Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

रोजगारीको बहानामा किशोरीमाथि शोषण

Share:WhatsAppFacebookX (Twitter)Telegram
रोजगारीको बहानामा किशोरीमाथि शोषण
Photo / Coverage: नेपालन्युज

विराटनगर। विराटनगर-१३, मलाया रोड। सीमावर्ती क्षेत्रनजिकै रहेको यो बस्तीमा केही दिनयता एउटा घर र त्यससँग जोडिएको होटलमा अस्वाभाविक चहलपहल बढेको थियो। बाहिरबाट हेर्दा सामान्य देखिने होटलको पछाडि टिनले छाएको पुरानो घर थियो। स्थानीय रामनारायण साह रौनियारको स्वामित्वमा रहेको त्यही घरभित्र नेपाली किशोरीहरूलाई बन्धक बनाएर जबरजस्ती यौनधन्दामा लगाइएको घटना बाहिर आयो। पहाडी जिल्लाबाट राम्रो रोजगारी र भविष्यको सपना बोकेर विराटनगर आएका किशोरीहरूका लागि त्यो घर पीडा र शोषणको केन्द्र बनेको थियो। आर्थिक समस्याबाट गुज्रिरहेकी कुमारीले उनीहरूको प्रस्ताव पत्याइन्। तर, उनीहरूलाई भनिएजस्तो सामान्य रेस्टुरेन्ट वा बारको काम थिएन। घटनाको केन्द्रमा छिन्- २२ वर्षीया कुमारी योन्जन (परिवर्तित नाम)। भोजपुर घर भएकी उनी कक्षा १२ मा पढ्दै थिइन्। तर, परिवारको कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई निरन्तरता दिन सकिनन्। परिवारको गर्जो टार्न र आफ्नै खुट्टामा उभिने उद्देश्यले घर छाडेकी उनी सुनसरी हुँदै विराटनगर आइपुगिन्। विराटनगरका विभिन्न गीत-गजल बार तथा रेस्टुरेन्टमा काम गरेर जीविकोपार्जन गरिरहेकी उनको भेट मोरङको बुढीगंगा गाउँपालिका-२ का ४३ वर्षीय प्रवेज महमद र विराटनगर-१३, झमेली चोकका ४२ वर्षीय रामबिलास महतोसँग भयो। उनीहरूसँगको चिनजान नै कुमारीका लागि पीडादायी अनुभव बन्न पुग्यो। मानव बेचबिखनसम्बन्धी मुद्दामा मुख्य प्रतिवादी प्रवेज महमदलाई पुर्पक्षका लागि कारागार लैजाँदै प्रहरी। प्रवेज र रामबिलासले कुमारी र उनकी अर्की सहकर्मीलाई गीत-गजल रेस्टुरेन्टमा भन्दा आफूहरूसँग काम गर्दा राम्रो कमाइ हुने प्रलोभन देखाए। ‘गीत-गजलमा भन्दा हाम्रोमा काम गर्दा धेरै राम्रो कमाइ हुन्छ, रमाइलो पनि हुन्छ, पैसा पनि छ्याप्छ्याप्ती कमाउन सकिन्छ,’ उनीहरूले भनेका थिए। आर्थिक समस्याबाट गुज्रिरहेकी कुमारीले उनीहरूको प्रस्ताव पत्याइन्। तर, उनीहरूलाई भनिएजस्तो सामान्य रेस्टुरेन्ट वा बारको काम थिएन। प्रवेजले विराटनगर-१३ स्थित मलाया रोडमा स्थानीय रामनारायण साहको घर मासिक १६ हजार रुपैयाँ भाडामा लिएका थिए। असोज १५ गते घरधनी साह र प्रवेज आलमबीच मासिक १६ हजार रुपैयाँ भाडा तिर्ने सर्तसहित लिखित सम्झौता भएको थियो। होटलको पछाडि रहेको टिनको छानो भएको त्यही घरमा प्रवेज र रामबिलासले दुवै किशोरीलाई पुर्‍याएको अनुसन्धानमा खुलेको छ। पीडित किशोरीहरूले बयानका क्रममा आफूहरूलाई डरधम्की देखाएर अपरिचित व्यक्तिसँग यौनसम्पर्क गर्न बाध्य पारिएको बताएका छन्। त्यहाँ पुगेपछि किशोरीहरूले आफूहरूलाई भनिएजस्तो काम नभएको थाहा पाए। उनीहरूले काम गर्न अस्वीकार गरेपछि बन्धक बनाइएको र बाहिर निस्कन नदिइएको पीडितको बयानमा उल्लेख छ। भारतबाट आउने विभिन्न उमेरका पुरुषलाई होटलमा बोलाएर उनीहरूसँग जबरजस्ती शारीरिक सम्पर्क गर्न बाध्य पारिएको उनीहरूले बताएका छन्। पीडित किशोरीहरूले बयानका क्रममा आफूहरूलाई डरधम्की देखाएर अपरिचित व्यक्तिसँग यौनसम्पर्क गर्न बाध्य पारिएको बताएका छन्। त्यसरी यौन शोषणबाट प्राप्त हुने रकमसमेत आफूहरूले नपाउने गरेको उनीहरूको भनाइ छ। सञ्चालक प्रवेज र रामबिलासले उक्त रकम आफैँ राख्ने गरेको तथा खानपिनमा समेत दुःख दिने गरेको बयानमा उल्लेख छ। दिनहुँको शारीरिक तथा मानसिक यातना सहन नसकेपछि किशोरीहरूले त्यहाँबाट उम्कने प्रयास गरे। तर, उनीहरू बाहिर निस्कन सक्ने अवस्थामा थिएनन्। अन्ततः प्रशासनको सहयोग माग्ने निर्णयमा पुगे। प्रहरी टोलीले छापा मारेर दुई किशोरीको उद्धार गर्‍यो। घटनास्थलबाट मुख्य सञ्चालक प्रवेजलाई पक्राउ गरियो। असोज २२ गते दिउँसो उनीहरूले लुकिछिपी मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई मोबाइलमार्फत सन्देश पठाए र फोन गरे। आफूहरूलाई बन्धक बनाएर जबरजस्ती यौनधन्दामा लगाइएको तथा सञ्चालकले शोषण गरिरहेको जानकारी गराए। सूचना पाएलगत्तै प्रमुख जिल्ला अधिकारी कट्टेलले प्रहरी परिचालनका लागि निर्देशन दिए। त्यसपछि मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवाल र सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको नेतृत्वमा संयुक्त टोली मलाया रोडस्थित घर र होटलमा पुग्यो। अवैध यौनधन्दा सञ्चालन भएको भनिएको घरमा अनुसन्धान गर्दै प्रहरी टोली। प्रहरी टोलीले छापा मारेर दुई किशोरीको उद्धार गर्‍यो। घटनास्थलबाट मुख्य सञ्चालक प्रवेजलाई पक्राउ गरियो। खानतलासीका क्रममा कोठाबाट कन्डमका प्याकेट र यौनजन्य गतिविधिमा प्रयोग हुने सामग्रीसमेत बरामद भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले पक्राउ परेका प्रवेज महमदमाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढायो। फरार रहेका अर्का प्रतिवादी रामबिलास महतोको खोजीसमेत सुरु गरियो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर प्रमाणमा आधारित अनुसन्धान गरेको छ। उनले अवैध यौनधन्दा सञ्चालन गर्ने तथा महिला र किशोरीमाथि हुने अपराधविरुद्ध प्रहरी कडाइका साथ प्रस्तुत भएको बताए। उद्धार गरिएका किशोरीको स्वास्थ्य परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो। ‘मुख्य आरोपीलाई पक्राउ गरी अदालतमा पेस गरिसकिएको छ भने फरार रहेका अर्का प्रतिवादी रामबिलास महतोको खोजी कार्य तीव्र पारिएको छ,’ एसपी कटुवालले भने। जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले पीडित किशोरीबाट गोप्य सूचना प्राप्त भएलगत्तै प्रशासनले प्रहरी परिचालन गरेको बताए। उनका अनुसार सूचनाका आधारमा तत्काल टोली खटाएर होटल र पछाडिको घरमा छापा मारिएको थियो। ‘पीडितहरूबाट आएको गोप्य सूचनाका आधारमा हामीले तत्काल प्रहरी परिचालन गरेर छापा मार्न लगायौँ। होटल र पछाडिको घरमा किशोरीहरूलाई बन्धक बनाएर यौनधन्दा सञ्चालन गरिएको र उनीहरूको कमाइ सञ्चालकहरूले आफैँ राख्ने गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने। अदालतको आदेशअनुसार उनलाई मोरङ कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। उद्धार गरिएका किशोरीको स्वास्थ्य परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो। परीक्षण प्रतिवेदनमा उनीहरूमाथि जबरजस्ती करणी तथा शारीरिक शोषण भएको हुन सक्ने चिकित्सकीय संकेत उल्लेख रहेको अनुसन्धानमा संलग्न पक्षको भनाइ छ। प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालय मोरङले कात्तिक १६ गते सोमबार जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गर्‍यो। अभियोगपत्रमा मुख्य प्रतिवादी प्रवेज महमद र फरार प्रतिवादी रामबिलास महतोविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार सजायको मागदाबी गरिएको छ। कात्तिक १७ गते मंगलबार जिल्ला अदालत मोरङका न्यायाधीश गोकुलबहादुर निरौलाको इजलासमा भएको थुनछेक बहसपछि प्रवेजलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भयो। अदालतको आदेशअनुसार उनलाई मोरङ कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा प्रतिवादीहरूले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ को उपदफा २ विपरीतको कसुर गरेको उल्लेख छ। ‘अदालतको आदेशपछि प्रतिवादीलाई पुर्पक्षका लागि जिल्ला कारागार मोरङ पठाइएको छ,’ उनले भने। फरार रहेका रामबिलास महतोविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजी भइरहेको सूचना अधिकारी बुढाथोकीले बताए। सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा प्रतिवादीहरूले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ को उपदफा २ विपरीतको कसुर गरेको उल्लेख छ। ऐनको दफा १५ (१) (ख) अनुसार १० देखि १५ वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना माग गरिएको छ। त्यस्तै, ऐनको दफा १७ बमोजिम पीडित किशोरीहरूलाई प्रतिवादीहरूको सम्पत्तिबाट मनासिब क्षतिपूर्ति भराउन पनि माग गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गृहमन्त्रीबाट नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी  चिह्न प्रदान
Latest NewsJust now

गृहमन्त्रीबाट नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, कात्तिक १८ गते । गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्... ...

गोरखापत्र
नेपाल र भारतका विदेश सचिवस्तरीय द्विपक्षीय बैठक सम्पन्न
Latest NewsJust now

नेपाल र भारतका विदेश सचिवस्तरीय द्विपक्षीय बैठक सम्पन्न

काठमाडौ‌ । नेपाल र भारतका विदेश सचिवस्तरीय द्विपक्षीय बैठक आपसी हितका विविध विषयमा छलफल गर्दै सम्पन्न भएको छ । परराष्ट्रसचिव अमृतबहादुर राई र भारतका विदेश सचिव विक्रम मिश्रीबीच प्रतिनिधिमण्डलस्तरीय बैठक आज यहाँ भएको हो । बैठकमा नेपाल र भारतबीचको घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ र फलदायी बनाउने विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । बैठकमा आगामी उच्चस्तरीय भ्रमणको तयारी, हवाई, ...

केन्द्रबिन्दु
त्रिविको सात सय रोपनी भन्दा बढी जग्गा फिर्ता, ६ महिनामै यसरी भयो सम्भव
Latest NewsJust now

त्रिविको सात सय रोपनी भन्दा बढी जग्गा फिर्ता, ६ महिनामै यसरी भयो सम्भव

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका तर लामो समयदेखि विभिन्न निकाय, संघ-संस्था तथा व्यक्तिद्वारा ओगटिएको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविको सक्रियतापछि वर्षौँदेखि सम्झौताविपरीत प्रयोग भइरहेका, म्याद सकिएका र बिनास्वीकृति अतिक्रमण गरिएका विश्वविद्यालयका जग्गा फिर्ता ल्याइएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हालेसँगै मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको सम्पत्ति संरक्षण र प्राज्ञिक ...

नेपालन्युज
त्रिविको ७०० रोपनी भन्दा बढी जग्गा फिर्ता, ६ महिनामै यसरी भयो सम्भव
Latest NewsJust now

त्रिविको ७०० रोपनी भन्दा बढी जग्गा फिर्ता, ६ महिनामै यसरी भयो सम्भव

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काठमाडौं उपत्यकाभित्र आफ्ना नाममा रहेका तर लामो समयदेखि विभिन्न निकाय, संघ–संस्था तथा व्यक्तिद्वारा ओगटिएको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविको सक्रियतापछि वर्षौँदेखि सम्झौताविपरीत प्रयोग भइरहेका, म्याद सकिएका र बिनास्वीकृति अतिक्रमण गरिएका विश्वविद्यालयका जग्गा फिर्ता ल्याइएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play