रुसले युक्रेनको रेलवे स्टेसनमा ड्रोन प्रहार गर्दा कम्तीमा १४ जनाको मृत्यु

किभ । युक्रेनको मध्य सहर निप्रोस्थित मुख्य रेलवे स्टेसनमा रुसले ड्रोन प्रहार गर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ। मानिसहरू रेल चढ्न पर्खिरहेका बेला रुसले जेट-इन्जिनयुक्त ड्रोनले आक्रमण गरेको हो। निप्रोपेट्रोभस्क क्षेत्रीय प्रमुख ओलेक्सान्डर हान्झाका अनुसार आक्रमणमा १४ जना मारिनुका साथै ११ वर्षीय बालकसहित कम्तीमा १४ व्यक्ति घाइते भएका छन्। युक्रेनको सरकारी रेलवे सञ्चालक संस्था ‘उक्रजालिज्नित्सिया’ले जनाएअनुसार ड्रोन आक्रमण हुँदा दक्षिणी सहर जापोरिझियातर्फ गइरहेको एउटा यात्रुवाहक रेल निप्रोको प्लाटफर्ममा रोकिएको थियो। रुसी सेनाले यस विषयमा अहिलेसम्म सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन। रुसले युक्रेनको विशाल रेलवे सञ्जाललाई बारम्बार निसाना बनाइरहेको छ। तर जानाजान सर्वसाधारणलाई निसाना नबनाइएको दाबी उसले गरेको छ। रेलवे सञ्चालक संस्थाका प्रमुख ओलेक्सान्डर पेर्टसोभ्स्कीका अनुसार बिहीबार भएको उक्त आक्रमणअघि निप्रोमा उच्च सुरक्षा सतर्कता घोषणा गरिएको थियो। उनले भने, ‘तर दुर्भाग्यवश, ड्रोन खस्दा पनि प्लाटफर्ममा ठुलो संख्यामा मानिसहरू उपस्थित थिए।’
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सोलुखुम्बुको डिङबोचेस्थित ‘गुड लक होटल’ मा आगलागी
काठमाडौं । सोलुखुम्बुको डिङबोचेमा रहेको एक होटलमा आगलागी भएको छ । आज बिहान डिङबोचेस्थित गुड लक होटलमा आगलागी भएको हो । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी भएपछि स्थानीय बासिन्दा र प्रहरी घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागी नियन्त्रणका लागि स्थानीय र प्रहरी सक्रिय रूपमा जुटिरहेका […] ...

भोटेकोशी बाढी : सुरुङभित्र ३७ वटा शव फेला
काठमाडौँ । भोटेकोशी करिडोरमा आएको बाढीपहिरोका कारण प्रभावित आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ वटा शव फेला परेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्रको... ...

देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जना पक्राउ
• नियमित गस्तीमा रहेको प्रहरीले विभिन्न स्थानबाट ३१ जनालाई औषधि, लागुऔषध र हतियारसहित पक्राउ गरेको छ। • पक्राउ पर्नेमा खैरो हेरोइन, पेस्तोल र अन्य लागुऔषधका सामग्रीहरू समावेश छन्। • पक्राउ गरिएका व्यक्तिहरूको उपचार र अनुसन्धान जारी रहेको छ। ...

म्यान अफ द म्याचको पुरस्कार सडकका जनावरको संरक्षणमा खर्च गर्ने सोमपालको घोषणा
बिहीबारको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेपछि सोमपालले सामाजिक सञ्जालमार्फत पुरस्कार रकम सृजना ठकुरीलाई सहयोगस्वरूप दिने बताएका हुन् । ...


