Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

केरौन १३२ केभी सबस्टेसन सञ्चालनमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
केरौन १३२ केभी सबस्टेसन सञ्चालनमा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । मोरङका उत्तर तथा दक्षिणपूर्वी क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन कानेपोखरी गाउँपालिकामा निर्माण गरिएको १३२ केभीको केरौन सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले आइतबार सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याएको हो । पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहवी–दमक खण्डमा पर्ने केरौन सबस्टेसनलाई उक्त प्रसारण लाइनमा लुप इन तथा लुप आउट प्रणालीमार्फत् जोडेर सबस्टेसन चार्ज गरिएको छ । प्राधिकरणका अनुसार केरौन सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभिएका दुर्ईवटा र ३३/११ केभी, २२.५ एमभिएको एउटा पावर ट्रान्सफर्मर जडान गरिएको छ । समग्रमा सबस्टेसनको कुल क्षमता १४८.५ एमभिए रहेको छ । केरौन सबस्टेसन सञ्चालनसँगै मोरङ तथा आसपास क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न, वितरण प्रणाली क्षमता अभिवृद्धि गर्न र उपभोक्तालाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुग्ने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताउनुभयो । सबस्टेसनबाट रंगेली र विराटचोकतर्फ विद्युत् आपूर्तिका लागि ३३ केभीका दुर्ई/दुर्ईवटा लाइन निर्माण गरिएको छ । ती लाइनलाई पनि तिहारअघि चार्ज गरी सञ्चालनमा ल्याएर सम्बन्धित क्षेत्रमा विद्युत आपूर्ति सुरु गरिने बताइएको छ । त्यसैगरी, स्थानीय क्षेत्रमा विद्युत् वितरणका लागि सबस्टेसनबाट ११ केभीका पाँचवटा फिडर लाइनको व्यवस्था गरिएको छ । उक्त लाइनलाई पनि छिट्टै चार्ज गरी विद्युत् आपूर्ति दिइनेछ । सबस्टेसनबाट विद्युत् उपलब्ध गराउन सुरु भएपछि मोरङको कानेपोखरी, रंगेली, विराटचोक, लेटाङलगायतका क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ । विशेषगरी लामो दूरीका ३३ केभी वितरण लाइनबाट विद्युत् आपूर्ति भइरहेका क्षेत्रमा लाइनको दूरी घट्ने भएकाले न्यून भोल्टेज, छिनछिनमा विद्युत् अवरुद्ध हुने (ट्रिपिङ) लगायतका समस्या न्यूनीकरण हुने प्राधिकरणको भनाइ छ । सबस्टेसनबाट विद्युत् आपूर्ति सुरु भएपछि सम्बन्धित क्षेत्रमा ३३ केभी लाइनको दूरी घट्ने र आपूर्ति नजिकैबाट गर्न सकिने भएकाले भोल्टेजमा सुधार आउने, लाइन ट्रिपिङको समस्या कम हुने तथा आपूर्ति थप सुरक्षित र नियमित हुने अपेक्षा गरिएको छ । केरौन सबस्टेसन निर्माणका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो । करिब एक अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी मध्यावधि चुनाव : रिपब्लिकनको पकड रहेका पाँच राज्यमा डेमोक्रेटिक उम्मेदवार अगाडि
Latest NewsJust now

अमेरिकी मध्यावधि चुनाव : रिपब्लिकनको पकड रहेका पाँच राज्यमा डेमोक्रेटिक उम्मेदवार अगाडि

अमेरिका । अमेरिकी मध्यावधि चुनावको पूर्वसन्ध्यामा डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकनको पकड रहेका पाँच राज्यमा सिनेटको प्रतिस्पर्धामा अग्रता लिएका छन् । न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयको सर्वेक्षणले आयोवामा पनि कडा प्रतिस्पर्धा देखाएको... ...

रातोपाटी
निजामतीको ई–पेन्सन : अनलाइन आवेदकलाई तीन दिनमा, आफैँ जानेलाई सात दिनमा सेवा
Latest NewsJust now

निजामतीको ई–पेन्सन : अनलाइन आवेदकलाई तीन दिनमा, आफैँ जानेलाई सात दिनमा सेवा

काठमाडौं । राष्ट्रिय किताबखाना (निजामती)ले इ–पेन्सन सेवा सुरु गरेको धेरै भइसक्यो । तर, आवेदनसहित कार्यालय धाउने क्रम नरोकिएपछि किताबखानाले असोज २१ मा सूचना जारी गर्‍यो, ‘कात्तिक १ गतेदेखि पेन्सन पट्टाका लागि अनलाइन आवेदन अनिवार्य गर्ने गरी ।’ त्यसबाहेक नयाँ कर्मचारीको सिटरोलसम्बन्धी विवरण पनि अनलाइन प्रणालीबाटै दर्ता गर्न अनिवार्य गरेको छ । किताबखानाबाट जारी सूचनामा आवेदनसहितका सुविधा पाउने ठाउँहरू पनि तोकिएको छ ...

केन्द्रबिन्दु
छात्रवृत्तिबाट चिकित्सा शास्त्रदेखि उच्च शिक्षासम्म
Latest NewsJust now

छात्रवृत्तिबाट चिकित्सा शास्त्रदेखि उच्च शिक्षासम्म

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, कात्तिक १६ गते । आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका जेहेन्दार विद्यार्थीलाई लक्षित नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाल... ...

गोरखापत्र
डोल्पाको दानिगढमा हिमपातमा फसेका सात भारतीय पर्यटकको उद्धार, सबैको अवस्था सामान्य
Latest NewsJust now

डोल्पाको दानिगढमा हिमपातमा फसेका सात भारतीय पर्यटकको उद्धार, सबैको अवस्था सामान्य

सुर्खेत । डोल्पाको दानिगढ क्षेत्रमा हिमपातका कारण फसेका सात जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार उद्धार गरिएका सबै पर्यटकलाई हेलिकप्टरमार्फत हुम्लाको सिमिकोट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play