Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालको स्वर्णिम सुरुवात

Share:WhatsAppFacebookX (Twitter)Telegram
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालको स्वर्णिम सुरुवात
Photo / Coverage: हिमालय टाइम्स

चितवन । प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका छन् । प्रतियोगिताअन्तर्गत शनिबार भएको प्रतिस्पर्धामा मधुसुधन सापकोटा, करण धोली, राजन लामा, दीक्षा तामाङसहित नेपाली खेलाडीले विभिन्न विधामा स्वर्ण पदक जित्नुभएको हो । ४९ वर्षमुनिको एकल पुम्सेमा मधुसुधन सापकोटाले स्वर्ण पदक जित्नुभयो । यस स्पर्धामा मोहमद नइम अलीले रजत तथा अष्ट्रेलियाका प्रवीण थापा र मलेसियाका कृष्ण खड्काले कांस्य पदक हात पार्नुभयो । ग्योरोगी सिनियर पुरुष ५४ केजी तौल समूहको फाइनलमा करण धोलीले नेपालकै अंकित सहनीलाई पराजित गर्दै स्वर्ण जित्नुभयो । अंकितले पहिलो खेलमा भारतका असिफ हुसेन र सेमिफाइनलमा बोनका राउतलाई हराउँदै फाइनल यात्रा तय गर्नुभएको थियो । करणले भने बंगलादेशका मोहम्मद साहिन अली र नेपालकै अजय घर्तीलाई पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाउनुभएको थियो । यस विधामा अजय घर्ती र रौनक राउतले कांस्य पदक जित्नुभयो । सब जुनियर पुरुष यू-२६ केजीमा आयोजकका साहिल मन्सुरले नेपालका अभिमन्यु गजुरेललाई हराउँदै स्वर्ण जित्नुभयो । भारतका अर्ष सोफियन कुरेस र नेपालका सूर्यान्सजंग न्यौपानेले कांस्य पदक पाउनुभयो । सब जुनियर महिला २५ केजीमा दीपान्सी बायादीले फाइनलमा सार्वाना क्षेत्रीलाई पराजित गर्दै स्वर्ण जित्नुभयो । आत्मिका लिम्बू र चिरागी बस्यालले कांस्यमा चित्त बुझाउनुभयो । सिनियर पुरुष ५८ केजीमा राजन लामाले नेपालकै मोहम्मद हुसेनलाई हराउँदै स्वर्ण जित्नुभयो । यस विधामा कमल खड्का र अन्सुल परियारले कांस्य पदक प्राप्त गर्नुभयो । सब जुनियर पुरुष २८ केजीमा सुप्रिम गुरुङले नेपालकै सलिन अधिकारीलाई फाइनलमा पराजित गर्दै स्वर्ण जित्नुभयो । महिला ४६ केजीमुनि दीक्षा तामाङले नेपालकै रस्मिका गुरुङलाई हराउँदै स्वर्ण पदक जित्नुभयो । यस विधामा प्रकृति मल्ल र अञ्जली चौधरीले कांस्य पदक प्राप्त गर्नुभयो । पुम्सेतर्फ १०–११ वर्षको पुरुष उमेर समूहमा कियानराज कटुवालले स्वर्ण, समर्थ केसीले रजत तथा श्रवण गुरुङ र रयान अर्यालले कांस्य जित्नुभयो । सोही उमेर समूहको महिलातर्फ वितिशा तामाङले स्वर्ण र एरिका न्यौपानेले रजत जित्दा राज्बी श्रेष्ठ र मालाश्री महर्जनले कांस्य पदक हात पार्नुभयो । १४ वर्ष उमेर समूहको पुम्सेमा रेवा काफ्लेले स्वर्ण र मुना थापाले रजत जित्नुभयो । पुरुष १५-१७ वर्ष उमेर समूहमा बिसु राईले स्वर्ण, सचिन विकले रजत तथा अश्विन लामा र शान केसीले कांस्य पदक जित्नुभयो । प्रतियोगितामा नेपालसहित भारत, माल्दिभ्स, मलेसिया, अष्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायत देशका करिब आठ सय खेलाडी सहभागी छन् । अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काका अनुसार प्रतियोगितामा कुल ६४ स्वर्ण, ६४ रजत र १२८ कांस्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिताको टिम च्याम्पियनले ५० हजार रुपैयाँ, दोस्रो हुने टोलीले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अस्ट्रेलियन डलर र बहराइन दिनारको भाउ बढ्यो, युरो र पाउन्डको घट्यो
Latest NewsJust now

अस्ट्रेलियन डलर र बहराइन दिनारको भाउ बढ्यो, युरो र पाउन्डको घट्यो

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, कुवेती दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, बहराइन दिनारसहित कतिपय मुद्रा भने महँगिएका छन्।  युरो, पाउन्डसहित केही मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।  आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैय... ...

नेपालखबर
सिँचाइ कुलो निर्माणले लेखर्कमा धान उत्पादन बढाउन सहज
Latest NewsJust now

सिँचाइ कुलो निर्माणले लेखर्कमा धान उत्पादन बढाउन सहज

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कको काभ्रेबेँसीलगायत क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएपछि किसानलाई धानखेती गर्न सहज भएको छ । विगतमा सिँचाइको अभावमा खेतीपाती गर्न समस्या भोग्दै आएका किसान कुलो निर्माण... ...

रातोपाटी
विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा
Latest NewsJust now

विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा

म्याग्दी । मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । गत असोज ८ देखि ११ गतेसम्मको... ...

रातोपाटी
केरौन १३२ केभी सबस्टेसन सञ्चालनमा
Latest NewsJust now

केरौन १३२ केभी सबस्टेसन सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिणपूर्वी क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन कानेपोखरी गाउँपालिकामा निर्माण गरिएको १३२ केभीको केरौन सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले आइतबार सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याएको हो । पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहवी–दमक खण्डमा पर्ने केरौन सबस्टेसनलाई उक्त प्रसारण लाइनमा लुप इन तथा लुप आउट प्रणालीमार्फत् जोडेर सबस्टेसन चार्ज ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play