Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि सरकारले नियमित रूपमा पहल गर्नुपर्ने बताएका छन्। काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बागमती प्रादेशिक कार्यालय परिसरमा आज रैथाने मेलाको अवलोकनका क्रममा सभामुख अर्यालले रैथाने बालीको प्रवर्द्धनमा सरकारले अझ ध्यान दिनुपर्ने बताएका हुन्। अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले किसानलाई उत्पादनसँगै त्यसको प्रचारप्रसार र बजारीकरणमा समय दिन कठिन हुने भएकाले सरकारले सहजीकरण गर्नुपर्ने खाँचो औँल्याए। खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङलगायत सरकारी संस्थान र सञ्चारमाध्यमले किसानका उत्पादनलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ थियो। सभामुख अर्यालले यस्ता मेला काठमाडौंमा मात्र सीमित नगरी देशका ठूला सहर तथा बजारहरूमा विस्तार गर्नुपर्ने धारणासमेत व्यक्त गरेका थिए। नियमित रुपमा मेला आयोजना गर्दा किसानले आफ्ना उत्पादन उपभोक्तासमक्ष पुर्याउने अवसर पाउनुका साथै नागरिकले देशका विभिन्न क्षेत्रका रैथाने उत्पादनबारे जानकारी पाउने उनको भनाइ थियो। सभामुख अर्यालले काठमाडौं उपत्यकाका उपभोक्ताका लागि स्थानीय उत्पादन परिचित भए पनि दुर्गम तथा बाहिरी जिल्लाका उत्पादनको प्रदर्शनीले नयाँ बजार र उपभोक्तासँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उहाँले मेला अवलोकनका क्रममा सरकारी स्टलहरूमा समेत प्लास्टिकका झोला प्रयोगमा ल्याइएकाले अबदेखि त्यसो नगर्न र सरकारी उत्पादनमा अधिकतम खुद्रा मूल्य (एमआरपी) स्पष्ट उल्लेख गर्न सुझाव दिए। नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यसहित शनिबारदेखि यहाँ सुरु भएको तीनदिने मेला आज समापन भएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य
Latest NewsJust now

काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डु गोर्खाजले चितवन राईनोजलाई १८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८... ...

रातोपाटी
जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्यलाई राख्न स्वास्थ्यमन्त्रीको आग्रह
Latest NewsJust now

जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्यलाई राख्न स्वास्थ्यमन्त्रीको आग्रह

सरोज ढुंगेलकाठमाडौं, कात्तिक २३ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य सङ्कट न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रलाई राष्ट्रि... ...

गोरखापत्र
अब २४ सै घण्टा देउसी–भैलो खेल्न पाइने, मर्यादित हुन अनुरोध
Latest NewsJust now

अब २४ सै घण्टा देउसी–भैलो खेल्न पाइने, मर्यादित हुन अनुरोध

काठमाडौं। तिहारमा अब २४ सै घण्टा देउसी–भैलो खेल्न पाइने भएको छ। गृह मन्त्रालयले नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण हुने गरी देउसी–भैलो कार्यक्रम २४ घण्टा सञ्चालन गर्न दिन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले आइतबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै तिहारका अवसरमा सञ्चालन हुने परम्परागत देउसी–भैलो कार्यक्रमलाई मर्यादित र व्यवस्थित रूपमा ...

लुम्बिनी सञ्चार
सेनेगलको तटमा आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु
Latest NewsJust now

सेनेगलको तटमा आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु

काठमाडौं । सेनेगलको समुद्री तट नजिकै आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । सेनेगलको सरकारी समाचार संस्था एपीएसले उक्त जानकारी दिएको हो । सेनेगलको गृह मन्त्रालयका अनुसार दुर्घटनामा एक जनाको उद्धार गरिएको छ । डुंगामा कति जना सवार थिए र कति जना अझै बेपत्ता छन् भन्ने खुल्न सकेको छैन । काठबाट बनेको सानो डुंगा राजधानी डकार र ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play