Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

‘रेड बुल १३औं कृति अवार्ड्स २०८३’ को निर्णायक अभिमुखीकरण कार्यक्रम सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘रेड बुल १३औं कृति अवार्ड्स २०८३’ को निर्णायक अभिमुखीकरण कार्यक्रम सम्पन्न
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को आयोजनामा हुन लागेको ‘रेड बुल १३औं कृति अवाड्र्स २०८३’ अन्तर्गत निर्णायक मण्डलका लागि आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष प्रा. डा. विजय केसी तथा वरिष्ठ निर्णायकहरू रवीन्द्रमान श्रेष्ठ र भारती सिलवाल गिरीले सहभागी निर्णायकहरूलाई अवार्डका लागि प्राप्त मनोनयन मूल्याङ्कन गर्ने मापदण्ड, प्रक्रिया तथा आचारसंहिताबारे जानकारी गराएका थिए। यस वर्षको कृति अवाड्र्सका लागि विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङ तथा बजार सञ्चारका विभिन्न विधाका विज्ञहरूलाई निर्णायक मण्डलमा समावेश गरिएको छ। साथै सङ्गीत, कला, साहित्य, ग्राफिक डिजाइन, डिजिटल प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका क्षेत्रका विज्ञ व्यक्तित्वहरूलाई समेत निर्णायक मण्डलमा समेटिएको आनले जनाएको छ। आन कार्यसमितिको कार्यादेशअनुसार सम्बन्धित विधामा योगदान र विज्ञताका आधारमा छनोट गरी आमन्त्रण गरिएका निर्णायकहरूले अवार्डका लागि प्राप्त मनोनयनहरूको मूल्याङ्कन गर्नेछन्। अवार्डलाई मर्यादित, निष्पक्ष, विश्वसनीय र प्रभावमुक्त बनाउन आन कार्यसमितिलाई निर्णायक छनोट प्रक्रियाबाट पूर्ण रूपमा अलग राखिएको संघले स्पष्ट पारेको छ। निर्णायक छनोट तथा मूल्याङ्कन प्रक्रियामा कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यको संलग्नता नरहेको पनि संघले जनाएको छ। यस वर्षको कृति अवाड्र्समा रेड बुल मुख्य प्रायोजक रहेको छ। त्यस्तै, डिजिटल प्लेटफर्म इनमार्कको इन एसोसिएसन विथ प्रायोजन तथा जीएमडब्लू ओरा, कोका–कोला र यति इन्टरनेसनल कलेजको पावर्ड बाई प्रायोजन रहेको छ। अवार्डसम्बन्धी थप जानकारीका लागि नेपाल विज्ञापन संघको सचिवालयमा ०१–४७५०६३ मा सम्पर्क गर्न सकिने संघका महासचिव कृष्णप्रसाद घिमिरेले जानकारी दिएका छन्। The post ‘रेड बुल १३औं कृति अवार्ड्स २०८३’ को निर्णायक अभिमुखीकरण कार्यक्रम सम्पन्न appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नसालु पदार्थ खुवाएर लुटपाट गर्ने गिरोहका चारजना काभ्रेबाट पक्राउ
Latest NewsJust now

नसालु पदार्थ खुवाएर लुटपाट गर्ने गिरोहका चारजना काभ्रेबाट पक्राउ

काभ्रेको बनेपा, पनौती र नमोबुद्धमा भएका चार घटनाको अनुसन्धानपछि लुटपाटमा संलग्न तथा चोरीको सुन कारोबार गर्ने व्यक्ति पक्राउ परेका हुन्। ...

कान्तिपुर
घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने
Latest NewsJust now

घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार अप्ठेरो... ...

रातोपाटी
नसालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा चार जना पक्राउ
Latest NewsJust now

नसालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा चार जना पक्राउ

नसालु पदार्थ खुवाएर बेहास बनाई शृंखलाबद्ध लुटपाट गरेका घटनामा संलगन रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको अनुसार, पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ घर भई हाल बनेपा नगरपालिका–५ बस्ने ५० वर्षीया संगिता तामाङ (कार्की), धुलिखेल नगरपालिका–१ का ३८ वर्षीय वीरध्वज तामाङ, दोलखाक... ...

नेपालखबर
गम्भीर राजनीतिक विवादमाथि प्रधानमन्त्रीका सल्लाहकारको फेसबुकमा ठट्टा
Latest NewsJust now

गम्भीर राजनीतिक विवादमाथि प्रधानमन्त्रीका सल्लाहकारको फेसबुकमा ठट्टा

इनम सापकोटाको मोबाइलसँग सम्बन्धित पोस्टहरूमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारदेखि सचिवालयका सदस्यसम्म फेसबुक ग्रुपमा व्यंग्यात्मक पोस्ट, कमेन्ट र मिममा सक्रिय ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement