Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/World/रुस र युक्रेनबीच युद्धविराम र अर्को महिना शान्ति वार्ता गर्ने सहमति

रुस र युक्रेनबीच युद्धविराम र अर्को महिना शान्ति वार्ता गर्ने सहमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
रुस र युक्रेनबीच युद्धविराम र अर्को महिना शान्ति वार्ता गर्ने सहमति

काठमाडौं, कात्तिक ७ । रुस र युक्रेन रुसको कब्जामा रहेको युक्रेनी सहर ओलेस्कीमा युद्धविराम गर्न र अर्को महिना शान्ति वार्ताको नयाँ चरण सुरु गर्न सहमत भएका छन् । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा सहमति जुटेको ह्वाइट हाउसले जनाएको छ । युद्धअघि करिब २४ हजार जनसङ्ख्या रहेको ओलेस्कीमा अहिले १ हजार ७ सयदेखि २ हजार जनामात्र बाँकी रहेको ह्वाइट हाउसको भनाइ छ । दुवै पक्षका अनुसार युद्धविराम अक्टोबर २७ देखि लागू हुनेछ । यसले मानवीय सहायता सामग्री पुर्‍याउन र मानवीय करिडोरमार्फत सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहज हुने अपेक्षा गरिएको छ । अमेरिकी अधिकारीका अनुसार आगामी केही हप्ताभित्र आबु धाबी वा स्विट्जरल्यान्डमा तीन पक्षीय वार्ता हुन सक्नेछ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि वार्ताकारहरू अर्को महिना शान्ति वार्ताको नयाँ चरणका लागि भेट्ने पुष्टि गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play