काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसिसी) पदाधिकारीहरूको नेतृत्व तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने रणनीतिक कार्यशाला सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), एनआरएनए तथा स्विस सरकारको सहकार्यमा मिरेरिडेओ परियोजनाको दोस्रो चरणअन्तर्गत अक्टोबर २८ देखि ३० सम्म गोदावरीमा आयोजित कार्यशालामा खाडी मुलुकअन्तर्गतका बहराइन, कुवेत, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार तथा मलेसियालगायतका देशका एनआरएनए राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीको सहभागिता थियो । कार्यशालाको समापन कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा भर्चुअल रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव डा. चिरञ्जीवी खड्का, आइसिसी पदाधिकारी, कार्यक्रममा सहकोषाध्यक्ष गंगा खतिवडा, उपमहासचिवद्वय दिनेश घिमिरे र वेद बस्नेत, एनसिसी अमेरिकाका अध्यक्ष विकास उप्रेती, दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाध्यायलगायतको उपस्थिति थियो । आयोजकका अनुसार विभिन्न देशका एनसिसी अध्यक्ष तथा पदाधिकारी, आइएलओका राष्ट्रिय संयोजक रोनी धौभडेल र सचिवालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यशालामा संस्थागत नेतृत्व, व्यवस्थापन, प्रतिवेदन लेखन, आर्थिक पारदर्शिता तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या, उद्धार र सहयोगसम्बन्धी विषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिएको थियो ।
एनआरएनएको रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






