Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रुस युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने

रुस युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
रुस युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने

मस्को । रुसले युक्रेनमा जारी आक्रमणको तीव्रता कम नगर्ने स्पष्ट पारेको छ । यद्यपि, मानवीय उद्देश्यका लागि स्थानीय स्तरमा सीमित अवधिको युद्धविराम गर्न भने आफू तयार रहेको मस्कोले जनाएको छ । क्रेमलिनका अनुसार, रुसी नियन्त्रणमा रहेको युक्रेनको ओलेश्की सहरमा युद्धविरामको तयारी भइरहेको छ । साथै, अग्रपङ्क्तिमा छोटो अवधिको मानवीय युद्धविराम गर्न पनि रुस तयार रहेको जनाएको छ । युक्रेनको दक्षिणी सहर ओलेश्कीमा मङ्गलबार बिहानदेखि युद्धविराम लागू हुने भएको छ । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा यो सहमति भएको हो । उक्त सहरका बासिन्दाले महिनौँदेखि खाद्यान्न, पानी र औषधिको चरम अभाव झेलिरहेको विवरण सार्वजनिक भएका थिए । रुसले अन्य स्थानमा पनि स्थानीय युद्धविरामबारे विचार गर्न सक्छ कि सक्दैन भन्ने पत्रकारहरूको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “मानवीय उद्देश्यका लागि हो भने पक्कै पनि ।” तर, अमेरिकाको मध्यस्थतामा अर्को महिना रोकिएको त्रिपक्षीय वार्ता पुनः सुरु गर्ने तयारी भइरहे पनि रुसले समग्र सैन्य कारबाहीमा कुनै कमी नल्याउने स्पष्ट पारेको छ । “त्रिपक्षीय वार्ता पुनः सुरु गर्ने निर्णयले सैन्य कारबाहीमा कुनै किसिमको प्रतिबन्ध लगाउने अर्थ राख्दैन,” पेस्कोभले भने । उनले रुसी सशस्त्र बलले युक्रेनको सैन्य तथा औद्योगिक पूर्वाधारमा व्यापक आक्रमण जारी राखेको बताए । पछिल्ला केही सातायता रुसले युक्रेनका प्रमुख सहर र ऊर्जा पूर्वाधारलाई लक्षित गरी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण तीव्र पारेको छ । युक्रेनी अधिकारीहरूका अनुसार, यी आक्रमणको उद्देश्य देशलाई जाडोयामभरि चिसो र अन्धकारमा धकेल्नु हो । गत वर्ष भएका यस्तै आक्रमणका कारण तापक्रम माइनस २० डिग्री सेल्सियससम्म झर्दा लाखौँ मानिस ताप र विद्युत् सुविधाबाट वञ्चित भएका थिए । दोस्रो विश्वयुद्धयता युरोपमा भएको सबैभन्दा भीषण द्वन्द्व अन्त्य गर्ने उपायबारे छलफल गर्न अर्को महिना रुस र युक्रेनका प्रतिनिधिले अमेरिकी प्रतिनिधिहरूसँग भेट्ने कार्यक्रम छ । यसअघि भएका विभिन्न चरणका वार्ता कुनै सहमतिमा पुग्न सकेका थिएनन् । रुसले पूर्वी युक्रेनमा थप भू–भागमाथि आफ्नो नियन्त्रण कायम गर्न तथा युक्रेनमाथि व्यापक सैन्य र राजनीतिक प्रतिबन्ध लगाउन माग गर्दै आएको छ । युक्रेन र उसका सहयोगी राष्ट्रहरूले भने रुसी मागलाई आत्मसमर्पणसरह मानेका छन् । उनीहरूका अनुसार, ती माग स्वीकार गरेमा युक्रेन भविष्यमा हुने रुसी आक्रमणको जोखिममा पर्नेछ । -एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

भौतिक र मानवीय सुरक्षाका लागि जलविद्युत् आयोजनाको डिजाइन पुनरावलोकनमा जुट्दै प्रवर्द्धक
ताजा खबरJust now

भौतिक र मानवीय सुरक्षाका लागि जलविद्युत् आयोजनाको डिजाइन पुनरावलोकनमा जुट्दै प्रवर्द्धक

जलविद्युत् आयोजनाको डिजाइनदेखि अन्य नदी करिडोरमा आउने विपत्तिबारे अध्ययन गर्न जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत वैज्ञानिक र प्राविधिक समिति गठन गरिएको छ । ...

कान्तिपुर
सुनकोशीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला
ताजा खबरJust now

सुनकोशीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला

खोटाङ । काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो दुर्घटनामा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र... ...

रातोपाटी
कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन आग्रह
ताजा खबरJust now

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले बङ्गालको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play