रेष्टुरेन्ट सञ्चालकको मृत्यु प्रकरणमा रेष्टुरेन्टकै क्यासियर रहेकी युवती पक्राउ, प्रेम सम्बन्धमा रहेको खुलासा

मोरङ, कात्तिक ९ । शनिवार दिउँसो केराबारीको जङलमा मृत फेला परेका विराटनगरका होटल सञ्चालकको मृत्युको विषयलाई लिएर प्रहरीले रेष्टुरेन्टमै कार्यरत एक युवतीलाई पक्राउ गरेको छ । फिजफायर रेष्टुरेन्टका सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरणको अनुसन्धानको क्रममा प्रहरीले सोही होटलमा कार्यरत युवतीलाई नियन्त्रणमा लिएको हो । रेष्टुरेन्ट सञ्चालक खत्री शनिबार दिउँसो केराबारी गाउँपालिका–९ को धारापानी जङ्गलमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । खत्रीको रेस्टुरेन्टमा करिब ४–५ वर्षदेखि काम गर्दै आएकी झापाकी २७ वर्षीय युवतीसँग व्यक्तिगत सम्बन्ध रहेको देखिएकोले अनुसन्धानको क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रेस्टुरेन्टको आर्थिक हिसाब किताबलाई आधार बनाएर अनुसन्धान थालेपछि युवती पक्राउ परेकी हुन । मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले खत्रीले सञ्चालन गर्दै आएको रेस्टुरेन्टको आर्थिक हिसाब किताबसमेत हेर्ने ती युवतीसँग खत्रीको प्रेम सम्बन्धसमेत रहेको देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको बताउनु भयो । प्रारम्भिक रुपमा खत्री र युवतीबीच प्रेम सम्बन्धका विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले युवतीलाई शनिबार राति नै पक्राउ गरी अनुसन्धान अघि बढाइएको जनाएको छ । प्रहरीका अनुसार ती युवतीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ । यद्यपी प्रहरीले खत्रीको मृत्युमा युवतीको संलग्नता वा उनको व्यवहारको कुनै भूमिका छ वा छैन भन्ने विषय अनुसन्धानबाट पुष्टि भइनसकेको जनाएको छ । प्रहरीले खत्री र युवतीबीच पछिल्लो समय सम्बन्धमा खटपट देखिएको तथा रेस्टुरेन्टको आर्थिक कारोबारसम्बन्धी विषय पनि अनुसन्धानयोग्य रहेको जनाएको छ । खत्री शुक्रवार दिउँसो करिब १ बजे स्कुटर लिएर घरबाट निस्किएका थिए । त्यसपछि परिवारसँग सम्पर्कविहीन भएका खत्री शनिवार दिउसो केराबारी गाउँपालिका–९ स्थित धारापानी जङ्गलमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । परिवारका सदस्यले पहिचान गरेपछि शनिबार साँझ खत्रीको सनाखत भएको थियो । बिवाहित खत्रीका श्रीमती, एक छोरा र एक छोरी छन् । घटनाका बेला खत्रीकी श्रीमती भारतमा रहेको प्रहरीले जनाएको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

एनपिएल : सुदूरपश्चिमले गुमायो दुई विकेट
नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ । लुम्बिनी लायन्सका शेर मल्लको बलमा सुदूरपश्चिमका विनोद भण्डारी आउट भएका हुन् । यसैगरी आरिफ शेख पनि ६ बलमा शुन्य रन बनाउँदै आउट भएका छन् । ...

एनपिएल क्रिकेट : सुदूरविरूद्ध लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दै
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् । लुम्बिनीले टस जितेर पहिला बलिङ गर्दैछ । गत संस्करणमा हारेको बदला लिने पक्षमा सुदूरपश्चिम रहेको छ भने लुम्बिनी गत वर्षकै नतिजा दाहोर्याउने दाउमा हुनेछ । लुम्बिनी रोहितकुमार पौडेल र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको ...

एनपिएल उद्घाटनमा पुगे प्रधानमन्त्री बालेन, पहिलो खेलमा सुदूरपश्चिम र लुम्बिनी भिड्दै
प्रधानमन्त्री बालेन शाह नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटनका लागि त्रिवि क्रिकेट मैदान पुगेका छन् । प्रधानमन्त्री शाह केहीबेरअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका हुन् । एनपीएलको तेस्रो सिजनअन्तर्गत आज हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । त्यससँगै सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्नेछ । त्रिवि ...

राहुल गान्धी फसाउने मोदीको सपना चकनाचुर : अमित शाहबारेको मानहानी मुद्दामा ८ वर्षपछि निर्दोष ठहर
नयाँदिल्ली, कात्तिक ९ । भारतको विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी गृहमन्त्री अमित शाहबारे गरेको भनिएको टिप्पणी सम्बन्धी आपराधिक मानहानी मुद्दामा निर्दोष ठहर हुनुभएको छ । उत्तर प्रदेशको सुल्तानपुरस्थित जिल्ला अदालतले सोमबार गान्धीलाई सफाइ दिएको समाचार अनलाइन समाचार बार एण्ड बेञ्चले जनाएको छ । आठ बर्षपछि आएको अदालतको यो फैसलासँगै गान्धीलाई फसाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपना चकनाचुर भएको ...

