रुसी इन्धनमाथिको प्रतिबन्ध फुकुवा र डिजेल सम्झौतापछि अमेरिका-युक्रेन सम्बन्ध इतिहासकै कमजोर मोडमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीचको सम्बन्धमा आएको खटासका कारण युक्रेनलाई प्राप्त हुँदै आएको महत्त्वपूर्ण अमेरिकी सहयोग जोखिममा परेको छ । गुप्तचर सूचना आदानप्रदान रोक्ने अमेरिकी चेतावनी, रुसी निर्यातमा महसुल छुट र रुसी डिजेल खरिदको सम्झौताले किभ र उसको सबैभन्दा प्रमुख सहयोगी वासिङ्टनबीचको सम्बन्धमा ठूलो क्षति पुर्याएको छ । अमेरिकामा इन्धनको मूल्य वृद्धि भएपछि असन्तुष्ट बनेका ट्रम्पले यसको दोष रुसी रिफाइनरीहरूमा युक्रेनले गरेको आक्रमणलाई दिएका छन् । आउँदो नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले अमेरिकी कंग्रेसमा बहुमत गुमाउन सक्ने विश्लेषण भइरहेका बेला इन्धनको मूल्य ट्रम्पका लागि राजनीतिक टाउकोदुखाइ बनेको छ । विशेषज्ञहरूका अनुसार इन्धनको मूल्य वृद्धि मुख्यतया अमेरिका-इजरायल र इरानबीचको युद्ध तथा होर्मुज जलडमरूमध्य बन्द भएका कारण भएको हो। यद्यपि, ट्रम्पले मूल्य नियन्त्रण गर्न रुसतर्फ कदम बढाउँदै अक्टोबर ९ मा रुसी डिजेल आयात गर्ने र अस्थायी रूपमा प्रतिबन्ध हटाउने सम्झौता गरेका थिए । यसै क्रममा शुक्रबार ह्वाइट हाउसले जारी गरेको कार्यकारी आदेशमार्फत ट्रम्पले ‘ग्राहम ऐन’ अन्तर्गत लागू हुन लागेका रुससम्बन्धी प्रमुख प्रतिबन्ध र महसुलहरूलाई फुकुवा गरिदिएका छन् । यस निर्णयले रुसलाई युक्रेनमाथि थप आक्रमण जारी राख्न प्रोत्साहन मिल्ने भन्दै जेलेन्स्कीले कडा आपत्ति जनाएका छन् । अमेरिकी गुप्तचर सूचनाको अभावमा युक्रेनलाई रुसी मिसाइल तथा ड्रोन आक्रमणहरू पहिचान गर्न र तिनको सामना गर्न कठिन हुने देखिएको छ । युक्रेनी कमाण्डरहरूलाई गुप्तचर सहयोग कटौती हुन सक्ने चेतावनी दिइएको जेलेन्स्कीले बताएका छन् । यसैबीच, ह्वाइट हाउसको आदेशमा युक्रेनमा प्रयोग भइरहेको स्पेसएक्सको ‘स्टारसिल्ड’ (स्टारलिंकको सैन्य संस्करण) भूउपग्रह सेवामा अवरोध पुर्याइएको खबर सार्वजनिक भएको छ । उक्त सेवा आंशिक रूपमा पुन: सञ्चालन भए पनि यसले अमेरिकी प्रविधिमा युक्रेनको निर्भरता कति जोखिमपूर्ण छ भन्ने उजागर गरेको छ । तनावका बाबजुद युक्रेनले ट्रम्पका दूतहरू स्टिभ विट्कफ र जारेड कुश्नरसँग संवाद जारी राख्न चाहेको युक्रेनी अधिकारीहरूले बताएका छन् । वासिङ्टनस्थित युक्रेनी दूतावासका कार्यवाहक राजदूत डेनिस सिएनिकले युक्रेन युद्ध अन्त्यका लागि ट्रम्प टोलीको प्रयासप्रति आभार व्यक्त गर्दै रुससँग वार्ता गर्न तयार रहेको जनाएका छन् । अर्कोतर्फ, ट्रम्पले आफू जेलेन्स्की र पुटिन दुवैसँग संवाद जारी राख्ने र युद्ध अन्त्य गर्न चाहेको बताएका छन् । पूर्व अमेरिकी कूटनीतिज्ञ ड्यानियल फ्राइडका अनुसार वासिङ्टनको यो कदमले युक्रेनमा वास्तविक पीडा थपेको छ र पुटिनलाई युद्ध लम्ब्याउन प्रोत्साहन दिएको छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक
अमेरिका।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथिका आर्थिक प्रतिबन्ध र शुल्क कार्यान्वयनमा ६० दिन रोक लगाएका छन्। विश्व अर्थतन्त्रमा त्यसको प्रभाव अध्ययन गर्न निर्णय गरिएको विदेशमन्त्री मार्को रुबियोले बताएका छन्। तर, यसबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फाइदा पुग्ने भन्दै अमेरिकी सांसद र युक्रेनले आलोचना गरेका छन्। रुबियोका अनुसार इरानमाथिको युद्ध र यमनका हुथी समूहका आक्रमणलगायत द्वन्द्वले विश्वव्यापी तेल तथा डिजेलको मूल्य बढाएको छ। ...

३ हजारको किनमेलमा नुवाकोटकी सन्तमायालाई १० लाखको बम्पर उपहार
काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा प्राप्त बिलका आधारमा १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन् । आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको बम्पर उपहार तामाङले जितेकी हुन् । उनले दशैंका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामान खरिद गरी बिल लिएकी थिइन् । सोही बिलको कुपन ...

करदाता प्रोत्साहन उपहार कार्यक्रम: नुवाकोटकी सन्तमायालाई १० लाख रुपैयाँको बम्पर उपहार
असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँ राशिको बम्पर उपहार नुवाकोटकी सन्तमाया तामाङले जितेकी छन्। ...

कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने
नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । देशमा प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको र शोकको अवस्था रहेकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो । नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार, भोटेकोसीमा आएको बाढीबाट ठूलो मानवीय क्षति हुनुका साथै पाँच हजारभन्दा […] ...


