रोजगारीका लागि भारतकाे शिमला पुगेका तीन नेपालीको दुर्घटनामा मृत्यु

काठमाडौं । भारतको हिमाचल प्रदेशस्थित शिमला जिल्लामा भएको सडक दुर्घटनामा परी डडेल्धुराको आलिताल गाउँपालिकाका तीन जनाको मृत्यु भएको छ। शनिबार बिहान शिमला जिल्लाको रोहडु उपमण्डलअन्तर्गत नावर क्षेत्रको टिक्कर तहसीलस्थित दरोटी गाउँनजिक भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। दुर्घटनामा आलिताल गाउँपालिका–६ भौनाकी मिना महरा, उनकी सानी छोरी र सोही ठाउँका भक्त धामीकी छोरी निर्मला धामीको मृत्यु भएको जनाइएको छ। उनीहरू रोजगारीका लागि भारतको शिमला जाने क्रममा दुर्घटनामा परेको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दरोटी गाउँका कुशल र उनकी आमा कल्पना देवीसहित तीन नेपाली नागरिक छन्। दुर्घटनामा एक नेपाली नागरिक गम्भीर घाइते भएका छन्। उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि आईजीएमसी शिमला पठाइएको छ। दुर्घटनाबारे सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन
मुस्ताङ, कात्तिक १४ गते । भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ । अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ मुक्तिक्षेत्र–३... ...

चाउचाउ निर्यातमा फड्को, मोटरसाइकल, तयारी कपडा र टाइल आयात ओरालो
विराटनगर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज) अवधिमा विराटनगर भन्सार नाका हुँदै हुने वैदेशिक व्यापारको आकारमा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष औद्योगिक... ...

एनपीएल : खेल सुरु हुन ढिलाइ भएपछि समर्थकले भट्याए देउसीभैलो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल सुरु हुन ढिलाइ भएपछि समर्थकले देउसीभैलो शैलीमा भट्याउन थालेका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्न पुगेका... ...

चीन भ्रमणमा जाँदै रास्वपाका नेताहरू
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको प्रतिनिधिमण्डल चीनको भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलले छिट्टै चीन भ्रमण गर्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकमा सो भ्रमणका बारेमा छलफल भएको थियो । बैठकमा मधेस प्रदेश र केही जिल्लामा देखिएका […] ...


