताएका छन्। त्यस्तै, महेन्द्र राजमार्गको धनसार–बागमती खण्डमा सडक स्तरोन्नति तथा पुनर्स्थापनाका लागि गरिएको ठेक्का सम्झौता पनि तोडिएको छ। गत आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने उक्त आयोजनामा भौतिक प्रगति शून्य देखिएपछि ठेक्का अन्त्य गर्ने निर्णय गरिएको मन्त्री लम्सालले जानकारी दिएका छन्। सडक डिभिजन चन्द्रनिगाहपुरले पनि ठेक्का सम्झौता अन्त्य गरिएको सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ। सूचनाअनुसार लमाहा र लौकाहा खोला पुल निर्माणका लागि पप्पु/शिवशंकर जेभीसँग गरिएका दुईवटा ठेक्का तथा महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नतिसम्बन्धी ठेक्का सम्झौता अन्त्य गरिएको हो। सरकारले देशभर रुग्ण अवस्थामा रहेका पूर्वाधार आयोजनाको निर्माण अघि बढाउन कडा नीति लिएको मन्त्री लम्सालले बताएका छन्। निर्माण सम्पन्न गर्ने आधार देखिएका आयोजनालाई अन्तिम मौका दिने र त्यसबाट पनि काम अघि नबढे ठेक्का तोडेर नयाँ प्रक्रियाबाट बाँकी काम सम्पन्न गरिने उनको भनाइ छ। लामो समयदेखि अलपत्र आयोजनाका कारण नागरिकले भोग्नुपरेको सास्ती अन्त्य गर्न र सार्वजनिक पूर्वाधार निर्माणलाई गति दिन सरकारले ठेक्का व्यवस्थापनमा कडाइ गरेको मन्त्री लम्सालले स्पष्ट पारेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तपाईको साेमबारको भाग्य कस्तो छ ?
Latest NewsJust now

तपाईको साेमबारको भाग्य कस्तो छ ?

२०८३ कात्तिक १६ गते साेमबारको राशिफल मेष मेष राशि हुनेहरुको आजको दिन स्वास्थ्यमा समस्या देखिने छ । पढाई लेखाईमा मन लाग्ने छ । आफन्तबाट सुख पाइनेछ । घरपरिवारमा विभिन्न समस्या आइपर्नेछन् । स्वास्थ्यको ख्याल गर्नुहोला । वृष वृष राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । श्रम गरे अनुसारको फल मिल्ने छ । पराक्रम बढ्ने छ । दाजुभाईबाट साथ सहयोग मिल्नेछ । विभिन्न ...

टक्सार
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालको स्वर्णिम सुरुवात
Latest NewsJust now

सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालको स्वर्णिम सुरुवात

चितवन । प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका छन् । प्रतियोगिताअन्तर्गत शनिबार भएको प्रतिस्पर्धामा मधुसुधन सापकोटा, करण धोली, राजन लामा, दीक्षा तामाङसहित नेपाली खेलाडीले विभिन्न विधामा स्वर्ण पदक जित्नुभएको हो । ४९ वर्षमुनिको एकल पुम्सेमा मधुसुधन सापकोटाले स्वर्ण पदक जित्नुभयो । यस स्पर्धामा मोहमद नइम अलीले रजत तथा अष्ट्रेलियाका प्रवीण थापा र मलेसियाका कृष्ण ...

हिमालय टाइम्स
वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड
Latest NewsJust now

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

काठमाडौँ । ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापनाको सङ्कल्प सान्दर्भिक भएकाले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ । श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापनाका लागि नवलपरासीस्थित गजेन्द्रमोक्षधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म... ...

रातोपाटी
सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि
Latest NewsJust now

सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि

बाँके । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि ललितपुरको सगरमाथा स्विमिङ क्लबले जितेको छ । नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा भएको दुई दिने प्रतियोगितामा सगरमाथाले ४२९... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play