Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

निजामतीको ई–पेन्सन : अनलाइन आवेदकलाई तीन दिनमा, आफैँ जानेलाई सात दिनमा सेवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
निजामतीको ई–पेन्सन : अनलाइन आवेदकलाई तीन दिनमा, आफैँ जानेलाई सात दिनमा सेवा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । राष्ट्रिय किताबखाना (निजामती)ले इ–पेन्सन सेवा सुरु गरेको धेरै भइसक्यो । तर, आवेदनसहित कार्यालय धाउने क्रम नरोकिएपछि किताबखानाले असोज २१ मा सूचना जारी गर्‍यो, ‘कात्तिक १ गतेदेखि पेन्सन पट्टाका लागि अनलाइन आवेदन अनिवार्य गर्ने गरी ।’ त्यसबाहेक नयाँ कर्मचारीको सिटरोलसम्बन्धी विवरण पनि अनलाइन प्रणालीबाटै दर्ता गर्न अनिवार्य गरेको छ । किताबखानाबाट जारी सूचनामा आवेदनसहितका सुविधा पाउने ठाउँहरू पनि तोकिएको छ । हरेक कार्यालयले इ–पेन्सनका लागि आवेदन दिन सक्ने व्यवस्था गर्दै ७७ वटै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)मा पनि त्यससम्बन्धी सुविधा लिन सकिने सूचना उल्लेख छ । तर, अझै पनि आवेदनसहित किताबखाना पुग्ने क्रम रोकिएको छैन । “अनलाइन आवेदन प्रोत्साहन गरी भौतिक आवेदनलाई निरुत्साहन गरिरहेका छौँ,” किताबखानाका निर्देशकसमेत रहेका सूचना अधिकारी सुदन ख्वाखलीले भने । उनको भनाइमा, तर जिल्ला–जिल्लाबाट आउनुभएको हुन्छ, फिर्ता पठाउन पनि नसकिने रहेछ । त्यसैले आवेदन राखेर उहाँहरूलाई फिर्ता पठाइदिने गरेका छौँ । उनले अनलाइन आवेदकलाई कागजात पुगेको अवस्थामा ढिलोमा तीन दिनमा सेवा दिने गरेको बताए । तर, कार्यालयमै धाउँदै आवेदन दिनेहरूका हकमा सात दिनमा मात्र सेवा दिने गरेको बताए । “आवेदनै फिर्ता गर्दा उहाँहरूमा नकारात्मक असर पर्छ भनी राख्ने गरेका छौँ । तर, विस्तारै भौतिक उपस्थितिका आवेदन लिँदै नलिने भन्ने छ,” ख्वाखलीले भने, “उहाँहरूको आवेदन राखेर पठाइदिन्छौँ । त्यसपछि पेन्सन पट्टा उहाँकै इमेलमा पठाइदिन्छौँ ।” ख्वाखलीले अनलाइन आवेदनको व्यवस्थापन गरिसकेपछि मात्र किताबखानाले भौतिक रूपमा आएका निवेदनमा प्रक्रिया सुरु गर्ने गरेको बताए । पेन्सन पट्टाका लागि निजामती किताबखानामा हालसम्म एक हजार १३८ आवेदन परेका छन् । तीमध्ये एक हजार ५६ जनाले सुविधा लिइसकेका छन् । बाँकी रहेका ८२ आवेदन पनि कागजात नपुगेका कारण मात्र अड्किएका हुन् । “जति पनि आवेदनहरू बाँकी छन्, ती डकुमेन्ट अपुग भएका कारण रोकिएका हुन् । हामीले बाँकी डकुमेन्ट पठाउन सम्बन्धित व्यक्तिलाई नै खबर पठाएका छौँ,” उनले भने, “पूरा डकुमेन्ट पाएको तीन दिनभित्र सेवा दिइसक्छौँ ।” कर्णाली, सुदूरपश्चिमसहितका जिल्लाबाट काठमाडौँ आउन–जान धेरै खर्च लाग्छ । पेन्सनबापत पाउने रकमको ठूलो हिस्सा बाटो खर्चमै सकिने अवस्था गर्न किताबखानाले इ–पेन्सन प्रणाली सुरु गरेको छ । यो प्रणाली सुरु भएसँगै कर्णाली, सुदूरपश्चिम, विकट हिमाली जिल्ला हुन् वा सुगमको सिंहदरबार, सबैले समान रूपमा अनलाइन एप्लिकेसन दिनुपर्ने हुन्छ । “अनलाइन एप्लिकेसनका निम्ति त इन्टरनेट गतिका कारण केही फरक होला, नत्र सिंहदरबार र दुर्गमका कर्मचारीलाई समान हुने गरी इ–पेन्सन लागु भएको छ,” ख्वाखलीले भने, “तर पनि यो सुविधा नबुझेर कतिपय आफैँ आवेदन लिएर आइपुग्नुहुन्छ । अब सबैले अनलाइन आवेदन दिएर घरमै पेन्सन पट्टाको सुविधा प्राप्त गर्न सक्नुहुन्छ, खर्च गरेर धाउनुपर्ने दिन गए ।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
म्याग्दीमा मनसुनजन्य विपद्‌बाट करिब ८ सय घरपरिवार प्रभावित
Latest NewsJust now

म्याग्दीमा मनसुनजन्य विपद्‌बाट करिब ८ सय घरपरिवार प्रभावित

म्याग्दी । म्याग्दीमा यस वर्षको मनसुनजन्य विपद्‌बाट करिब आठ सय घरपरिवार प्रभावित भएका छन् । ७८९ घरपरिवार पूर्ण, आंशिक क्षति भएका र जोखिममा परेर प्रभावित भएका विवरण सङ्कलन भएको हो... ...

रातोपाटी
इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब
Latest NewsJust now

इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको एक प्रतिवेदनले जनाएको छ । समाचार संस्था एक्सियोसका अनुसार शनिबार दुई... ...

रातोपाटी
सयपत्री फूल खेतीप्रति बढ्दो आकर्षण
Latest NewsJust now

सयपत्री फूल खेतीप्रति बढ्दो आकर्षण

यज्ञप्रसाद सापकोटाबर्दिया, कात्तिक १६ गते । गुलरिया नगरपालिका–३ खैरीकी आशाकुमारी थारूले चार वर्षअघिसम्म एक बिघा खेतमा बदाम खेती गर्नुहुन्थ्यो । अहिले त्यही खेतमा ढकमक्क सयपत्री फूल... ...

गोरखापत्र
चिनियाँ कथा गधा र चितुवाको युद्ध
Latest NewsJust now

चिनियाँ कथा गधा र चितुवाको युद्ध

धेरै समयअघि चीनमा रेशम व्यापारी थिए । उनी आफ्नो गधा लिएर चिन–चु सहर गए । यो सहर उपत्यकाको भिरालो र होचो भागमा पर्ने एकान्त ठाउँमा थियो । त्यहाँ पुग्दा साँझ परिसकेको थियो । केही स्थ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play