काठमाडौं । बंगालको खाडीमा बनेको ‘मुरासु’ नामको नयाँ चक्रवात आज कात्तिक १६ गते शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ जारी गरेको ‘चक्रवात मुरासु विशेष मौसम बुलेटिन’अनुसार यो दक्षिणपश्चिम बंगालको खाडी तथा आसपासको मध्यपश्चिम बंगालको खाडीमा आइतबार बिहान ११:४५ बजे बनेको हो। चक्रवात ‘मुरासु’ आज मध्यपश्चिम बंगालको खाडीमा शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने र पश्चिम-उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कात्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रमा नेल्लोर र नरसापुरबिचबाट शक्तिशाली चक्रवाती आँधीका रूपमा जमिनमा प्रवेश गर्ने सम्भावना छ। मौसम महाशाखाले अगाडि भनेको छ, ‘हालसम्मको विश्लेषणअनुसार उक्त मौसम प्रणालीका कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना देखिएको छैन। नेपाल मौसम विज्ञान विभागले उक्त मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकताअनुसार थप सूचना अद्यावधिक गर्दै जानेछ।’
बंगालको खाडीमा बनेको चक्रवात ‘मुरासु’ आज शक्तिशाली आँधीमा परिणत हुने सम्भावना

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






